भारतीय दूतावासमा आत्माघाती बम हमला, वरिपरि पार्किङ गरिरहेका आठवटा कारहरु ध्वस्त
loading...


एजेन्सी– अफगानिस्तानको जलालाबाद शहरस्थित भारतीय वाणिज्य दूतावासमा आत्माघाती हमला भएको छ । बुधबार अपरान्ह भीषण गोलाबारीसहित उक्त आत्माघाती हमला भएको हो ।
गोलीकाण्डमा के कति मानवीय क्षति भयो भन्ने बारे बाहिर आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् ।
उक्त गोलीकाण्डमा दूतावास वरिपरि पार्किङ गरिरहेका आठवटा कारहरु भने ध्वस्त भएको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयले यस घटनाबारे थप जानकारी दिने तयारी गरिरहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।

Don't Forget To Join US Our Community

pupup