मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। आजको प्रयत्न निष्फल जस्तै रहला। काम बिग्रने भयले पनि सताउन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। आश्वासन दिनेहरूको भरमा नबस्नुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने मौका छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ। व्यापारमा सामान्य र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर दिलाउनेछ। तर, काम समयमा सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना देखिन्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सजग रहनुपर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सामाजिक नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बिस्तारै बन्नेछन्।

स्पेन/। शुक्रबार राति पेरिसमा भएको आतंककारी आक्रमणपछि त्यहाँ स्थित नेपालीहरुलाई सम्पर्क गर्दा अहिलेसम्म कोहि हताहत नभएको संघले जनाएको हो ।संघका अध्यक्ष भक्त बाग्लेद्वारा बिज्ञप्तिमा भनिएको छ, एनआरएनले बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरु लगायत पेरिसस्थित नेपाली राजदूताबासमा सम्पर्क गर्दा कुनै नेपालीहरु हताहत नभएको जानाकारी प्राप्त छ ।’
तर, स्थिति जटिल भएकोले बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन, आफ्नो परिचय पत्र बोकेर मात्र बाहिर निस्कन एवं फ्रान्स सरकारले घोषणा गरेका सूचनालाई अनुसरण गर्न अनुरोध गरेको छ ।
पेरिसमा श्रृखंलाबद्ध गोली प्रहार, बम विष्फोट र बन्धक बनाइएका हमलामा परी कम्तीमा १ सय २८ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले पेरिसमा रहेका सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको जनाएको छ ।
उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भारतको नाकाबन्दीको कारण सर्वसाधारण उपभोक्तालाई राहत दिन बिहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा उनले भने,‘ काठमाडौं र शहरी क्षेत्रमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका पनि त्यस्तै समयमा खान पकाउन लोडसेडिङ हुन नदिने योजना ऊर्जा मन्त्रालयले बनाएको छ । यो सँगै दाउरा ल्याउने र राष्ट्रसेवक कर्मचारीले लिइरहेको सुविधा समेत कटौती गर्ने योजना बनाएका छौ ।’
भूकम्पको आलो घाउमा भारतीय नाकाबन्दीले नुन चुक दलेको भन्दै आपूर्ति असहज नभए पनि नेपाली जनतामा भने राष्ट्रिय एकता कायम भएकोले यो गर्व गर्न लायक विषय भएको मन्त्री रायमाझीले बताए ।
उनले भने,‘ नाकाबन्दीको विरुद्धमा राष्ट्रिय एकता कायम भएको छ । यो गर्व गर्न लायक विषय हो । यसलाई सदुपयोग गरी कुटनीतिक पहल गरेर नाका खोल्ने र मधेसीको माग सम्बोधन गर्न कोशिस गर्नु पर्छ । संविधान कार्यान्वयन गर्न नाकाबन्दी र आन्दोलन सम्बोधन गर्नै पर्छ ।’
उनले समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणमा सबैको प्रतिबद्धता आइसकेकोले अहिले सीमांकनमा केही फेरबदल गर्न छलफल भइरहेको भन्दै समस्या समाधानमा अधिकतम लचक भएर प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले आगामि तिहारबाट लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकोले सोही अनुसार काम भइरहेको भन्दै जलविद्युत उत्पादनलाई युद्ध स्तरमा अगाडि बढाउने र सँगै सोलार, वायु, हाइब्रिड, थर्मल र म्याग्नेटिकसहितका सबै उपायहरुमा पहल गरेर ऊर्जा संकट अन्त्य गरिने दृढता व्यक्त गरे ।
वार्तामा बस्दा इरिटेड हुने काम नगरौं : गृहमन्त्री
गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चालाई वार्ता प्रतिको प्रतिवद्धतामा व्यवहारिक ढंगले सोच्न आग्रह गर्दै वार्तामा बस्दा 'इरिटेड' नहुने गरी आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने बताएका छन् ।
उनले मुलुकमा दखिएको समस्या समाधान गर्न सरकार अघिकतम लचकताका साथ अघि बढ्ने बताए । उनले नेपाली जनताको भावना र आत्मसम्मानमा चोट नपुग्ने गरी समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।
उनले छलफलबाट समस्याको समाधान निकाल्न सरकार तयार भएको बताए । ‘समस्याको समाधान संवादबाटै हुन्छ,’गृहमन्त्री बस्नेतले भने, 'आपूर्ति असहजताले भएको समस्यामा जनता र सरकार दुवै जानकार छ । यसलाई मिलेरै सामान गर्नुपर्छ । '