आइसिसीका विकास निर्देशक टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई समेत बोधार्थ राखेर क्यानलाई पठाएको पत्रमा पछिल्लो १८ महिनादेखि क्यानले आइसिसीको मार्गनिर्देशअनुसार काम नगरेको उल्लेख गरिएको स्रोतले नागरिकलाई जानकारी गराएको छ ।
'उनीहरूले खासगरी आर्थिक, प्रशासनिक लगायतका विषयमा व्यावसायिक व्यवस्थापन खोजेका छन्,' स्रोतले भन्यो, 'आइसिसीले पछिल्लो १८ महिनादेखि नजिकबाट क्यानका गतिविधि अध्ययन गरिरहेका थिए । सुधारका लागि बारम्बार गाइडलाइन दिए पनि क्यानले त्यसअनुसार काम नगरेको भन्दै अहिले पत्राचार गरेका छन् ।'
स्रोतका अनुसार भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकु¥याल लगायत १० पदाधिकारीले गत साता विशेष अदालतबाट सफाइ पाएपछि क्यानले आइसिसीलाई अवस्था जानकारी गराउँदै अघिल्लो वर्षदेखि रोकिएको रकम निकासा गर्न अनुरोध गरेको थियो । तर, जवाफमा आइसिसीले क्यानसँग स्पष्ट कार्यक्रम माग गरेको र त्यही कार्यक्रमअनुसार मात्र रकम निकासा गर्ने आश्वासन दिएको बताइएको छ ।
'उनीहरूले हामीलाई अझै विश्वास गर्न सकेका छैनन् । नेपालमा बोर्डले नै सबै काम गर्दै आएकोमा आइसिसीले सबै अधिकार सम्बन्धित कर्मचारीहरूमा बाँड्न निर्देशन दिएको छ,' स्रोतले भन्यो, 'यसमा उनीहरूले अदालतबाट सफाइ पाएर आएको क्यान नेतृत्वबाट पनि प्रतिबद्धता खोजे जस्तो देखिन्छ ।'
आइसिसीले क्यानको मात्र विश्वास नगरेकै कारण राखेपलाई पनि बोधार्थ पठाएको स्रोतको दाबी छ । असारमा परिषदको नेतृत्व लिएदेखि नै क्यान पुनर्गंठनको योजना बुनिरहेका परिषदका सदस्यसचिव केशवकुमार विष्टले पनि आइसिसीबाट पत्र आएको बताए । 'आइसिसीले हामीलाई भन्दा पनि क्यानलाई पत्र पठाएको हो । नेपाली क्रिकेटको दुरावस्थाका कारण मैले आइसिसीलाई इमेल गरेको थिएँ । एन्डरसनले क्यानलाई पठाएको आफ्नो पत्रमा मसँगको सम्पर्क पनि उल्लेख गरेका छन्,' टिम एन्डरसनलाई उद्धृत गर्दै विष्टले भने, 'टिमले आफूहरू निरन्तर परिषदसँग सम्पर्कमा रहेको बताएका छन् र वर्तमान क्यानसँग असन्तुष्ट रहेको पनि प्रस्ट पारेका छन् । उनले परिषद वा सरकारबाट नेपाली क्रिकेटको विषयमा हुने कुनै पनि कदमलाई आइसिसीले स्वीकार गर्ने पनि बताएका छन् ।'
अध्यक्ष र महासचिव लगायत १० पदाधिकारीमाथि गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएपछि अभियुक्तहरू आफै पदबाट निस्क्रिय भएका थिए । नेतृत्वको अनुपस्थितिमा कार्यवाहक महासचिवका रूपमा काम गरेका क्यानका सचिव उत्तम कर्माचार्यले आइसिसीबाट पत्र आएको स्विकारे । सरकार वा परिषदको कुनै पनि निर्णय मान्ने आसयको पत्र नआएको उनले प्रस्ट पारे ।
'आइसिसीले हामीलाई साधारणसभाबाट विधान संशोधन गरेर अधिकार प्रत्यायोजन गर्ने लगायतका केही मार्गनिर्देशन गरेको थियो । त्यसमा भएको प्रगतिमा उनीहरूले असन्तुष्टि जनाएका हुन्,' कर्माचार्यले भने, 'आइसिसीले आफूहरू परिषदसँग सम्पर्कमा रहेको बताएको छ । तर, सँगै उनीहरूले आफ्नो गाइडलाइन पूरा नभएको, देशको वर्तमान अवस्था लगायतका कुरा गरेर पठाउनुपर्ने पैसा तत्कालमात्र रोकेको बताएका छन् । उनीहरूले आउँदो साधारणसभाको अवलोकन गरेर सकारात्मक निर्णय लिने पत्रमा लेखेका छन् ।'
आइसिसीले आफ्ना प्रत्येक सदस्य राष्ट्रलाई पठाउने नियमित सहयोग रकम नेपालका हकमा भने अघिल्लो वर्षदेखि रोकिरहेको थियो । आर्थिक अपारदर्शिता, कुशासन लगायतका कारण देखाउँदै आइसिसीले २०१४ को पहिलो किस्ता पठाएपछि बाँकी तीन किस्ता तथा यो वर्षको पूरै रकम रोकिरहेको छ ।
विश्वकप २० ट्वान्टी अन्तर्गत सुपर टेनको पहिलो खेलमा आयोजक भारत न्यूजिल्याण्डसँग ४७ रनले पराजित भएको छ।
नागपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजिल्याण्डले दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत १८.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो। भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका मिचेल स्यान्टेनरले ४ तथा इस सोधीले ३ विकेट लिए।
यसअघि निर्धारित २० ओभरको खेलमा न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो।
भारतका लागि कप्तान महेन्द्र सिंह धोनी ३०, विराट कोहली २३ र रविचन्द्र अश्विनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
लिओनल मेस्सीले लगातार आठौं सिजन ३० गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ ।
सुरुवाति २० औं मिनेटमा नै एक गोलले पछि परेको बार्सिलोनाले मेस्सीको गोलसँगै पुनरागमन गर्यो र सेभिल्लामाथि २-१ को ति हात पारेको छ ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा सेभिल्लाले २० औं मिनेटमा पेरेजको गोलबाट अग्रता लिएको थियो । तर, ३१ औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए । उनले फि्रकिकमा गोल गरेका हुन् । यो मेस्सीको सिजनको ३० औं गोल हो, जसमध्ये ला लिगामा १६ गोल छ ।
खेलको ४८ औं मिनेटमा जेरार्ड पिकेले गोल गरे । खेलमा थप गोल हुन सकेन र बार्सिलोना २-१ ले विजयी भएको छ । यो जितसँगै ३४ खेलमा अपराजित बार्सिलोनाले ८ अंकको अग्रता लिएको छ । साथै ला लिगामा लामो समयसम्म अपराजित रहने रियल मडि्रडको १९८८-८९ सिजाको रेकर्डसँग बराबरी गरेको छ । साथै चिरप्रतिद्वन्द्वी रियल मडि्रड बार्सिलोनाभन्दा १२ अंकले पछाडि परेको छ ।
बार्सिलोनाको २६ खेलबाट ६६ अंक छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रडको ५८ र रियल मडि्रडको ५४ अंक छ । ४१ अंक जोडेको सेभिल्ला छैटौं स्थानमा छ ।
१९ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबका यामसाजन सुनारले पुरुष २ सय मिटर दौडमा तिलकराम थारुको कीर्तिमानसँग बराबर गरेका छन् ।
१२ औं सागका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगिताको सुनारले निर्धारित दूरी २१.५ सेकेन्डमा पूरा गरे । यससँगै उनले यामसाजनले २०१३ को फब्रुअरीमा काठमाडौंमा भएको गोल्डेन स्पि्रन्ट मिटमा तिलकरामले बनाएको कीर्तिमान बराबर गरेका छन् ।
आर्मीका हिमाल केसी दोश्रो र आनन्ददेव चौधरी तेश्रो भए । महिलातर्फ नेपाल प्रहरीकी मानमति विष्ट पहिलो भइन् । मानमतिले २५.९ सेकेन्ड समय खर्चिन् । एपीएफकी दिलमाया कार्की दोश्रो र आर्मीकी कृष्णा चौधरी तेश्रो बने ।
पुरुषको १ हजार ५ समय मिटर दौडमा आर्मीका चन्द्रबहादुर दाहालले निर्धारित दूरी ४ मिनेटमा सकाउदै शीर्ष स्थान कब्जा गरे । प्रहरीका करण खड्का दोश्रो र लक्ष्मण थापा तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई ४ मिनेट ४४.९ सेकेन्ड समयसाथ पहिलो भइन् । आर्मीकी सानुमाया कार्की दोश्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेश्रो भए ।
पुरुष डिस्कस थ्रोमा आर्मीका राजेन्द्र बस्नेत पहिलो भए । उनले ३३.४५ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा आर्मीका कृष्णबहादुर बस्नेत तेश्रो भए । त्यस स्पर्धाको महिलामा आर्मीकी अमृता चौधरी पहिलो भइन् । अमृताले ३६.४७ मिटरको प्रदर्शन गरिन् । प्रहरीका हिरण चौधरी दोश्रो र जितकुमारी महतो तेश्रो भए ।
पुरुष टि्रपलजम्पमा प्रहरीका चन्द्रदेव जोशी शीर्ष स्थानमा रहे । उनले १४.०१ मिटर हामफाले । लङजम्पमा अघिल्लो दिन शुक्रबार कीर्तिमान बनाउँदै चर्चामा आएका धनुषाका पुष्पेन्द्रकुमार गोइत (१३.६० मिटर) ले दोश्रो स्थानमा चित्त बुझाए भने आर्मीका भविन्द्र गिरी तेश्रो भए ।
महिलामा कीर्तिमानधारी प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले १२.१९ मिटर छलाङ्ग लगाइन् । एपीएफकी शिला चौधरी दोश्रो र आर्मीकी वषर्ा भट्टराई तेश्रो भए ।
पुरुष १० हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । निर्धारित दूरी तय गर्न हरिलाई ३१ मिनेट ३९.९ सेकेन्ड समय लाग्यो । एपीएफका गोपीचन्द पार्की दोश्रो तथा आर्मीका लालबहादुर थापा तेश्रो भए । सोको महिलामा आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । विश्वरुपाले ३८.३६ सेकेन्ड समय खर्चिन् । आर्मीकै रेसु बस्नेत दोश्रो भइन् ।
पुरुष १ सय १० मिटर हर्डल्स (बाधा दौड) मा आर्मीका विशेष महतो पहिलो भए । उनले १६.२ सेकेन्डको समय निकाले । महिला १ सय मिटर हर्डल्समा एक्ली प्रतिस्पर्धी भएकाले एपीएफकी सविता चौधरी पहिलो भइन् । सविताले १७.५ सेकेन्ड समय लगाइन् ।
मुख्य प्रशिक्षक राणाले जनाए अनुसार सागका लागि समान ११-११ पुरुष/महिला गरी २२ खेलाडी छनोट गरिने छ । २/३ दिनपछि प्राविधिक समितिले छनोट भएका खेलाडीको नाम सार्वजनिक गर्ने राणाले जानकारी गराए ।

लाउसाने– फिफाको न्यायिक इथिक्स कमिटीले अध्यक्ष सेप ब्लाटर र मिचेल प्लाटिनीको भ्रष्टाचार आरोपमा अर्को निर्णय आउनेगरी सोमबार मुद्दा चलाएको छ । न्यायाधीशहरूको समूहमा शनिबार फिफा इथिक्स कमिटीको अनुसन्धान शाखाले तयार पारेको अन्तिम प्रतिवेदन पुगिसकेको छ र त्यसमा दुवैलाई कारबाहीको माग गरिएको छ ।
न्यायाधीशबाट आउने निर्णयले युइएफए अध्यक्ष प्लाटिनीको फुटबलको सर्वोच्च निकायको उच्च पदमा पुग्ने आशा तुहाइदिन सक्छ ।
अनुसन्धान शाखाले जुटाएको प्रमाण र के कति कारबाहीको माग गरेको हो भन्नेबारे खुलासा गरेको छैन । तर, नियम उल्लंघन गरेको आरोपमा दुवैलाई कारबाही हुनसक्ने सम्भावना रहेको छ ।
'अनुसन्धान शाखाले तयार पारेको अन्तिम प्रतिवेदनको आधारमा सेप ब्लाटर र प्लाटिनीविरुद्ध न्यायिक काम कारबाही आधिकारिक रूपमा सुरु भएको छ,' न्यायाधीशहरूको समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दुवैजनाको मुद्दा डिसेम्बरसम्म निर्णय आउने गरी काम भइरहेको छ ।'
फिफा इथिक्स कमिटीले विश्व फुटबलका शक्तिशाली दुवै जनालाई ९० दिने प्रतिबन्ध लगाइसकेको छ ।
फिफाले न्यायाधीश नियुक्त गर्नुअघि ब्लाटर, प्लाटिनी र उनका प्रतिनिधिले प्रतिरक्षाको सक्दो प्रयास गरेका छन् ।
मुद्दालाई नजिकबाट हेरेका स्रोतका अनुसार यदि उनीहरू दोषी प्रमाणित भएमा फ्रान्सका प्लाटिनी र ब्लाटर ५ देखि ७ वर्षको कारबाही हुनसक्ने बताएका छन् ।
उनीहरूमाथि लागिरहेको ९० दिने प्रतिबन्ध जनवरी ५ मा सकिँदैछ । स्विटछ्जरल्यान्डका सरकारी वकिलले ब्लाटर फिफा अध्यक्ष हुँदा टेलिभिजन प्रसारण अनुमति दिँदा भ्रष्टाचार गरेको र पदको दुरुपयोग गरेको आरोपमा कारबाही चलाएको थियो ।
प्लाटिनीले २०११ मा फिफाबाट २० लाख अमेरिकी डलर लिएको आरोप लागेको छ ।
अमेरिकी अधिकारीले फिफाका १४ पदाधिकारी र खेलकुद बजार प्रमुखले १५ करोड अमेरिकी डलर भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेपछि ब्लाटरले फिफा अध्यक्ष पदबाट हट्ने निर्णय गर्दै फेब्रुअरीमा चुनाव गर्ने निर्णय गरिसकेका छन् ।
फिफामा घोटला भएको घटना बाहिर आउँदा संस्थामा व्यापक पुनर्संरचना आवश्यक रहेको मुख्य प्रायोजकहरूले बताउँदै आएका छन् ।
कारबाही हुने निर्णय आएमा ब्लाटरलाई फिफाबाट अलग गराउने छ, जुन उनी आफैले घोषण गरिसकेका छन् । तर, प्लाटिनीको फिफा अध्यक्ष पदमा पुग्ने सपना समाप्त हुनेछ । उनी आफै फेब्रुअरी हुने अध्यक्ष चुनावका उम्मेदवार हुन् । प्रतिबन्धका कारण उनले आफ्नो प्रचारप्रसार तथा तयारी गर्न भने पाएका छैनन् । अध्यक्षका लागि प्लाटिनीसँगै पाँच जनाको उम्मेदवारी परेको छ ।
ब्लाटरले भने प्लाटिनी इमान्दार व्यक्ति भएको र फिफाबाट उनले लिएको रकम कानुनसम्मत भएको बताउँदै चुनाव जित्ने बताएका छन् ।

पाकिस्तानले अर्को महिना भारतमा हुने साफ च्याम्पियनसिप फुटबलमा भाग नलिने भएको छ ।
पाकिस्तान फुटबल फेडेरेशन (पीएफफ)ले साफका महासचिवलाई प्रतियोगिताबाट नाम फिर्ता लिएको जानकारी गराएको छ । ‘पीएफफले साफ च्याम्पियनसिपबाट टीम फिर्ता लिएको इमेल मैले पाए’ साफ महासचिवले द डेलिस्टारसँग भनेका छन् ।
पाकिस्तानले पछिल्लो समय एएफसी र साफ प्रतियोगिताहरु खेलेको छैन । उसले साफ यू–१६, यू–१९ र यू–२१ समेत खेलेन ।
साफ च्याम्पियनसिप यो वर्ष सुजुकी साफ कपको नामबाट डिसेम्बर २३ देखि जनवरी ३ सम्म केरलामा हुँदैछ ।
पाकिस्तानले नाम फिर्ता लिएपछि अब सात टीमले मात्र खेल्नेछन् । जसमा नेपाल, भारत र श्रीलंका समूह एमा छन् भने समूह बीमा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।

विश्व क्रिकेट लिग च्याम्पियप अन्तर्गतको खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ । टस जितेर व्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो ।
नेपालले दिएको लक्ष्य पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा ३ बल बाँकी छदै भेट्टायो ।
नेपालको लागि शरद भेषवाकरले ७८ र सुबास खकुरेलले ६३ रन बनाए । बसन्त रेग्मीले २४ र ज्ञानेन्द्र मल्लले २३ रन जोडेका थिए ।
बलिङतर्फ पारस खड्का र मेहबुब आलमले २–२ विकेट लिए । सोमपाल कामी, शक्ति गौचन र सागर पुनको नाममा १–१ विकेट लिए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो ।
५० ओभरको टुर म्याचमा नेपाल ओमानसँग ३ विकेटले पराजित भएको छ ।
अबुधाबीमा नेपालले ओमानसामू १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई ओमानले ११ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै खराव रहृयो । नेपानलले २६ रन जोड्दा सुरुवाती ३ विकेट गुमाएको थियो ।
नरेश बुढायर र सुवास खकुरेलको ओपनिङ जोडी फेरि एक पटक चल्न सकेन । नेपालको स्कोर ९ रन हुँदा सुवास व्यक्तिगत २ रनमा आउट भए । थप ४ रन जोड्दा नरेश पनि व्यक्तिगत ९ रनमा पभेलियन फर्किए ।
तेस्रो विकेटका रुपमा सागर पुन ७ रनमै आउट भए । कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपाली पारी सम्हाले । पारस र ज्ञानेन्द्रले ७७ रनको साझेदारी गरे । चौथो विकेटका रुपमा आउट भएका पारस मात्र एक रनले अर्धशतक बनाउन चुके ।
ज्ञानेन्द्रले टिकेर खेलेपनि कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । थप ८१ रन जोड्दा नेपाल अलआउट भयो । ज्ञानेन्द्रले ७१ रन बनाए । ११३ बलको सामना गरेका उनले सात चौका हाने । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर ९, मेहबुब आलम ७, करण केसी ५, बसन्त रेग्मी ७, शक्ति गौचन शुन्य रनमा आउट भए भने विक्रम शोक एक रनमा अविजित रहे ।
ओमानका विलाल खानले ४ विकेट लिए भने खावर अलीले ३ र मुनिस अन्सारीले २ विकेट लिएका छन् ।
जवाफमा मैदान उत्रिएको ओमानले ४८.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि जीशान मकसूदले ५१ रन बनाए भने जितेन्दर सिंहले ४१ रन जोडे ।

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई पठाउनुपर्ने ६ लाख डलर तत्काल निकासा नगर्ने प्रस्ट पारेको छ । नेपाल क्रिकेट संघ (क्यान) को पत्रको जवाफ दिनेक्रममा आइसिसीले आइतबार आर्थिक पारदर्शिता र प्रशासनिक चुस्तता नअपनाएसम्म रोकिँदै आएको ग्रान्ट तत्काल नपठाउने बताएको हो ।
पैसा लिएर खेल
मिलेमतो गरेको आरोपमा पक्राउ
परेका ५ खेलाडीहरुको
बयान दिन आज
विशेष अदालतमा उपस्थित
भएका छन् ।
खेलाडीको बयान सकिएलगत्तै थुनछेकका
लागि बहस सुरु
हुनेछ ।
सरकारी वकिलको कार्यालयले खेलाडीविरुद्ध
‘राज्यविरुद्धको अपराध’ मा मुद्दा
चलाएको छ ।
प्रहरीले राष्ट्रिय टोलीका कप्तान
सागर थापा तथा
खेलाडीहरु सन्दीप राई, अन्जन
केसी, रितेश थापा
र विकाससिंह क्षेत्रीमाथि
लगाइएको अभियोग पुष्टि भए
जन्मकैद सजाय हुनेछ
।
यस्तै अर्का अभियुक्त डेजिव थापालाई फरार रहेकाे भनि साेही मुद्दा अगाडी बढाइएकाे छ ।
प्रहरीले उनीहरुलाई असोज २७
गते राजधानीको विभिन्न
स्थानबाट पक्राउ गरेको थियो
।
एक खेल मितेमतो गरेबापत प्रतिखेलाडी ५ हजार डलरसम्म लिने गरेको देखिएको प्रहरीको दाबी छ ।
उनीहरुले २००८ देखि
खेलेका २२ अन्तर्राष्ट्रिय
खेलहरु मिलेमतो गरेको प्रहरीको
आरोप छ ।
काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको
नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका
छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।
शाखाका
निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये
५ हजार ८
सय १७ जना
औद्योगिक क्षेत्रको रोजगारीका लागि र २
हजार ६ सय
७३ जना कृषि
तथा पशु पालनतर्फको रोजगारीमा जान
पाउने छन्।
उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो
साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए।
भाषा
परीक्षा उत्तीर्णहरुको सीप
परीक्षण गरिने
र
स्वास्थ्य तथा
सीप
परीक्षणमा उत्तीर्ण हुनेले
मात्रै
रोजगारीका लागि
आवेदन
दिन
पाउने
उनले
बताए।
पोखराबाट परीक्षा दिने
सबै
उत्तीर्ण परीक्षार्थीहरुको सबै
परीक्षण पोखरामै हुने
बास्तोलाले बताए।
परीक्षााका लागि
५१
हजार
१
सय
युवाले
आवदेन
दिएका
थिए
।
बिहान
साढे
आठदेखि
बेलुकी
३ः४०
सम्म
दिनको
२
सत्र
गरी
परीक्षा लिइएको
थियो
।
यस
वर्षको
भाषा
परीक्षाका लागि
काठमाडौं उपत्यमामा १५
र
पोखरामा ३
गरी
१८
ओटा
परीक्षा केन्द्रबाट परीक्षा लिइएको
थियो।
कोरियाले यस
वर्षका
लागि
कुल
७
हजार
१
सय
कामदारको कोटा
निर्धारण गरेको
थियो
।
यस
मध्ये
औद्योगिक क्षेत्रतर्फ ४
हजार
९
सय
र
कृषि
तथा
पशुपालनतर्फ २
हजार
२
सयको
कोटा
रहेको
बताइएको थियो।
नेपालसहित कोरियाले १५
देशबाट
कामदार
लाँदै
आएको
छ।
पशुपतिमा मोदीलाई व्यंग्य, पाप कटोस् भन्दै क्षमापूजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गर्दै पशुपतिनाथ मन्दिरमा बिहीबार बिहान क्षमापूजा गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको पाप मोचन होस् भन्दै पूजा आयोजना गरिएको हो । भारतले नेपालमा लगाएको नाकाबन्दीको प्रतिकात्मक विरोध स्वरुप पूजा आयोजना गरिएको हो । पशुपति मन्दिर प्रांगणमा भएको पूजामा पूर्व मुख्य सचिव लिलामणी पौडेल, कलाकार मनदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलसहित सर्वसाधारणको बाक्लो उपस्थिति थियाे ।
कलाकार गजुरेल मोदीकै भेषमा पूजामा संलग्न भएका थिए । शिवभक्त मोदीले चारधामहरुको मुख्य धाम मानिने पशुपतिनाथ रहेकै देशलाई दु:ख दिएर पाप गरेकोले क्षमापूजा गरिएको पुजा आयोजकहरुले बताए ।

२०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ २ जनाको स्थगित, १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द भएको छ परिषद्ले जनाएको छ ।
परिषद्ले गत गत जेठ/असारमा १२ कक्षाको परीक्षा लिएको थियो । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशन भइसकेको छ ।
यस्तो अवस्थामा पछिल्लो समय प्रधानमन्त्री शुसिल कोईरालाले सकभर आँफै प्रधानमन्त्री बन्ने दाउमा रहेको राजनीतिक बिश्लेषण गरिँदै आएको थियो । तर हिजो देखी उनले १६ बुँदे ताका भद्र राजनीतिक समझदारी भएको कुरा स्विकार गर्न थालेका छन । खासगरी केपी ओलीलाई एकिकृत नेकपा माओबादी लगाएत अन्य साना दलहरुले समेत स्विकार गरिसकेको र उनैको बहुमत पुग्ने अवस्था देखिन थालेको र कोईरालाले आफ्नो सम्भावना टर्दै गएको देखेपछि आफु प्रधानमन्त्री बन्न नचाहेको तथा १६ बुँदे ताका भद्र सहमती भएको स्विकार गरेपछि राजनीतिक बृत्तमा केपी ओली प्रधानमन्त्री बन्ने पक्का जस्तो देखिएको छ ।
प्रधानमन्त्री कोईरालाका निकटतस्थ स्रोतका अनुसार कोईराला कुनैपनि हालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने पक्षमा छैनन । सर्वसम्मतीबाट भए आँफै हुने यदी यसो हुन नसकेको अवस्थामा विगतको भद्र सहमति अनुरुप नै केपी ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छन । पछिल्लो समयमा ओलीकै पक्षमा माहौल बन्दै गएपछि कोईरालाले आँफु प्रधानमन्त्री नबन्ने र उसबेला भद्रसहमती भएको स्विकार्न थालेका छन । उता रामचन्द्र पौडेल आफु आसन्न महाधिबेशनबाट पाटी अध्यक्ष बन्ने सर्तमा शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्ने पक्षमा देखिएको कारण भद्र सहमती बारे आँफुलाई थाहा नभएको बोल्दै हिँडेका छन । जसजसले जेजे बोलेपनि केपी ओली प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको राजनीतिक बिश्लेषकहरुले व्यक्त गरेका छन । ओलीलाई प्रधानमन्त्री बनाउन एकिकृत नेकपा माओबादी, राप्रपा सहित झण्डै एकदर्जन दलहरुले औपचारिक अनौपचारिक रुपमा समर्थन गर्ने जनाई सकेका छन ।
केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भईसकेको भन्दै शक्ति बाँडफाँडको रस्साकस्सी पनि यतिबेला अन्तिम चरणमा प्रबेश गर्न लागेको प्रमुख दलका शिर्ष नेतृत्व निकटका स्रोतहरुले बताएका छन । स्रोतका अनुसार दलहरुका बिचमा राष्ट्रपति नेपाली कांग्रेसलाई, उपराष्ट्रपति तमलोपा, प्रधानमन्त्री नेकपा एमाले, सभामुख एकिकृत नेकपा माओबादी, उपसभामुख राप्रपा नेपाल, उपप्रधानमन्त्री नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी र फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको छ ।
यी पदहरुमा निम्नाअनुसार पात्रहरु रहने पनि मोटामोटी सहमती भईसकेको दलहरु निकटस्थ स्रोतले जनाएको छ :
राष्टपति : केबी गुरुङ्ग (नेपाली कांग्रेस)
उपराष्ट्रपति : महन्त ठाकुर (तमलोपा)
प्रधानमन्त्री :केपी ओली (नेकपा एमाले)
सभामुख : कृष्णबहादुर महरा (एकिकृत नेकपा – माओबादी)
उपसभामुख : (नाम चयन हुन बाँकी) राप्रपा नेपाल
उपप्रधान तथा गृहमन्त्री : कृष्ण प्रसाद सिटौला (नेपाली कांग्रेस)
उपप्रधान तथा भौतिक योजना मन्त्री : टोप बहादुर रायमाझी (एकिकृत नेकपा – माओबादी)
उपप्रधान तथा रक्षा मन्त्री :बिजयकुमार गच्छादार (फोरम लोकतान्त्रिक)

झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनलाई अझ सशक्त र
प्रभावकारी बनाउन संघीय समावेशी मधेसी मोर्चाले मधेसका मागलाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । यसका लागि मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो ।' नेपालका आवासिय प्रतिनिधि मार्फत संघका महासचिव वानकी मुनलाई हस्ताक्षर पठाइने मोर्चाका अर्का नेता तथा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जनाए । 'सबै विदेशी कुटनीतिलाई साक्षी राखी हस्ताक्षर बुझाउँछौ,' पटेलले भने । विगत ५३ दिन देखि जारी मधेस बन्द र १३ दिनदेखिको नाकाबन्दीले पनि सरकारले आफ्ना माग बारे सुनवाई नगरेको मोर्चाले आरोप लगाएको छ । नाकाबन्दीका कारण पहाडसँगै मधेसका जनताको जनजीवन समेत कष्टकर बनेको छ । इन्धन, औषधि, खाद्यान्न लगायतका अतिआवश्यक वस्तुको अभाव चुलिएको छ । बन्दका कारण शैक्षिक गतिविधी ठप्प बनेको छ । विद्यार्थीको शैक्षिक भविष्य अन्योल बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । दासानायकेले मंगलबार नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका थिए । व्यक्तिगत कारण राजीनामा दिएको उनले बताए ।
एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य
धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।

नयाँदिल्ली (एएफपी), भाद्र १५ -
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समकक्षी सिन्जो अवेसँग भेट गर्न शनिबार जापान पुगेका छन्। एसियाका दोस्रो तथा तेस्रो सबैभन्दा ठूला अर्थतन्त्रबीच सम्बन्ध विस्तार गर्नेतर्फ यो भ्रमण केन्दि्रत हुनेछ। दुई दक्षिणपन्थी राष्ट्रवादी नेताहरूले निर्वाचनको बेला अर्थतन्त्रलाई पुनस्र्थापना गर्ने वचन दिएका थिए। दुवै मुलुक यस क्षेत्रमा मजबुत चीनसँगको क्षेत्रीय गठबन्धन तयार गर्न अभिरुचि देखाएका छन्। ती दुवै नेताले आ-आफ्नो मुलुकलाई युद्ध र संघर्षका मार्गमा नलगून् भन्ने सर्वत्र चिन्ता छ।
प्रस्थान गर्नुपूर्व ६३ वषर्ीय मोदीले यो पाँच दिने भ्रमणले जापानसँग रक्षा, पारमाणविक ऊर्जा तथा आधारभूत संरचनाका क्षेत्रसहित दुई पक्षीय सम्बन्धमा नयाँ अध्याय लेख्ने विश्वास व्यक्त गरेका छन्। उनले विज्ञप्तिमा भारतमा समावेशी विकासका साथै उत्पादन, आधारभूत संरचना, ऊर्जा तथा सामाजिक क्षेत्रमा सुधार गर्ने आफ्नो दृष्टिकोणलाई जापानले गर्न सक्ने सिर्जनात्मक सहयोगको खोजी गर्ने बताएका छन्। उनले भ्रमणअघि जापानी भाषामा ८ ट्वीट गरेको बीबीसीले जनाएको छ। उनी आफू अबेसँग निकै प्रभावित रहेको बताएका छन्। दुई वर्षअघि गुजरातका मुख्यमन्त्रीको रूपमा मोदी जापान गएका थिए।
भारतीय प्रधानमन्त्रीको दक्षिण एसिया बाहिरको यो पहिलो भ्रमण हुनेछ। उनले यसले परराष्ट्र तथा आर्थिक नीतिमा जापानले प्राप्त गरेको प्राथमिकता दर्साउने बताए। मोदी र आबे ऐतिहासिक नगर क्योटोमा व्यक्तिगत रूपले भेटेपछि टोकियोमा औपचारिक रूपमा वार्ता गर्नेछन्। दुवै नेता मुलुकको मन्द भएको अर्थतन्त्रलाई अगाडि बढाउन सक्ने बलिया नेताको रूपमा देखिएका छन्।
दुवै मुलुक चीनसँग दुई पक्षीय क्षेत्रीय विवादमा रहेको बेला मोदीले आबेसँगको वार्तामा गहन रक्षा सम्बन्ध सिर्जना गर्न प्रयास गर्ने बताएका छन्। उनले सोमबार जापानी रक्षामन्त्री इत्सुनोरी ओनोदेरासँग भेट गर्नेछन्। एक जापानी अधिकारीले भारतले आफ्नो सेनाका लागि जमिन तथा पानी दुवैमा चलाउन सकिने खोजी तथा उद्धार विमान खरिद गर्ने चाहना देखाएको जानकारी दिए।
जापानले यसै वर्ष आफ्नो सैनिक निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। यसले यस्तो सम्झौताको बाटो खुला गरिदिएको छ। भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको ध्यान भारतीय उत्पादन निर्यातमा केन्दि्रत हुने जानकारी दिएको छ। उनका साथमा व्यापारी समुदायको ठूलो प्रतिनिधिमण्डल छ। उनले भारतमा आधारभूत संरचना विकासमा जापानको सहयोगको खोजी गर्नेछन्। लगातार भइरहेको दुर्घटनाका कारणले जापानका नागरिक परमाणु ऊर्जाको विरोधमा रहेकाले यस सम्बन्धमा भारतसँग उसले कुनै खाले सम्झौता गर्ने सम्भावना न्यून छ।
नयाँ सरकारले भारतको नराम्रो अवस्था भएको रेलमार्गलाई तत्कालै सुधारको मार्ग आवश्यक भएको बताएको छ। वार्तामा भारतका लागि नयाँ उच्चगतिको रेल सञ्जालको विषय पनि पर्ने अनुमान गरिएको छ। भारतले रक्षाका क्षेत्रमा विदेशी प्रत्यक्ष लगानीको सीमा बढाएको छ भने रेलमार्गमा यस्तो सीमा हटाएको छ। जापान भारतमा चौथो सबैभन्दा ठूलो लगानीकर्ता हो। दुई नेताबीच पारमाणविक ऊर्जाका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ। दुई मुलुकले सन् २०११ मा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसपछि उनीहरूबीच व्यापार निकै बढेको छ।
पश्चिम जापानको क्योटोस्थित स्टेट गेस्ट हाउसमा प्रधानमन्त्री सिन्जो अबे (बायाँ) ले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीको स्वागत गर्दै। पाँच दिने भ्रमण क्रममा मोदी जापान पुगेका हुन्।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालको सिफारिसमा १८ सभासद् मनोनयन गरेको हो । पहिल्यै तय गरेको बताएको एमाओवादीले भने नाम दिन सकेन । उसले कांग्रेस, एमाले पूर्व सहमति कार्यान्वयनमा इमान्दार नभएको भन्दै नाम नपठाएको जनाएको छ ।
कांग्रेस र एमालेले पहिलो संविधानसभामा 'काम देखाएका' राधेश्याम अधिकारी र अग्नि खरेलबाहेक सवै नयाँ अनुहार पठाएका छन् । राप्रपा नेपालले एकजनाको कोटामा अध्यक्ष कमल थापाका भाइ गणेश थापालाई सभासद् बनाएको छ ।
संविधानसभामा पाएको सिट संख्याका आधारमा कांग्रेसको भागमा ९, एमालेको भागमा ८ , एमाओवादीको भागमा ४, राप्रपा नेपालको भागमा १ र चार सभासद् साना दललाई दिइएको छ ।
एमालेबाट महासचिव ईश्वर पोखरेलकी पत्नी मिरा धुजू सभासद् भएकी छन् । उनी अखिल नेपाल महिला संघकी नेतृ हुन् । एमालेले एकजना बाहेक सवै केन्द्रीय नेता र विज्ञलाई पठाएको छ ।
कांग्रेसले पनि शिक्षाविद्, कानुनविद्सहित स्थानीय नेतालाई संविधानसभामा पुर्याएको छ । राधेश्याम अधिकारी कांग्रेसका पूर्वसभासद् तथा कानुनविद् हुन् ।
रामेछापका कांग्रेस नेता शिवबहादुर खड्का पूर्वजिविस सभापति हुन् । पुराना कांग्रेसी नेता खड्का भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमासमेत सहभागी थिए ।
मोरङका मजदूर नेता पुष्कर आचार्य पनि कांग्रेसबाट सभासद् भएका छन् । उनी कांग्रेस मजदुर संघको अध्यक्षमा पराजित भएका थिए ।
सभासदको सूची
कांग्रेसतर्फबाट
राधेश्याम अधिकारी
शिवबहादुर खड्का
पुष्कर आचार्य
रोशन बानियाँ
सुकदेव सुतिहार
रुक्मिणी कोइराला
सूर्यदेव दास
उमेश श्रेष्ठ
अनिलकुमार रुङटा
एमालेतर्फबाट
अग्नी खरेल
गंगा डाँडी
मिरा ध्वजु
पेम्बा भोटे
नरेश खरेल
राजन भट्टराई
पर्तमान धिमाल
राप्रपा नेपालबाट
गणेश थापा
स्वतन्त्रताका महानायक मृत्यु शैय्यामा
केही दिनयता नेल्सन मन्डेलाको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक छ। विश्वभरका मानिस उनको यथाशीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। कहिले उनलाई 'लाइफ सपोर्ट सिस्टम' (भेन्टिलेटर) मा राखिएको कुरा बाहिर आउँछ त कहिले उनको स्वस्थ्य स्थितिमा सुधार आएको, उनीबारेका खबर पनि भयले धर्मराइरहेको भान हुन्छ। भ्रामक समाचारबाट उनको परिवार झन् आहत छ। छोरी मकाजिवीले मिडियालाई 'गिद्द' भनेकी छन्।
मन्डेलाकी भाउजू नोथेम्बा हरेक बिहीबार अन्य महिलासाथ प्रार्थना गर्न नजिकैको चर्च जान्छिन्। मन्डेलाको पारिवारिक नाम लिँदै उनी भन्छिन्, 'हामी माडिबालाई भगवानसँग जोड्न चाहन्छौं। हामीलाई विश्वास छ, यसो गर्दा भगवानले उनलाई चाँडै निको पार्नेछन्।'
बाराक ओबामा सन् २००५ मा जब अमेरिकाको सिनेटर निर्वाचित भए, मन्डेलाको कार्यक्रममा सहभागी हुन जान लागेका सहयोगीले उनलाई मन्डेलाका लागि सन्देश लेख्न सुझाए। आफ्ना आदर्श नेतालाई सन्देश पठाउने अवसर पाएकोमा रोमान्चित हुँदै उनी लेख्न त बसे, तर लामो समय सिध्याउन सकेनन्। स्टुडियोको ब्याकरुम छिरेर हेरिरहेका प्रवक्ता रोबर्ट गिब्सलाई ओबामाले कलम उचाल्दै भने, 'म मन्डेलालाई सन्देश लेख्दैछु, त्यसैले थप केही समय चाहिन्छ।'
सन् २००५ मा ओबामा र मन्डेलाको पहिलो भेट भयो। ओबामा अमेरिकी राष्ट्रपति भएपछि पनि मन्डेलासँग भेट्न निकै उत्सुक थिए। शुक्रबारबाट उनको दक्षिण अफ्रिका भ्रमण सुरु भएको छ। पत्नी मिसेलले शुक्रबारै मन्डेलालाई भेटिसकिन्, ओबामा कुनु जानेछन्/छैनन्, यसै भनिएको छैन।
मन्डेलाको स्वास्थ्य स्थितिबाट भने उनी निकै दुःखी छन्। ओबामा र मन्डेला दुवै आफ्नो पुस्ताका काला जातिका पहिलो राष्ट्रपति हुन्। दुवै देशमा गहिरो रंगभेद थियो।
ओबामाझैँ संसारका धेरै नेता मन्डेलाको व्यक्तित्वबाट प्रभावित छन्। उनले दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि गरेको राजनीतिक संघर्ष सबैका लागि प्रेरणा बनेको छ। उनले संघर्षका क्रममा २७ वर्ष जेलजीवन बिताए, कहिल्यै सिद्धान्तसँग सम्झौता गरेनन्। सबैभन्दा बढी जेल बसेका नेता मन्डेलालाई दक्षिण अफ्रिकाभर शान्ति स्थापनाको श्रेय दिइन्छ। रंगभेदका लागि अफ्रिकी कंग्रेसमा हतियारसहितको दस्ता पनि उनैले खडा गरेका थिए।
उनले प्रजातन्त्र र रंगभेदविरुद्ध गरेको संघर्षलाई संसारभर सराहना गरिन्छ। संघर्ष र सिद्धान्तप्रतिको निष्ठाका कारण उनी केवल व्यक्ति नभएर विचारका रुपमा स्थापित छन्।
मन्डेलाको जीवन
रोल्हिलाला मन्डेलाको जन्म सन् १९१८, १८ जुलाईका दिन दक्षिण अफ्रिकाको मेभेज्जोको तार्नस्कि भन्ने ठाउँमा भएको हो। उनका पिता नकोस्की मन्डेला उतिबेलाका थेम्बु समुदायका राजा जोन्गिन्तबा डालिनडाइबुका काउन्सुलर थिए। उनका पिता आफ्नो समुदायको नेता हुने पक्का थियो। तर, त्यहाँको स्थानीय म्याजिस्ट्रेटसँगको मनमुटावपछि उनले सबै पद र प्रतिष्ठा गुमाउनुपर्यो। लगत्तै मन्डेला परिवार कुनु बसाइँ सर्यो। सानो गाउँ कुनु पुग्ने बाटोसमेत थिएन।
मन्डेलाको जीवन गाउँका सामान्य गरिब परिवारको भन्दा भिन्न थिएन। पिताका एक साथीको सुझावमा स्थानीय चर्चमा उनलाई क्रिस्चियन बनाइयो। मन्डेला आफ्नो परिवारका स्कुल जाने पहिलो बच्चा थिए। त्यतिबेला रंगभेद र ब्रिटिस राजका कारण काला जातिका मान्छेले पढ्नु त्यति सहज थिएन। स्कुलका शिक्षकले उनको पहिलो नाम परिवर्तन गरेर 'नेल्सन' राखिदिएका थिए।
मन्डेला नौ वर्ष हुँदा बाबुको फोक्सो रोगले निधन भयो। त्यसपछि उनको जीवनमा नसोचेको परिवर्तन आयो। उनलाई थेम्बुका राजा जोन्गिन्तबाले धर्मपुत्र बनाए। उनी राजा बन्नुमा मन्डेलाका बाबुको ठूलो योगदान थियो। मन्डेलाको जीवन अब कुनुको सानो गाउँबाट थेम्बुको राजधानी म्याख्खिक्विजिनीस्थित दरबारमा सर्यो। मन्डेलालाई राजाले उनका अन्य सन्तानझैँ समान अवसर र स्थान दिए। उनको जीवन सहज हुन थाल्यो र पढाइ सुचारु।
जुन दिन उनी राजदरबार प्रवेश गरे, उनलाई थेम्बुको ठूलो अधिकृत बन्न योग्य बनाउने हिसाबले विशेष रेखदेख गर्न थालियो। उनी वेस्लिन मिसन स्कुल, क्लार्कबुरी बोर्डिङ इन्स्टिट्युट हुँदै वेस्लिन कलेज पुगे। विद्यार्थी जीवनमा उनको रुचि बक्सिङ र एथ्लेटिक्समा पनि थियो। स्कुलमा धेरैले गाउँले बच्चा भनेर हेप्थे, तर, उनी छिट्टै घुलमिल हुने स्वभावका थिए।
सन् १९३९ मा उनी फोर्ट हेयर विश्वविद्यालय भर्ना भए। त्यसबेला फोर्ट हेयरलाई अफ्रिकाको अक्सफोर्ड वा हार्वड विश्वविद्यालयसँग तुलना गरिन्थ्यो। उनी त्यहाँ कानुन अध्ययन गर्न थाले। सरकारी कार्यालयमा अनुवादक वा कारिन्दा बन्ने उनको इच्छा थियो। त्यसबेला काला जातिका मान्छेले पाउने सबैभन्दा ठूलो अवसर नै त्यही थियो। फोर्ट हेयरको दोस्रो वर्षमा उनी त्यहाँको विद्यार्थी प्रतिनिधि परिषद नेतामा निर्वाचित भए। तर, अधिकांश विद्यार्थीले उक्त निर्वाचन बहिस्कार गरेका थिए। निर्वाचित भए पनि अन्य विद्यार्थीको दबाबमा उनले राजीनामा दिए। त्यस कदमले विश्वविद्यालय प्रशासन उनीसँग रुष्ट भयो र एक वर्ष निलम्बन गरिदियो। त्यो खबरले राजा पनि उनीसँगै रिसाए।
मन्डेला ऐनमौकामा घर फर्किए। जोन्गिन्तबाले उनको बिहे छिनिदिए। बिहे गर्ने मन नभएकाले उनी त्यहाँबाट भागे र जोहानसबर्ग छिरे। मन्डेलाले त्यहाँ गार्डदेखि कारिन्दासम्मको काम गरे र सँगै स्नातक सके। स्नातकोत्तर पढ्न उनी विटवाटरस्य्रान्ड विश्वविद्यालय भर्ना भए।
सँगसँगै उनी सन् १९४२ मा अफ्रिकी राष्ट्रिय कांग्रेसको सदस्य बनेर रंगभेदी आन्दोलनमा सहभागी हुन थाले। कांग्रेसभित्रकै केही युवा मिलेर अफ्रिकी राष्ट्रिय कांग्रेस युवा संगठनको पनि गठन गरे। उनीहरूको पहिलो उद्देश्य भनेको कांग्रेसको व्यापक संगठन विस्तार गर्नु थियो। संगठन विस्तारसँगै गरिब र पिछडिएकाको साथ पाइन्छ भन्ने उनीहरूको विश्वास थियो। सुरुमा कांग्रेसको शान्तिपूर्ण आन्दोलनकै समर्थन गरे उनीहरूले। तर, सन् १९४९ मा उनीहरूले अन्य प्रकारको सरकारविरोधी आन्दोलन पनि गर्न थाले। त्यसअन्तर्गत उनीहरूले अवज्ञा, बन्द र सरकारलाई असहयोग गर्ने आन्दोलनको पनि सुरु गर्न थाले। उनीहरूको मुख्य माग थियो– काला जातिलाई पनि पूर्ण नागरिकता, भूमि पुनर्वितरण, टे्रड युनियनको अधिकार र सबैका लागि निशुल्क शिक्षा।
मन्डेलाले लगातार २० वर्ष दक्षिण अप्रिकी सरकारविरुद्ध रंगभेदविरोधी शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे। सन् १९५६ मा उनीसहित १ सय ५० अभियन्ता पक्राउ परे। लगत्तै कांग्रेसको अर्को खेमाको पनि उत्पत्ति भयो जसको शान्तिपूर्ण आन्दोलनप्रति कुनै विश्वास थिएन। कांग्रेस कमजोर हुँदै जान थालेपछि मन्डेलाले पनि सशस्त्र आन्दोलन नै गर्नुपर्ने ठाने र सरकारविरुद्ध सन् १९६१ मा गुरिल्ला युद्ध सुरु गरे। तीनदिने मजदुर हडताल भयो उनकै नेतृत्वमा। उनी त्यहीँ पक्राउ परे र पाँच वर्ष कैदसजाय सुनाइयो। उनीलगायत १० जनालाई राज्यविरुद्ध अपराधमा आजीवन कारावास पठाइयो।
मन्डेलालाई दक्षिण अफ्रिकाको रोब्बेन टापुस्थित जेलमा राखिएको थियो। उनले त्यहाँ धेरै कष्ट झेल्नुपर्यो। त्यहीँ उनमा क्षयरोगले भेट्यो। २७ वर्षे लामो जेलजीवनमा उनले १८ वर्ष त्यही जेलमा बिताएका थिए।
सन् १९८१ मा ब्रिटिस सरकारको गुप्तचर विभागले मन्डेलालाई सरकारले विभिन्न बहानामा मार्न खोजेको कुरा बाहिर आएपछि एकाएक अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान उनीतर्फ आकर्षित भयो। उनले त्यसको भरपुर फाइदा उठाए र दक्षिण अफ्रिकी सरकारलाई दबाब दिने काम गरिरहे। उनलाई जति नै यातना दिए पनि उनले कहिल्यै कुनै कुरामा पनि सम्झौता गरेनन्। तत्कालीन राष्ट्रपति पी. डब्लु बोथाले मन्डेलासँग वार्ता गर्न रोब्बेनबाट पोल्समुर जेलमा स्थानान्तरण गरे। तर, उनीहरूबीचको वार्ता कहिल्यै निष्कर्षमा पुग्न भने सकेन। पछि, बोथाको स्वास्थ्य स्थिति खराब भएकाले फेडरिक विलियल डे क्लार्क राष्ट्रपति बने। क्लार्कले उनीसँग सम्बन्ध सुधार गर्न सन् १९९० मा जेलमुक्त गरे। कांग्रेसमाथि लागेको प्रतिबन्ध पनि फुकुवा गरे।
सन् १९९१ मा मन्डेला कांग्रेस सभापति बने। अन्तर्राष्ट्रिय समुदायको साथ उनलाई थियो। त्यसैको फाइदा उठाउँदै उनले सरकारलाई दबाब दिने काम जारी राखे। सन् १९९३ मा सरकार र कांग्रेसबीच सम्झौता भयो र सम्पूर्ण आन्दोलन स्थगित गरियो। सोही वर्ष राष्ट्रपति क्लार्क र मन्डेलालाई संयुक्त रुपमा नोबल शान्ति पुरस्कार प्रदान गरियो। सन् १९९४ अप्रिल २७ का दिन पहिलो प्रजातान्त्रिक निर्वाचन अफ्रिकामा सम्पन्न भयो। ७७ वर्षको उमेरमा मन्डेला दक्षिण अफ्रिकाको पहिलो काला जातिका राष्ट्रपति निर्वाचित भए।
त्यसपछि उनले देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि धेरै महत्त्वपूर्ण काम गरे। उनले देशमा भत्किएको राष्ट्रियता जोड्न खेलकुदलाई हतियार बनाए। सन् १९९६ मा अफ्रिकाको नयाँ संविधान बनाए। अत्यन्तै सक्रिय जीवन बिताएका उनले सन् १९९९ को आमनिर्वाचन अगाडि राजनीतिक जीवनबाट संन्यासको घोषणा गरे र सन् २००४ मा सम्पूर्ण सार्वजनिक जीवनबाट समेत संन्यास घोषणा गरे र आफूले बाल्यकाल बिताएको गाउँ कुनु फर्किए।
सबै काम छाडेर संन्यास लिए पनि मानवअधिकार, महिलाअधिकार, प्रजातन्त्रको लडाइँमा लागेका सबै आन्दोलन र अभियानको निरन्तर समर्थन गरिरहे। उनले प्रजातन्त्र र रंगभेद हटाउन गरेको संघर्ष र योगदानको कदर गर्दै सन् २००९ देखि उनको जन्मोत्सवलाई 'मन्डेला डे' का रुपमा संसारभर मनाउने गरिएको छ।
(एजेन्सीको सहयोगमा)