हेलिकोप्टर चालक इटालियन नागरिक डाभिडा
र एयरलाइन्सका कर्मचारी दिलक श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ।
हेलिकोप्टरमा यात्रारत गोमा एयरका क्याप्टेनहरु यदि शेर्पा र प्रज्वल
भट्टराई तथा कर्मचारी गोविन्द लामा घाइते छन्। घाइतेमध्ये दुई जना सकुशल
छन्। ३ जनाको हुम्लामै उपचार भइरहेको फिसटेलका प्रमुख कार्यकारी अधिकृत
सुमन पाण्डेले जानकारी दिए। उनीहरुलाई घटनापछि नेपालगन्जदेखि गएको फिस्टेल
एयरको नाइन एन एजेआई हेलिकोप्टरले उद्धार गरी हुम्ला सदरमुकाम सिमिकोट
पुर्याएको हो।
दुर्घटनामा परेको हेलिकोप्टरको दर्ता इटालीमा छ।
यसको कलसाइन आइभी–आइईडब्लू हो। फिसटेलले एक वर्षका लागि 'वेट लिज'मा तीन
महिना अघि हेलिकोप्टर ल्याएको थियो। जहाज, चालक दल, मर्मत र बिमा सबै मालिक
कम्पनी रहने गरी जहाज भाडामा ल्याउनुलाई वेट लिज भनिन्छ।
तिब्बत मानसरोवर दर्शन गरेर फर्केका यात्रुलाई हिल्साबाट सिमिकोट ल्याउन उक्त हेलिकोप्टर त्यसतर्फ गएको थियो।
'आकस्मिक
अवरतण हो वा के कारण दुर्घटना भएको हो अझै पुष्टि भएको छैन,' प्रमुख
कार्यकारी पाण्डेले भने, 'हामी अनुसन्धान गरिरहेका छौं।'
लामो समयदेखि सम्बन्धित नेपाली लिन नआउँदा जारी भइसकेका करिब ८ हजार प्रति एमआरपी (मेसिन रिडेबल पासपोर्ट) मलेसियामा अलपत्र परेको छ । तीमध्ये अधिकांश २ वर्षअघि केही १ वर्षअघि जारी गरिएका यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाओ) को प्रावधान बमोजिम हस्तलिखित राहदानी विस्थापन गर्न यही नोभेम्बर २४ भित्रमा एमआरपी बनाउनुपर्ने भन्दै गत सन् २०१० डिसेम्बर २६ देखि वितरण शुरु गरेको थियो ।
उक्त निर्णय लागू भएपछि मलेसियामा हालसम्म करिब १ लाख १० हजार एमआरपी जारी भइसकेका दूतावासको तथ्यांक छ । तीमध्ये करिब १ लाख २ हजारले एमआरपी लिइसकेपनि बाँकी करिब ८ हजार नेपालीले अझैसम्म लिन गएका छैनन् ।
‘२ वर्षअघिदेखि जारी भइसकेका करिब ८ हजार प्रति एमआरपी सम्बन्धित व्यक्ति लिन नआउँदा अहिलेसम्म दूतावासमै छ,’ नेपाली दूतावासका द्वितीय सचिव उत्तम कुमार शाहीले बुधबार कान्तिपुरसँग टेलिफोनमा भने, ‘अब लिन आउन अनुरोध गर्दै सूचना प्रकाशित गर्छौं, त्यसपछि पनि लिन नआएमा मन्त्रालय पठाउँछौं ।’
एमआरपीका लागि आवेदन दिएपछि कतिपय नेपालीहरु कम्पनी छाडेर भागेका वा घर फर्किसकेका कारणले लिन नआएका हुनसक्ने दूतावासको अनुमान छ । त्यतिमात्र होइन, एमआरपी जारी भइसकेका कतिपय नेपालीहरु हस्तलिखित राहदानीमा भिसा भइञ्जेल एमआरपी लिन नआएको हुनसक्ने समेत अनुमान छ ।
द्वितीय सचिव शाहीका अनुसार एमआरपी मात्रै होइन, करिब ७ हजार नेपालीको सक्कली नागरिकताको प्रमाणपत्र पनि दूतावासमै अलपत्र छ । गैरकानुनी आप्रवासी कामदारलाई बैध गराउन ४ वर्षअघि मलेसियाली सरकारले बैधता कार्यक्रम (सिक्स–पी) सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत वैध हुनुपूर्व राहदानी लिन आउने नेपालीका लागि दूतावासले सक्कली नागरिकताको प्रमाणपत्र पनि अनिवार्य बुझाउनुपर्ने प्रावधान लागू गरेको थियो ।
स्रोतका अनुसार त्यतिखेर राहदानी लिएर वैध भएका नेपालीहरु कतिपय अझै काम गरिरहेका भएपनि अधिकांश घर फर्किसकेको हुनसक्ने अनुमान छ । ‘४ वर्षअघि सिक्स–पी को समयमा राहदानीका लागि बुझाएका करिब ७ हजार नेपालीहरुको नागरिकताको प्रमाणपत्र पनि दूतावासमा छ,’ शाहीले थपे, ‘सम्बन्धित व्यक्ति लिन नआउँदा ती नागरिकता पनि त्यत्तिकै छ । अहिलेसम्म लिन आएका छैनन् । अब ती नागरिकता पनि गृह मन्त्रालयमा पठाउँछौं ।’

बोष्टनमा महाकवि लक्ष्मी प्रसाद देबकोटा को १०६ औ जन्म जयन्तीको अवसरमा सम्पन्न कार्यक्रममा डा. तारानाथ शर्मालाई सम्मान गरिएको छ । शर्मालार्इ एक हजार एक डलर नगदसहित बिशेष अभिनन्दन गरिएको हो ।
बोष्टन निवासी नेपाली भाषा साहित्यप्रेमी शान्ती जोशी तथा प्रयागमान श्रेष्ठले यसैबर्ष स्थापना गरेको शिवजगत स्मृति प्रतिष्ठानको ‘शिवजगत साहित्य पुरस्कार’ द्वारा शर्मालार्इ सम्मान गरिएको हो ।
बालबालीका, बृद्दबृद्दा, शिक्षा र साहित्यमा काम गर्ने वा योगदान पुराऊनेलार्इ सम्मान गर्न प्रयागमान दम्पतिले आफ्ना बाबा शिवमान श्रेष्ठ तथा आमा जगतमाया श्रेष्ठको स्मृतिमा यस पुरस्कारको स्थापना गरेका हुन ।
कार्यक्रममा सहभागीले महाकवि प्रति बिशेष श्रद्दा सम्झना ब्यक्त गरेका थिए ।

दोहा । राष्ट्रिय मानव अधिकार समिति कतारको निमन्त्रणामा नेपालबाट राष्ट्रिय मानव अधिकार आयोगको एक उच्चस्तरीय टोली शनिबार कतार आइपुगेको छ । आयोगका अध्यक्ष अध्यक्ष अनुपराज शर्मा सहित लक्ष्मण बस्नेत, कल्पना झा, कमल थापा र रामजी कुवँर कतार आइपुगेका हुन् ।
उनीहरुले कतार आइपुगेर नेपाली समुदाय र पत्रकारहरुसँग भेटघाट गरेका थिए । नेपाल र कतारको मानव अधिकारी आयोगले सोमबार समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्योभन्दा पहिले कतारका कामदारहरुको आवास र पीडित कामदारहरुलाई भेट्ने कार्यक्रम समेत रहेको उनीहरुले बताएका छन् ।
कतार भ्रमणमा रहेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आप्रवासी कामदारहरुको सम्बन्धमा सहकार्य, समन्वय र सूचना आदान-प्रदानका बिषयमा केन्दि्रत रहने बताएको छ ।
कतारस्थित आप्रवासी नेपाली कामदारहरुको मानव अधिकार संरक्षणका लागि दुई आयोग मिलेर काम गर्न लागेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताए । कतार आएकै दिन कतारमा स्थापित विभिन्न संघसंस्था र पत्रकारहरुसँग भेट्दै उनले भने ‘मानवअधिकार समितिको स्थापना भएताका माओवादी द्वन्द्वमा केन्द्रित भएका थियौं । नागरिक र राजनीतिक अधिकारमा ध्यान दिएका थियौं । तर अब आप्रवासी नेपाली नागरिकको आर्थिक, सामाजिक, साँस्कृतिक पक्षमा पनि केन्दि्रत रहने छौं ।’
आप्रवासी कामदारहरुको समस्याहरु पहिचान गरेर दुतावासलाई संलग्न गर्दै दुई देशका आयोगहरुले सहकार्य गर्ने उनले बताए ।
भेटघाट कार्यक्रममा टे्रड युनियन सार्कका महासचिव लक्ष्मण बस्नेतले एजेण्डा २१ ल्याएको बताए । उक्त एजेण्डा २१ मा सार्कले मेकानिजम बनाएर मध्यपूर्वमा बस्ने नेपालीहरुका अधिकारका लागि काम गर्ने उनले बताए । कतार आउनुको उद्देश्यबारे प्रष्ट पार्दै उनले भने ‘न्युनतम अधिकारलाई लामो अबधीसम्मका लागि कार्यान्वयन गराउने र सार्कबाट खाडीका कामदारहको हक अधिकारका कुराहरु उठाउँदै छौं । कतारको कानुनको दायरा भित्र रहेर समस्याको समाधान कसरी हुन्छ भन्ने विषयमा पहिलो शुरुवात गरेका छौं ।’
टोलीले कतारस्थित आप्रवासी कामदारहरु र राष्ट्रिय मानव अधिकार समिति कतारका अध्यक्षसँग भेटघाट गरी तथा सम्वधनका लागि पहल गर्ने बताएको छ । राष्ट्रिय मानव अधिकार संस्थाहरुको अन्तरार्ष्ट्रिय समन्वय समितिको वर्गीकरणमा राष्ट्रिय मानव अधिकार समिति कतार र राष्ट्रिय मानव अधिकार आयोग नेपाल ‘क’ वर्गमा रहेका संस्थाहरु हुन् ।
भेटघाट कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मक्सुद आलमले कतारमा नेपाली कामदारहरु आउनुपूर्व नै समस्या भोग्नु परेको र त्यसको निराकरण पछि धेरै समस्याहरु पाखा लाग्ने बताए ।
उनले कतारको हमाद हस्पिटलमा लामो समयदेखि उपचार गराईरहेका नेपालीहरुलाई नेपालको तर्फबाट खोजी नभएको बताए । समस्या लिएर राजदूतमा पुग्ने नेपाली श्रमिकहरु उल्टै पीडित बनेर र्फकने गरेको तितो यथार्थलाई राज्यको तर्फबाट हेरिनु पर्ने उनको भनाई थियो । कानुनी प्रक्रिया र भाषागत समस्याको समाधानका लागि पहल गर्नुपर्ने आलमले बताए ।
आयोगको टोलीलाई भेट्न नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मन्च कतारका अध्यक्ष रामहरी गैह्रे, एनआरएनए कतारका सल्लाहकार तथा व्यवसायी आरके शर्मा, जिफण्ट कतारका पदाधिकारीहरुले समस्या समाधानका लागि गर्नुपर्ने बिभिन्न कामको सुझाव दिएका थिए ।

उनले भेटको सुरुमै भने, 'मैले अन्तर्वार्ता दिने गरेको छैन त!' संयुक्त मधेसी मोर्चाद्वारा नेपालगन्जमा आयोजित विरोधसभामा भाग लिन आएका तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको यस्तो जवाफपछि नागरिकले भन्यो, 'तपाईंको विचारले देशलाई निकास दिन मद्दत पुर्याउन सक्छ, त्यसैले कुराकानी गरौँ।' केहीबेरको मौनतापछि उनी तयार भए। भारतलाई नेपालमाथि 'नाकाबन्दी' लगाउन आधार मिल्नेगरी झन्डै तीन महिनादेखि चलिरहेको मधेस आन्दोलनका अगुवासमेत रहेका नेता ठाकुरले कुराकानीको अन्त्यमा भने, 'तपाइँको कलम स्वतन्त्र छ, मिलाएर छाप्नुहोला।' प्रस्तुत छ, नागरिकका लागि कलेन्द्र सेजुवालसँग उनले मधेस आन्दोलनको औचित्य, यसको लक्ष्य र अवतरणबारे गरेको संवाद
तपाइँहरू एकातिर वार्ताको कुरा गर्नुहुन्छ, अर्कोतिर आन्दोलन चर्काउँदै हुनुहुन्छ। विरोधाभाष भएन र!
हामी वार्ताविरोधी होइनौँ। वार्ता, संवाद र लोकतन्त्रमा हाम्रो गहिरो विश्वास छ। संवादद्वारा समस्या समाधान हुन्छ भन्नेमा विश्वस्त छौं। यसकै लागि विगतदेखि नै अनौपचारिक रूपमा सरकारसँग विभिन्न चरणमा वार्ता भए तर कुरा गर्दै जाँदा विगतका सहमति, सम्झौतामा उल्लेखित सीमांकन, स्वायत्त मधेस प्रदेशजस्ता मूलमुद्दालाई सम्बोधन गर्नेभन्दा पनि आन्दोलन स्थगित गराउने प्रयास भयो।
के भएपछि औपचारिक वार्ता सुरु हुन्छ त!
हामीले गरिरहेको शान्तिपूर्ण, अहिंसात्मक आन्दोलनमाथिको दमन बन्द होस्। मधेसमा परिचालित सेना ब्यारेकमा सीमित गरियोस्। सशस्त्र प्रहरी पनि फिर्ता गरियोस्। त्यसपछि आन्दोलनक्रममा मृत्यु भएकालाई सहिद घोषणा गरेर उनीहरुको परिवारलाई राहत दिइयोस्, घाइतेको उपचार गरियोस्। थुनामा परेकालाई मुद्दा फिर्ता गरी रिहा गरियोस्। सरकार यी कुरामा गम्भीरतापूर्वक लागेपछि मात्र औपचारिक रूपमा राजनीतिक मुद्दामा प्रवेश गरौँला। यसका लागि रोडम्याप (मार्गचित्र) बनाएर अघि बढ्नुपर्छ।
वार्ताको वातावरण नबनेसम्म आन्दोलन स्थगित हुँदैन?
आन्दोलन जारी रहन्छ, हामीले यसअघिका र अहिलेका प्रधानमन्त्रीलाई आफ्ना कुरा लेखेर दिइसकेका छौँ। स्वायत्त मधेस प्रदेश, जनसंख्याको आधारमा प्रतिनिधित्व, नियुक्ति/भर्नामा समानुपातिक र समावेशिता, अन्तरिम संविधानमा उल्लेख भएअनुसार नागरिकताको व्यवस्था, विवादित धारा संशोधनलगायत कुरा सम्बोधन गर्नका लागि मार्गचित्र निर्धारण गरियोस्। त्यहाँसम्म हामी आन्दोलनमै हुन्छौँ।
सरकारले पहिले आन्दोलन स्थगित होस् भनिरहेको छ नि!
त्यसो हो भने उसले पहिले वार्ताको वातावरण बनाउनुपर्यो!। आन्दोलनकारीमाथि दमन भइरहेको छ। जनविश्वास बढाउने त सरकारले हो। त्यसपछि मात्र राजनीतिक रूपमा कुराकानी हुन्छ।
आन्दोलनको नाममा हिंसा भइरहँदा सरकारले कसरी सुरक्षाकर्मी फिर्ता गर्न सक्छ?
जहाँसम्म टीकापुरको घटना छ, यसमा एउटा पक्षलाई मात्र हेर्नुहुँदैन। हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक छ। हतियार र बल त सुरक्षा निकायबाट प्रयोग भएको छ। घरमा बसेकालाई निकालेर हत्या गरिएको छ। यस्तो अवस्थामा हामीलाई दोष दिएर कसरी हुन्छ? बरु सरकारले नै एकातिर वार्ता भन्ने र अर्कोतिर दमन गर्ने काम गरिरहेको छ।
सरकारले वार्ताटोली बनाइसक्यो, तपाईंहरूले किन नबनाउनुभएको?
वार्ताका लागि समिति नै बनाउनुपर्छ भन्ने छैन। पहिले–पहिले थुप्रै अनौपचारिक वार्ता मेरै निवासमा भए। सबै पार्टीका आउँथे। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पनि मेरो निवासमै आएर कुराकानी गर्नुभयो। सरकारले वार्ता टोली बनाएर संयोजक तोकेको होला। उहाँहरूलाई कुर्सी चाहियो, हामी आन्दोलनकारी सबै बराबर छौँ। त्यसैले संयोजक तोकेका छैनौँ।
तपाईंहरूले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनुभयो, राष्ट्रपतिको निर्वाचनचाहिँ बहिष्कार गर्नुभयो नि, किन?
हामीमाथि गोली नै चलाएको भए पनि कांग्रेस लोकतान्त्रिक पार्टी हो। उसले जसरी पनि समस्या समाधान गर्छ भन्ने विश्वास थियो। जहाँसम्म अर्को उम्मेदवारको कुरा छ, उहाँ (केपी ओली) जहिले पनि मधेसविरोधी उत्तेजक बोली बोल्ने, राष्ट्र–राष्ट्रियतालाई नेपालीया नजरले हेर्ने, हामीलाई नेपाली नै नठान्ने। यस्तो अवस्थामा उहाँ आएपछि हामीले एक किसिमको चुनौती थपिने देख्यौँ। त्यसैले उहाँको विरोधमा कांग्रेस उम्मेदवार (सुशील कोइराला) लाई सहयोग गरेका हाँै। जहाँसम्म राष्ट्रपतिको कुरा छ, त्यो सेरेमोनियल र सम्मानित पद हो, यसमा हाम्रो कुनै चासो रहेन।
यसो हुनुमा भारतको निर्देशन थियो भनिन्छ नि!
भारतको निर्देशन भएको भए त राष्ट्रपति निर्वाचनमा पनि भाग लिइन्थ्यो होला नि! भन्नेले त जे पनि भन्छन्, जो सत्य होइन।
तपाईंलाई राष्ट्रपतिमा उठाउने कुरा पनि थियो त!
त्यस्तो कुरा सुरुदेखि नै भइरहेको छ। राष्ट्रपतिको पहिलो चुनावमा पनि भएको थियो। कहिले प्रधानमन्त्री बनाउने कुरा गर्छन् तर मसँग यसबारे कहिल्यै सोधपुछ र सल्लाह भएन। हाम्रो आन्दोलन तुहाउन भ्रम फैलाइएको मात्र हो।
अब संसदको प्रक्रियामा सहभागी हुँदै हुनुहुन्छ?
हामी त्यहाँ पनि आफ्नो कुरा राख्छौँ। संसद पनि एउटा ठाउँ हो। हाम्रा सांसद त्यहाँ गएर दबाब दिन्छन्। सदनमा कुरा सुनेको भए सडकमा आइन्थेन होला। अब हामी सदन–सडक दुबैबाट संघर्ष गर्छौं।
भारतले लगाएको 'नाकाबन्दी' लाई के भन्नुहुन्छ?
हामीलाई सडकमा पनि बस्न दिइएन। धर्नामा बस्दा गोली चलाइयो। लाठीचार्ज भयो। टेन्टमा बसेकामाथि पनि हिंसात्मक हस्तक्षेप भयो। उता (भारत) तिर गए पनि उस्तै समस्या। यस्तो अवस्थामा हामीसँग सीमा (नो म्यान्स ल्यान्ड) मा बस्नुको विकल्प थिएन। तब हामीले थाहा पायौँ कि सीमामा बस्दा नाकाबन्दी हुँदोरहेछ, अवरोध हुँदोरहेछ। त्यसपछि मात्र सरकारको आँखा खुल्यो। त्यसैले हामीले झन् नाकाकेन्द्रित आन्दोलन गर्न थाल्यौँ।
पश्चिम क्षेत्रका सीमामा आन्दोलनै नभए पनि नाकाबन्दी जारी छ नि!
आन्दोलन चलिरहेको छ। अशान्ति छ। आवागमन अवरुद्ध छ। ठाउँठाउँमा बाटो बन्द छ। यातायात पूर्ण रूपमा सञ्चालन भएको छैन। कुन बेला कहाँ गोली चल्छ, कर्फ्यु लाग्छ भन्ने यकिन छैन। यस्तो अवस्थामा बाहिरका मान्छे कसरी आउन सक्छन्? अनि मालबाहक सवारी कसरी भित्रिन सक्छन्? सायद त्यही भएर होला भारततिरबाट उल्लेख्य मात्रामा सवारी पास भएका छैनन्।
विगतका आन्दोलन र सशस्त्र द्वन्द्वमा सीमा क्षेत्रमा योभन्दा ठूलो असुरक्षा हुँदा पनि भारतले नाकाबन्दी गरेन तर अहिले किन गरेजस्तो लाग्छ?
अहिले पनि त उसले नाकाबन्दी भनेको छैन नि! सामान त आइहेको छ। कहीँ, कतै कुनै 'स्टेट'मा स्थानीय चुनाव भइरहेको छ। कहीँ संसदीय चुनाव भइरहेको छ। चुनावमा नाका सिल गर्नु त सामान्य नै हो। त्यसैले यस्तो अवस्था आएको हुन सक्छ।
पछिल्लो समय चीनसँग नेपालको बढ्दो सम्बन्धले के अर्थ राख्छ?
नेपाल एउटा स्वतन्त्र देश, जसले जुनसुकै देशसँग व्यापारिक वा अन्य सम्झौता गर्न सक्छ। यो उसको अधिकार हो। तर, अहिले मधेस आन्दोलनलाई प्रभावित गर्न यो सम्बन्ध जोडिँदैछ। बाटो र नाका त पहिले पनि थिए। अहिले सरकार हाम्रा माग सम्बोधन गर्नुको साटो, समस्या समाधान गर्नुको साटो विकल्प खोजी गरिरहेको छ। यताबाट सामान नआए उताबाट ल्याउन खोजिरहेको छ तर सरकारलाई यो हेक्का छैन कि त्यहाँ पनि त अवरोध हुन सक्छ। जनजातिको माग पूरा भएको छैन। तिनीहरू पनि आन्दोलनको अवस्थामा छन्। हामीसँग पनि समन्वय भइरहेको छ। एक ठाउँमा हैन, पूरै देश अस्तव्यस्त छ। जनतामा असन्तोष छ। तिरस्करणमा परेका, अवसरबाट वञ्चित भएका र सीमान्तकृत भएकाहरू मूलधारमा आउन सकिरहेका छैनन्। अब राज्यको भौगोलिक पुनर्र्संरचना मात्र होइन, सामाजिक पुनर्संरचना जरुरी छ।
सामाजिक पुनर्संरचना भनेको के हो?
शासकले एउटा घेराभित्र बसेर मात्र सबै कुरा गरिरहेका छन्। यहीँ बोलचालको भााषाको मधेसी, जनजाति भनिन्छ। एकातिर पहिचानको आधारमा विभेद गर्ने, अर्कोतिर त्यही पहिचानको अधिकार खोज्नेमाथि अत्याचार, दमन गर्ने। यसलाई 'माइन्ड सेट' बाट हटाउन समाजको नक्सा बनाएर अघि बढ्नुपर्छ।
तपाईं 'पानी उत्तरबाट दक्षिणतिर बगे पनि लाइफलाइन दक्षिणबाट उत्तरतिर बगिरहेको छ' भन्नुहुन्छ, यसको अर्थ के हो?
जुन बेला गोर्खाली राज्य विस्तार भइसकेको थिएन। उतिबेला मधेस नेपालको अंग थिएन। उतिबेला पहाड एकदमै कमजोर थियो। त्यस्तो बेला पनि मधेसबाटै लत्ताकपडा, अन्न, बिउविजन जान्थ्यो। गोर्खाली राज्य विस्तारपछि पनि त्यो प्रक्रिया जारी रह्यो। अहिले पनि आपूर्तिदेखि अन्य जीवनयापनको लागि 'जीवनमार्ग' त दक्षिणबाटै भएको छ नि! त्यसैले दक्षिणलाई हेला नगर भन्न खोजिएको हो।
सरकारले नाकाबन्दी खोल्नका लागि भारतसँग संवाद गरिरहेको छ, नाका खुल्यो भने तपाईंहरूको आन्दोलनको अवस्था के हुन्छ?
समस्या इन्डिया या युएनको साथमा हैन, हाम्रो साथमा छ। समस्या जेनेभामा हैन, नेपालमा छ। त्यसैले आफ्नो देशको समस्या देशभित्रैबाट समाधान गर्नुपर्छ, दिल्ली वा अन्यत्र जानै पर्दैन।
पहिले सँगसँगै रहेका थारू पनि तपाईंहरूसँग छैनन् नि!
उनीहरुसँग पनि हाम्रो सहकार्य छ। कहिले संयुक्त रूपमा त कहिले एक्लाएक्लै। हामीबीच गठबन्धन वा मोर्चा छैन, कार्यगत एकता जारी छ। एकआपसमा कार्यनीति निर्धारण गरेर अघि बढ्छौँ। उहाँहरुकै समन्वयमा पहिले पश्चिमतिरबाट आन्दोलन भयो। अहिले पनि समन्वय भइरहेको छ।
कांग्रेसले संविधान संशोधन प्रस्ताव अघि बढाउन माग गरिरहेको छ, त्यसो भयो भने समस्या समाधानतिर जानसक्छ?
त्यतिले मात्र हामी रोकिँदैनौँ। हाम्रा समस्या ठोस रूपमा सम्बोधन गरिनुपर्छ। त्यो प्रस्ताव अघि बढ्यो भने कार्यनीतिमा परिवर्तन हुनसक्छ, आन्दोलन रोकिँदैन।
कांग्रेसले त संशोधन प्रस्ताव अघि बढ्दा समस्या समाधान हुन्छ भनिरहेको छ नि!
त्यो विपक्षीको काम हो। कुन रूपमा सम्बोधन गर्छ, सम्बोधन प्रक्रियामा जान्छ वा जाँदैन, त्यो सरकारको काम हो। संसदमा पनि हाम्रो अलग माग हुन्छ । कांग्रेस आफ्नो ढंगले संसदमा जाने हो, हामी आफ्नो तरिकाले जान्छौँ। हामी भोलि घेराउ पनि गर्न सक्छौं।
संविधान संशोधनका लागि त कांग्रेस र सत्ताधारी दल एक ठाउँमा आउनुको विकल्प छैन। अहिलेको अवस्थामा यो कत्तिको सम्भव देख्नुहुन्छ?
सबैलाई एक ठाउँ ल्याउने काम त सरकारको हो। संविधान संशोधन गरेर गर्ने हो कि, अहिलेको जस्तो लाठी–गोली चलाएर समाधान गर्ने, कुन विधि अपनाएर गर्ने हो सरकारले सोच्नुपर्छ। उसले कांगे्रसलाई कसरी सहमतिमा ल्याउँछ भन्नेतिर हाम्रो सोचाइ छैन। जसको दायित्व हो, उसैले गर्नुपर्छ तर अहिले सरकारसँग शासकीय अहंकार छ। पहिले त ९० प्रतिशत भन्थ्यो, अहिले अलि घटेको छ। त्यही बहुमतीय दम्भले दुर्घटना निम्त्याइरहेको छ। संसारमा संसदको बहुमतका आधारमा ठूला दुर्घटना पनि भएका छन्। हिटलर पनि संसदबाटै तानाशाह भएका हुन् भन्ने कुरा हामीले बिर्सिनु हुँदैन। संविधान सामान्य विधेयक होइन, यसलाई सबैले अपनत्व गर्नेगरी निर्माण गरिनुपर्छ।
कांग्रेससँग मिलेर आफ्ना माग पूरा गर्नेतिर सोच छैन?
उनीहरु भर्खर विपक्षमा आएका छन्। इस्युहरूमा नजिक हुन सकिन्छ। कार्यनीति बनाएर एकसाथ अघि बढ्न सकिन्छ, त्योभन्दा बढी ऊसँग हाम्रो सम्बन्ध छैन।
तपाईंको विचारमा वर्तमान वा पूर्ववती कुन सरकार मधेसको मागप्रति बढी लचिलो देख्नुहुन्छ?
दुवै सरकारी गठबन्धन न परे! सबैको अनुहार एकैजस्तो लाग्छ। जुन जोगी आए पनि कानै चिरिएका।
नाकाबन्दीले तपाइँको मन पिरोलिएको छैन?
नाकाबन्दी त मधेसमा भएको छ। ग्यास, तेल सबै सोझै राजधानी पठाइन्छ। सडेगलेको तरकारी मात्र यहाँ रहन्छ। सरकारलाई त के र! चिन्ता वा पिरलो हामीलाई छ।
त्यसो भए भारतसँग नाकाबन्दी अन्त्य गर्न किन अनुरोध नगर्नुभएको?
हाम्रालागि उतातिर पनि लाठी नै छ। भारतले कहाँ जान दिन्छ र! समूहमा गए भगाइहाल्छ। यता त कुट्ने, पिट्ने, मार्ने अधिकार पाएजस्तो छ। यस्तो अवस्थामा भारतले हाम्रो कुरा सुन्ने अवस्था छैन। त्यही भएर त हामी 'नो म्यान्स ल्यान्ड' मा बसेर धर्ना गरिरहेका छौँ। हामीले नाका खोल भनेर कसरी भन्ने?
कतिपय मधेसवादी नेता हिंसात्मक अभिव्यक्ति दिँदै आन्दोलनमा सहभागी छन्, तपाईं अहिंसा र शान्तिको कुरा गर्नुहुन्छ। यस्तोमा कसरी संयोजन भइरहेको छ?
भाषण गर्दा कहिलेकाहीँ स्रोताको रुचि हेरिन्छ। अन्जानवश मुखबाट त्यस्ता अभिव्यक्ति आएका होलान् तर हामीले हतियार उठाएका छैनौँ। उत्तेजक भाषण गर्नेहरू पनि सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। त्यसैले हामीबीच कुनै नराम्रो सम्बन्ध छैन।

२९ कात्तिक, काठमाडौं । बैशाखमा गएको बिनासकारी भूकम्प, तीन महिनादेखि जारी मधेसी मोर्चाको तराई हड्ताल र असोज ३ देखि भारतले लगाएको नाकाबन्दीका कारण मुलुकको अवस्था तहसनहस भएको छ ।दैनिक गुजारा चलाउनसमेत जनतालाई निकै समस्या परेको छ । इनधन अभाव र मधेस बन्दका कारण उत्पन्न समस्याले लाखौ बेरोजगार हुनुपर्ने अवस्था आएको छ ।
त्यसको प्रत्यक्ष र गंभीर असर मुलुकको अर्थतन्त्रमा पर्ने निश्चित छ । भूकम्पले ८ खर्बको हाराहारीमा नोक्सानी पुर्याएको थियो भने मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण हालसम्म ७ खर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको प्रारम्भिक अनुमान गरिएको छ ।
देशको कूल ग्रार्हथ उत्पादन (जीडीप) को आकार नै २१ खर्ब रुपैयाँको हो । अर्थतन्त्रमा कति नोक्सानी पुगेछ भन्ने यसैबाट पनि पुष्टि हुन्छ ।
यस्तो अवस्था भोगिरहेको मुलुकले यो आर्थिक वर्षमा आर्थिक वृद्धि र मुल्यवृद्धि कति रहला त ? केही समय अघिको एक कार्यक्रकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले यो आर्थिक वर्षको आर्थिक वृद्धिदर १ प्रतिशतको हाराहारीमा रहने संकेत गरेका थिए ।
आर्थिक वर्ष २०५८/०५९ सालमा ०.१६ प्रतिशत मात्रै आर्थि वृद्धिदर हासिल भएको उल्लेख गर्दै यो आर्थिक वर्षको वृद्धिदर पनि त्यतातर्फ हेर्नुपर्ने अवस्था आएको बताएका थिए ।
तर, वितेका २३ वर्षयताकै उच्च दरको मुल्यवृद्धि यो आर्थिक वर्ष हुने विश्लेषकहरुको आंकलन छ । यो वर्ष १२ देखि १५ प्रतिशतसम्मको मुल्यवृद्धि हुने अनुमान गरिएको छ ।
भूकम्पकै कारण मूल्यवृद्धि १० प्रतिशतको हाराहारीमा पुग्ने आँकलन गरिएको थियो तर मधेस आन्दालन र भारतीय नाकाबन्दीले मुल्य नियन्त्रण गर्नै नसक्ने अवस्था ल्याइदिएको छ । मुलुक संकटमा पर्न थालेपछि कालोबजारीयाहरु सल्बलाएका छन् । विभिन्न बस्तुहरुको अभाव भएसँगै मुल्य आकासिएको छ ।
०६२/०६३ को राजनीतिक परिवर्तनले मुलुकमा गणतन्त्र स्थापना भयो । ८ वटा सरकार पनि फेरिए । तर, जनताको जीवनस्तर फेरिनुको साटो झन् कष्टकर बन्दै गएको छ ।
राजनीतिससँगै आˆनो आर्थिक र सामाजिक रुपान्तरणको सपना बोकेर आन्दोलनमा होमिएका थिए । जनआन्दोलनको मुख्य माग रहेको संविधानसभाले नयाँ संविधान त दियो तर मुलुकको राजनीतिक संक्रमण्काल अन्त्य गर्न सकेन ।
जनतालाई गणतन्त्रपछिको निर्वाचित सरकारले नै उपहारस्वरुप २२ वर्षपछिकै उच्च मुल्यवृद्धि दियो ।
दलहरु ज्नताका राजनीतिक आकांक्ष पुरा गर्नमात्रै केन्द्रित भएकाले आर्थिक तथा सामाजिक आकांक्षहरु पुरा हुन सकेनन् । मुलुकले प्राप्त गरेको न्यून आर्थिक वृद्धि र उच्च मुल्य वृद्धि यसको प्रमाण हो ।
बिडम्बना नयाँ संविधान बनेपछि मुलुक आर्थिक सम्मृद्धिको मुद्दामा अघि बढ्नु पथ्र्यो तर त्यो भएन ।
जबसम्म जनताको जिबन सम्मृद्ध हुँदैन तबसम्म त्यो देशकमा राजनीतिक स्थायित्व हुँदैन । त्यस्तै, कुनै देशमा जबसम्म राजनीतिक स्थायित्व हुँदैन तबसम्म त्यो देश सम्मृद्ध हुन सक्दैन । यस अर्थमा राजनीतिक स्थायित्व र आर्थिक सम्मृद्धि एकै सिक्काका दुई पाटा हुन् ।
नेपाल प्राकृतिक स्रोत र साधनका हिसाबले विश्वमै निकै सम्मृद्ध देश भएपनि राजनीतिक स्थायित्व नहुन्दा त्यसको समुचित उपयोग हुन सकेको छैन । नेपालमा बग्ने नदीनालाबाट ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने विभिन्न अभ्ययनले देखाएको छ । जबकी अहिले ७ सय मेगावाट विद्युत मात्रै उत्पादन भएको छ ।
नेपालको दोस्रो संभावना कृषि र तेस्रो पर्यटन हो । यी सबै क्षेत्रको विकासका लागि ठूलो परिणामा पुँजीको आवश्यकता छ । श्रम शक्तिको भने नेपाललाई कुनै खाँचो छैन । मुलुकमा रोजगारी सिजर्नना हुन नसक्दा प्रत्येक दिन १५ सय बढी युवाहरु विदेश पलायन हुनु परेको थियो ।
राजनीतिक संक्रमणका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी विस्तार गर्न हिच्कचाएका मात्रै छैनन भएको लगानी फिर्ता गर्ने सोचसमेत बनाउन थालेका छन् ।
५० ओभरको टुर म्याचमा नेपाल ओमानसँग ३ विकेटले पराजित भएको छ ।
अबुधाबीमा नेपालले ओमानसामू १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई ओमानले ११ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै खराव रहृयो । नेपानलले २६ रन जोड्दा सुरुवाती ३ विकेट गुमाएको थियो ।
नरेश बुढायर र सुवास खकुरेलको ओपनिङ जोडी फेरि एक पटक चल्न सकेन । नेपालको स्कोर ९ रन हुँदा सुवास व्यक्तिगत २ रनमा आउट भए । थप ४ रन जोड्दा नरेश पनि व्यक्तिगत ९ रनमा पभेलियन फर्किए ।
तेस्रो विकेटका रुपमा सागर पुन ७ रनमै आउट भए । कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपाली पारी सम्हाले । पारस र ज्ञानेन्द्रले ७७ रनको साझेदारी गरे । चौथो विकेटका रुपमा आउट भएका पारस मात्र एक रनले अर्धशतक बनाउन चुके ।
ज्ञानेन्द्रले टिकेर खेलेपनि कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । थप ८१ रन जोड्दा नेपाल अलआउट भयो । ज्ञानेन्द्रले ७१ रन बनाए । ११३ बलको सामना गरेका उनले सात चौका हाने । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर ९, मेहबुब आलम ७, करण केसी ५, बसन्त रेग्मी ७, शक्ति गौचन शुन्य रनमा आउट भए भने विक्रम शोक एक रनमा अविजित रहे ।
ओमानका विलाल खानले ४ विकेट लिए भने खावर अलीले ३ र मुनिस अन्सारीले २ विकेट लिएका छन् ।
जवाफमा मैदान उत्रिएको ओमानले ४८.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि जीशान मकसूदले ५१ रन बनाए भने जितेन्दर सिंहले ४१ रन जोडे ।

चर्चित नायिका मनिषा कोइरालाले महिला बडिगार्ड राखेकी छिन् । मनिषाको इन्स्ट्राग्राममा उनको र महिला बडिगार्डको तस्बिर राखिएको छ ।
मनिषाले महिला बडिगार्ड राख्नुको पनि कारण खुलाएकी छिन् । मनिषाले महिला अंगरक्षक राखेको जानकारी दिदै महिला बडिगार्डले मात्र एक अर्काको सुरक्षा गर्न सक्ने बताएकी छिन् । उनले लेखेकी छिन्-‘तपाइले परिवारबाटै यस्तो कामको थालनी गर्नु भनेको यो सन्देश समाजभरि फैलनु पनि हो ।’
बलिउडमा कलाकारहरुले आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गरेपनि महिला भने देखिदैनन् । नायिकाहरुको सुरक्षाको जिम्मा पनि पुरुष बडिगार्डले लिएको पाइन्छ ।
तर, मनिषाले भने महिलाले महिलाको सुरक्षा गर्न सक्ने भन्दै नयाँ सन्देश प्रवाहा गर्न खोजेकी छिन् । क्यान्सरमुक्त भएपछि मनिषा अहिले बलिउडमा फेरि काम गर्ने दौडमा छिन् । नेपाली कलाकारमा भने बडिगार्ड राख्ने सोच अहिलेसम्म देखिएको छैन ।

स्पेन/। शुक्रबार राति पेरिसमा भएको आतंककारी आक्रमणपछि त्यहाँ स्थित नेपालीहरुलाई सम्पर्क गर्दा अहिलेसम्म कोहि हताहत नभएको संघले जनाएको हो ।संघका अध्यक्ष भक्त बाग्लेद्वारा बिज्ञप्तिमा भनिएको छ, एनआरएनले बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरु लगायत पेरिसस्थित नेपाली राजदूताबासमा सम्पर्क गर्दा कुनै नेपालीहरु हताहत नभएको जानाकारी प्राप्त छ ।’
तर, स्थिति जटिल भएकोले बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन, आफ्नो परिचय पत्र बोकेर मात्र बाहिर निस्कन एवं फ्रान्स सरकारले घोषणा गरेका सूचनालाई अनुसरण गर्न अनुरोध गरेको छ ।
पेरिसमा श्रृखंलाबद्ध गोली प्रहार, बम विष्फोट र बन्धक बनाइएका हमलामा परी कम्तीमा १ सय २८ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले पेरिसमा रहेका सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको जनाएको छ ।
काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको
नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका
छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।
शाखाका
निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये
५ हजार ८
सय १७ जना
औद्योगिक क्षेत्रको रोजगारीका लागि र २
हजार ६ सय
७३ जना कृषि
तथा पशु पालनतर्फको रोजगारीमा जान
पाउने छन्।
उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो
साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए।
भाषा
परीक्षा उत्तीर्णहरुको सीप
परीक्षण गरिने
र
स्वास्थ्य तथा
सीप
परीक्षणमा उत्तीर्ण हुनेले
मात्रै
रोजगारीका लागि
आवेदन
दिन
पाउने
उनले
बताए।
पोखराबाट परीक्षा दिने
सबै
उत्तीर्ण परीक्षार्थीहरुको सबै
परीक्षण पोखरामै हुने
बास्तोलाले बताए।
परीक्षााका लागि
५१
हजार
१
सय
युवाले
आवदेन
दिएका
थिए
।
बिहान
साढे
आठदेखि
बेलुकी
३ः४०
सम्म
दिनको
२
सत्र
गरी
परीक्षा लिइएको
थियो
।
यस
वर्षको
भाषा
परीक्षाका लागि
काठमाडौं उपत्यमामा १५
र
पोखरामा ३
गरी
१८
ओटा
परीक्षा केन्द्रबाट परीक्षा लिइएको
थियो।
कोरियाले यस
वर्षका
लागि
कुल
७
हजार
१
सय
कामदारको कोटा
निर्धारण गरेको
थियो
।
यस
मध्ये
औद्योगिक क्षेत्रतर्फ ४
हजार
९
सय
र
कृषि
तथा
पशुपालनतर्फ २
हजार
२
सयको
कोटा
रहेको
बताइएको थियो।
नेपालसहित कोरियाले १५
देशबाट
कामदार
लाँदै
आएको
छ।
पशुपतिमा मोदीलाई व्यंग्य, पाप कटोस् भन्दै क्षमापूजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गर्दै पशुपतिनाथ मन्दिरमा बिहीबार बिहान क्षमापूजा गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको पाप मोचन होस् भन्दै पूजा आयोजना गरिएको हो । भारतले नेपालमा लगाएको नाकाबन्दीको प्रतिकात्मक विरोध स्वरुप पूजा आयोजना गरिएको हो । पशुपति मन्दिर प्रांगणमा भएको पूजामा पूर्व मुख्य सचिव लिलामणी पौडेल, कलाकार मनदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलसहित सर्वसाधारणको बाक्लो उपस्थिति थियाे ।
कलाकार गजुरेल मोदीकै भेषमा पूजामा संलग्न भएका थिए । शिवभक्त मोदीले चारधामहरुको मुख्य धाम मानिने पशुपतिनाथ रहेकै देशलाई दु:ख दिएर पाप गरेकोले क्षमापूजा गरिएको पुजा आयोजकहरुले बताए ।

२०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ २ जनाको स्थगित, १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द भएको छ परिषद्ले जनाएको छ ।
परिषद्ले गत गत जेठ/असारमा १२ कक्षाको परीक्षा लिएको थियो । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशन भइसकेको छ ।
यस्तो अवस्थामा पछिल्लो समय प्रधानमन्त्री शुसिल कोईरालाले सकभर आँफै प्रधानमन्त्री बन्ने दाउमा रहेको राजनीतिक बिश्लेषण गरिँदै आएको थियो । तर हिजो देखी उनले १६ बुँदे ताका भद्र राजनीतिक समझदारी भएको कुरा स्विकार गर्न थालेका छन । खासगरी केपी ओलीलाई एकिकृत नेकपा माओबादी लगाएत अन्य साना दलहरुले समेत स्विकार गरिसकेको र उनैको बहुमत पुग्ने अवस्था देखिन थालेको र कोईरालाले आफ्नो सम्भावना टर्दै गएको देखेपछि आफु प्रधानमन्त्री बन्न नचाहेको तथा १६ बुँदे ताका भद्र सहमती भएको स्विकार गरेपछि राजनीतिक बृत्तमा केपी ओली प्रधानमन्त्री बन्ने पक्का जस्तो देखिएको छ ।
प्रधानमन्त्री कोईरालाका निकटतस्थ स्रोतका अनुसार कोईराला कुनैपनि हालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने पक्षमा छैनन । सर्वसम्मतीबाट भए आँफै हुने यदी यसो हुन नसकेको अवस्थामा विगतको भद्र सहमति अनुरुप नै केपी ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छन । पछिल्लो समयमा ओलीकै पक्षमा माहौल बन्दै गएपछि कोईरालाले आँफु प्रधानमन्त्री नबन्ने र उसबेला भद्रसहमती भएको स्विकार्न थालेका छन । उता रामचन्द्र पौडेल आफु आसन्न महाधिबेशनबाट पाटी अध्यक्ष बन्ने सर्तमा शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्ने पक्षमा देखिएको कारण भद्र सहमती बारे आँफुलाई थाहा नभएको बोल्दै हिँडेका छन । जसजसले जेजे बोलेपनि केपी ओली प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको राजनीतिक बिश्लेषकहरुले व्यक्त गरेका छन । ओलीलाई प्रधानमन्त्री बनाउन एकिकृत नेकपा माओबादी, राप्रपा सहित झण्डै एकदर्जन दलहरुले औपचारिक अनौपचारिक रुपमा समर्थन गर्ने जनाई सकेका छन ।
केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भईसकेको भन्दै शक्ति बाँडफाँडको रस्साकस्सी पनि यतिबेला अन्तिम चरणमा प्रबेश गर्न लागेको प्रमुख दलका शिर्ष नेतृत्व निकटका स्रोतहरुले बताएका छन । स्रोतका अनुसार दलहरुका बिचमा राष्ट्रपति नेपाली कांग्रेसलाई, उपराष्ट्रपति तमलोपा, प्रधानमन्त्री नेकपा एमाले, सभामुख एकिकृत नेकपा माओबादी, उपसभामुख राप्रपा नेपाल, उपप्रधानमन्त्री नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी र फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको छ ।
यी पदहरुमा निम्नाअनुसार पात्रहरु रहने पनि मोटामोटी सहमती भईसकेको दलहरु निकटस्थ स्रोतले जनाएको छ :
राष्टपति : केबी गुरुङ्ग (नेपाली कांग्रेस)
उपराष्ट्रपति : महन्त ठाकुर (तमलोपा)
प्रधानमन्त्री :केपी ओली (नेकपा एमाले)
सभामुख : कृष्णबहादुर महरा (एकिकृत नेकपा – माओबादी)
उपसभामुख : (नाम चयन हुन बाँकी) राप्रपा नेपाल
उपप्रधान तथा गृहमन्त्री : कृष्ण प्रसाद सिटौला (नेपाली कांग्रेस)
उपप्रधान तथा भौतिक योजना मन्त्री : टोप बहादुर रायमाझी (एकिकृत नेकपा – माओबादी)
उपप्रधान तथा रक्षा मन्त्री :बिजयकुमार गच्छादार (फोरम लोकतान्त्रिक)

झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनलाई अझ सशक्त र
प्रभावकारी बनाउन संघीय समावेशी मधेसी मोर्चाले मधेसका मागलाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । यसका लागि मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो ।' नेपालका आवासिय प्रतिनिधि मार्फत संघका महासचिव वानकी मुनलाई हस्ताक्षर पठाइने मोर्चाका अर्का नेता तथा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जनाए । 'सबै विदेशी कुटनीतिलाई साक्षी राखी हस्ताक्षर बुझाउँछौ,' पटेलले भने । विगत ५३ दिन देखि जारी मधेस बन्द र १३ दिनदेखिको नाकाबन्दीले पनि सरकारले आफ्ना माग बारे सुनवाई नगरेको मोर्चाले आरोप लगाएको छ । नाकाबन्दीका कारण पहाडसँगै मधेसका जनताको जनजीवन समेत कष्टकर बनेको छ । इन्धन, औषधि, खाद्यान्न लगायतका अतिआवश्यक वस्तुको अभाव चुलिएको छ । बन्दका कारण शैक्षिक गतिविधी ठप्प बनेको छ । विद्यार्थीको शैक्षिक भविष्य अन्योल बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । दासानायकेले मंगलबार नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका थिए । व्यक्तिगत कारण राजीनामा दिएको उनले बताए ।
एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य
धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालको सिफारिसमा १८ सभासद् मनोनयन गरेको हो । पहिल्यै तय गरेको बताएको एमाओवादीले भने नाम दिन सकेन । उसले कांग्रेस, एमाले पूर्व सहमति कार्यान्वयनमा इमान्दार नभएको भन्दै नाम नपठाएको जनाएको छ ।
कांग्रेस र एमालेले पहिलो संविधानसभामा 'काम देखाएका' राधेश्याम अधिकारी र अग्नि खरेलबाहेक सवै नयाँ अनुहार पठाएका छन् । राप्रपा नेपालले एकजनाको कोटामा अध्यक्ष कमल थापाका भाइ गणेश थापालाई सभासद् बनाएको छ ।
संविधानसभामा पाएको सिट संख्याका आधारमा कांग्रेसको भागमा ९, एमालेको भागमा ८ , एमाओवादीको भागमा ४, राप्रपा नेपालको भागमा १ र चार सभासद् साना दललाई दिइएको छ ।
एमालेबाट महासचिव ईश्वर पोखरेलकी पत्नी मिरा धुजू सभासद् भएकी छन् । उनी अखिल नेपाल महिला संघकी नेतृ हुन् । एमालेले एकजना बाहेक सवै केन्द्रीय नेता र विज्ञलाई पठाएको छ ।
कांग्रेसले पनि शिक्षाविद्, कानुनविद्सहित स्थानीय नेतालाई संविधानसभामा पुर्याएको छ । राधेश्याम अधिकारी कांग्रेसका पूर्वसभासद् तथा कानुनविद् हुन् ।
रामेछापका कांग्रेस नेता शिवबहादुर खड्का पूर्वजिविस सभापति हुन् । पुराना कांग्रेसी नेता खड्का भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमासमेत सहभागी थिए ।
मोरङका मजदूर नेता पुष्कर आचार्य पनि कांग्रेसबाट सभासद् भएका छन् । उनी कांग्रेस मजदुर संघको अध्यक्षमा पराजित भएका थिए ।
सभासदको सूची
कांग्रेसतर्फबाट
राधेश्याम अधिकारी
शिवबहादुर खड्का
पुष्कर आचार्य
रोशन बानियाँ
सुकदेव सुतिहार
रुक्मिणी कोइराला
सूर्यदेव दास
उमेश श्रेष्ठ
अनिलकुमार रुङटा
एमालेतर्फबाट
अग्नी खरेल
गंगा डाँडी
मिरा ध्वजु
पेम्बा भोटे
नरेश खरेल
राजन भट्टराई
पर्तमान धिमाल
राप्रपा नेपालबाट
गणेश थापा
स्वतन्त्रताका महानायक मृत्यु शैय्यामा
केही दिनयता नेल्सन मन्डेलाको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक छ। विश्वभरका मानिस उनको यथाशीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। कहिले उनलाई 'लाइफ सपोर्ट सिस्टम' (भेन्टिलेटर) मा राखिएको कुरा बाहिर आउँछ त कहिले उनको स्वस्थ्य स्थितिमा सुधार आएको, उनीबारेका खबर पनि भयले धर्मराइरहेको भान हुन्छ। भ्रामक समाचारबाट उनको परिवार झन् आहत छ। छोरी मकाजिवीले मिडियालाई 'गिद्द' भनेकी छन्।
मन्डेलाकी भाउजू नोथेम्बा हरेक बिहीबार अन्य महिलासाथ प्रार्थना गर्न नजिकैको चर्च जान्छिन्। मन्डेलाको पारिवारिक नाम लिँदै उनी भन्छिन्, 'हामी माडिबालाई भगवानसँग जोड्न चाहन्छौं। हामीलाई विश्वास छ, यसो गर्दा भगवानले उनलाई चाँडै निको पार्नेछन्।'
बाराक ओबामा सन् २००५ मा जब अमेरिकाको सिनेटर निर्वाचित भए, मन्डेलाको कार्यक्रममा सहभागी हुन जान लागेका सहयोगीले उनलाई मन्डेलाका लागि सन्देश लेख्न सुझाए। आफ्ना आदर्श नेतालाई सन्देश पठाउने अवसर पाएकोमा रोमान्चित हुँदै उनी लेख्न त बसे, तर लामो समय सिध्याउन सकेनन्। स्टुडियोको ब्याकरुम छिरेर हेरिरहेका प्रवक्ता रोबर्ट गिब्सलाई ओबामाले कलम उचाल्दै भने, 'म मन्डेलालाई सन्देश लेख्दैछु, त्यसैले थप केही समय चाहिन्छ।'
सन् २००५ मा ओबामा र मन्डेलाको पहिलो भेट भयो। ओबामा अमेरिकी राष्ट्रपति भएपछि पनि मन्डेलासँग भेट्न निकै उत्सुक थिए। शुक्रबारबाट उनको दक्षिण अफ्रिका भ्रमण सुरु भएको छ। पत्नी मिसेलले शुक्रबारै मन्डेलालाई भेटिसकिन्, ओबामा कुनु जानेछन्/छैनन्, यसै भनिएको छैन।
मन्डेलाको स्वास्थ्य स्थितिबाट भने उनी निकै दुःखी छन्। ओबामा र मन्डेला दुवै आफ्नो पुस्ताका काला जातिका पहिलो राष्ट्रपति हुन्। दुवै देशमा गहिरो रंगभेद थियो।
ओबामाझैँ संसारका धेरै नेता मन्डेलाको व्यक्तित्वबाट प्रभावित छन्। उनले दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि गरेको राजनीतिक संघर्ष सबैका लागि प्रेरणा बनेको छ। उनले संघर्षका क्रममा २७ वर्ष जेलजीवन बिताए, कहिल्यै सिद्धान्तसँग सम्झौता गरेनन्। सबैभन्दा बढी जेल बसेका नेता मन्डेलालाई दक्षिण अफ्रिकाभर शान्ति स्थापनाको श्रेय दिइन्छ। रंगभेदका लागि अफ्रिकी कंग्रेसमा हतियारसहितको दस्ता पनि उनैले खडा गरेका थिए।
उनले प्रजातन्त्र र रंगभेदविरुद्ध गरेको संघर्षलाई संसारभर सराहना गरिन्छ। संघर्ष र सिद्धान्तप्रतिको निष्ठाका कारण उनी केवल व्यक्ति नभएर विचारका रुपमा स्थापित छन्।
मन्डेलाको जीवन
रोल्हिलाला मन्डेलाको जन्म सन् १९१८, १८ जुलाईका दिन दक्षिण अफ्रिकाको मेभेज्जोको तार्नस्कि भन्ने ठाउँमा भएको हो। उनका पिता नकोस्की मन्डेला उतिबेलाका थेम्बु समुदायका राजा जोन्गिन्तबा डालिनडाइबुका काउन्सुलर थिए। उनका पिता आफ्नो समुदायको नेता हुने पक्का थियो। तर, त्यहाँको स्थानीय म्याजिस्ट्रेटसँगको मनमुटावपछि उनले सबै पद र प्रतिष्ठा गुमाउनुपर्यो। लगत्तै मन्डेला परिवार कुनु बसाइँ सर्यो। सानो गाउँ कुनु पुग्ने बाटोसमेत थिएन।
मन्डेलाको जीवन गाउँका सामान्य गरिब परिवारको भन्दा भिन्न थिएन। पिताका एक साथीको सुझावमा स्थानीय चर्चमा उनलाई क्रिस्चियन बनाइयो। मन्डेला आफ्नो परिवारका स्कुल जाने पहिलो बच्चा थिए। त्यतिबेला रंगभेद र ब्रिटिस राजका कारण काला जातिका मान्छेले पढ्नु त्यति सहज थिएन। स्कुलका शिक्षकले उनको पहिलो नाम परिवर्तन गरेर 'नेल्सन' राखिदिएका थिए।
मन्डेला नौ वर्ष हुँदा बाबुको फोक्सो रोगले निधन भयो। त्यसपछि उनको जीवनमा नसोचेको परिवर्तन आयो। उनलाई थेम्बुका राजा जोन्गिन्तबाले धर्मपुत्र बनाए। उनी राजा बन्नुमा मन्डेलाका बाबुको ठूलो योगदान थियो। मन्डेलाको जीवन अब कुनुको सानो गाउँबाट थेम्बुको राजधानी म्याख्खिक्विजिनीस्थित दरबारमा सर्यो। मन्डेलालाई राजाले उनका अन्य सन्तानझैँ समान अवसर र स्थान दिए। उनको जीवन सहज हुन थाल्यो र पढाइ सुचारु।
जुन दिन उनी राजदरबार प्रवेश गरे, उनलाई थेम्बुको ठूलो अधिकृत बन्न योग्य बनाउने हिसाबले विशेष रेखदेख गर्न थालियो। उनी वेस्लिन मिसन स्कुल, क्लार्कबुरी बोर्डिङ इन्स्टिट्युट हुँदै वेस्लिन कलेज पुगे। विद्यार्थी जीवनमा उनको रुचि बक्सिङ र एथ्लेटिक्समा पनि थियो। स्कुलमा धेरैले गाउँले बच्चा भनेर हेप्थे, तर, उनी छिट्टै घुलमिल हुने स्वभावका थिए।
सन् १९३९ मा उनी फोर्ट हेयर विश्वविद्यालय भर्ना भए। त्यसबेला फोर्ट हेयरलाई अफ्रिकाको अक्सफोर्ड वा हार्वड विश्वविद्यालयसँग तुलना गरिन्थ्यो। उनी त्यहाँ कानुन अध्ययन गर्न थाले। सरकारी कार्यालयमा अनुवादक वा कारिन्दा बन्ने उनको इच्छा थियो। त्यसबेला काला जातिका मान्छेले पाउने सबैभन्दा ठूलो अवसर नै त्यही थियो। फोर्ट हेयरको दोस्रो वर्षमा उनी त्यहाँको विद्यार्थी प्रतिनिधि परिषद नेतामा निर्वाचित भए। तर, अधिकांश विद्यार्थीले उक्त निर्वाचन बहिस्कार गरेका थिए। निर्वाचित भए पनि अन्य विद्यार्थीको दबाबमा उनले राजीनामा दिए। त्यस कदमले विश्वविद्यालय प्रशासन उनीसँग रुष्ट भयो र एक वर्ष निलम्बन गरिदियो। त्यो खबरले राजा पनि उनीसँगै रिसाए।
मन्डेला ऐनमौकामा घर फर्किए। जोन्गिन्तबाले उनको बिहे छिनिदिए। बिहे गर्ने मन नभएकाले उनी त्यहाँबाट भागे र जोहानसबर्ग छिरे। मन्डेलाले त्यहाँ गार्डदेखि कारिन्दासम्मको काम गरे र सँगै स्नातक सके। स्नातकोत्तर पढ्न उनी विटवाटरस्य्रान्ड विश्वविद्यालय भर्ना भए।
सँगसँगै उनी सन् १९४२ मा अफ्रिकी राष्ट्रिय कांग्रेसको सदस्य बनेर रंगभेदी आन्दोलनमा सहभागी हुन थाले। कांग्रेसभित्रकै केही युवा मिलेर अफ्रिकी राष्ट्रिय कांग्रेस युवा संगठनको पनि गठन गरे। उनीहरूको पहिलो उद्देश्य भनेको कांग्रेसको व्यापक संगठन विस्तार गर्नु थियो। संगठन विस्तारसँगै गरिब र पिछडिएकाको साथ पाइन्छ भन्ने उनीहरूको विश्वास थियो। सुरुमा कांग्रेसको शान्तिपूर्ण आन्दोलनकै समर्थन गरे उनीहरूले। तर, सन् १९४९ मा उनीहरूले अन्य प्रकारको सरकारविरोधी आन्दोलन पनि गर्न थाले। त्यसअन्तर्गत उनीहरूले अवज्ञा, बन्द र सरकारलाई असहयोग गर्ने आन्दोलनको पनि सुरु गर्न थाले। उनीहरूको मुख्य माग थियो– काला जातिलाई पनि पूर्ण नागरिकता, भूमि पुनर्वितरण, टे्रड युनियनको अधिकार र सबैका लागि निशुल्क शिक्षा।
मन्डेलाले लगातार २० वर्ष दक्षिण अप्रिकी सरकारविरुद्ध रंगभेदविरोधी शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे। सन् १९५६ मा उनीसहित १ सय ५० अभियन्ता पक्राउ परे। लगत्तै कांग्रेसको अर्को खेमाको पनि उत्पत्ति भयो जसको शान्तिपूर्ण आन्दोलनप्रति कुनै विश्वास थिएन। कांग्रेस कमजोर हुँदै जान थालेपछि मन्डेलाले पनि सशस्त्र आन्दोलन नै गर्नुपर्ने ठाने र सरकारविरुद्ध सन् १९६१ मा गुरिल्ला युद्ध सुरु गरे। तीनदिने मजदुर हडताल भयो उनकै नेतृत्वमा। उनी त्यहीँ पक्राउ परे र पाँच वर्ष कैदसजाय सुनाइयो। उनीलगायत १० जनालाई राज्यविरुद्ध अपराधमा आजीवन कारावास पठाइयो।
मन्डेलालाई दक्षिण अफ्रिकाको रोब्बेन टापुस्थित जेलमा राखिएको थियो। उनले त्यहाँ धेरै कष्ट झेल्नुपर्यो। त्यहीँ उनमा क्षयरोगले भेट्यो। २७ वर्षे लामो जेलजीवनमा उनले १८ वर्ष त्यही जेलमा बिताएका थिए।
सन् १९८१ मा ब्रिटिस सरकारको गुप्तचर विभागले मन्डेलालाई सरकारले विभिन्न बहानामा मार्न खोजेको कुरा बाहिर आएपछि एकाएक अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान उनीतर्फ आकर्षित भयो। उनले त्यसको भरपुर फाइदा उठाए र दक्षिण अफ्रिकी सरकारलाई दबाब दिने काम गरिरहे। उनलाई जति नै यातना दिए पनि उनले कहिल्यै कुनै कुरामा पनि सम्झौता गरेनन्। तत्कालीन राष्ट्रपति पी. डब्लु बोथाले मन्डेलासँग वार्ता गर्न रोब्बेनबाट पोल्समुर जेलमा स्थानान्तरण गरे। तर, उनीहरूबीचको वार्ता कहिल्यै निष्कर्षमा पुग्न भने सकेन। पछि, बोथाको स्वास्थ्य स्थिति खराब भएकाले फेडरिक विलियल डे क्लार्क राष्ट्रपति बने। क्लार्कले उनीसँग सम्बन्ध सुधार गर्न सन् १९९० मा जेलमुक्त गरे। कांग्रेसमाथि लागेको प्रतिबन्ध पनि फुकुवा गरे।
सन् १९९१ मा मन्डेला कांग्रेस सभापति बने। अन्तर्राष्ट्रिय समुदायको साथ उनलाई थियो। त्यसैको फाइदा उठाउँदै उनले सरकारलाई दबाब दिने काम जारी राखे। सन् १९९३ मा सरकार र कांग्रेसबीच सम्झौता भयो र सम्पूर्ण आन्दोलन स्थगित गरियो। सोही वर्ष राष्ट्रपति क्लार्क र मन्डेलालाई संयुक्त रुपमा नोबल शान्ति पुरस्कार प्रदान गरियो। सन् १९९४ अप्रिल २७ का दिन पहिलो प्रजातान्त्रिक निर्वाचन अफ्रिकामा सम्पन्न भयो। ७७ वर्षको उमेरमा मन्डेला दक्षिण अफ्रिकाको पहिलो काला जातिका राष्ट्रपति निर्वाचित भए।
त्यसपछि उनले देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि धेरै महत्त्वपूर्ण काम गरे। उनले देशमा भत्किएको राष्ट्रियता जोड्न खेलकुदलाई हतियार बनाए। सन् १९९६ मा अफ्रिकाको नयाँ संविधान बनाए। अत्यन्तै सक्रिय जीवन बिताएका उनले सन् १९९९ को आमनिर्वाचन अगाडि राजनीतिक जीवनबाट संन्यासको घोषणा गरे र सन् २००४ मा सम्पूर्ण सार्वजनिक जीवनबाट समेत संन्यास घोषणा गरे र आफूले बाल्यकाल बिताएको गाउँ कुनु फर्किए।
सबै काम छाडेर संन्यास लिए पनि मानवअधिकार, महिलाअधिकार, प्रजातन्त्रको लडाइँमा लागेका सबै आन्दोलन र अभियानको निरन्तर समर्थन गरिरहे। उनले प्रजातन्त्र र रंगभेद हटाउन गरेको संघर्ष र योगदानको कदर गर्दै सन् २००९ देखि उनको जन्मोत्सवलाई 'मन्डेला डे' का रुपमा संसारभर मनाउने गरिएको छ।
(एजेन्सीको सहयोगमा)
फिसटेलको हेलिकोप्टर दुर्घटना, एकको मृत्यु, पाँच घाइते
काठमाडौं — फिसटेल एयरले एक वर्षका लागि
भाडामा ल्याएको हेलिकोप्टर बुधबार दिउँसो हुम्लाको मुचु गाविस–७ नुनकोटमा
दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित पाँचजना घाइते
भएका छन्। दुर्घटनामा नेपाल नागरिक उड्ययन प्राधिकरणको हुम्लास्थित
कार्यालयका प्रमुख टेकबहादुर पादलीको मृत्यु भएको हुम्ला जिल्ला प्रहरी
कार्यालयका डिएसपी बिजय थापाले बताए।
चार संस्थालाई यतीको साढे १६ लाख
काठमाडौं — निजी क्षेत्रको आन्तरिक वायुसेवा
कम्पनी यती एयरलाइन्सले 'संस्थागत सामाजिक उत्तरदायित्व' अन्तर्गत चार
सामाजिक संस्थालाई साढे १६ लाख रुपैयाँ प्रदान गरेको छ। यतीले सेभ द
चिल्ड्रेन, युनाइटेड मिसन टु नेपाल, केयर नेपाल र नेपाल रेडक्रसलाई १६ लाख
६२ हजार ७ सय ५२ रुपैयाँ प्रदान गरेको हो। सोमबार आयोजित कार्यक्रममा यतीका
नायब प्रबन्ध निर्देशक तथा क्याप्टेन नोर्बुछिरिङ शेर्पाले ती संस्थाका
प्रतिनिधिलाई उक्त रकमबराबरको चेक प्रदान गरे।
प्रत्येक संस्थाले ४ लाख १५ हजार ६ सय
८८ रुपैयाँ पाएका छन्। यतीबाट जारी भएका प्रत्येक टिकटबाट ४ रुपैयाँ
छुट्ट्याइएको र त्यसबाट ती संस्था प्रत्येकले एक–एक रुपैयाँका दरले पाएका
हुन्।
यतीका अनुसार सन् २००६ बाट सुरु गरिएको यही कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न सामाजिक संघसंस्थालाई १ करोड ६ लाख ७९ हजार ८ सय ४ रुपैयाँ दिइसकिएको छ। टेवा, ओसिड, माइती नेपाल, नेपाल लेप्रोसी रिलिफ, नेपाल ग्लउकोमा आइ क्लिनिक, सेवा केन्द्र लेप्रोसी, हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसनलगायतले उक्त रकम पाएका हुन्।
यसबाहेक कम्पनीले एक महिनाअघि जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल भवन निर्माणका लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको थियो। त्यसै गरी कम्पनीले सुदूरपश्चिमाञ्चल क्षेत्रमा एक वर्षदेखि 'ग्रिन प्रोजेक्ट' सञ्चालन गरिरहेको छ। यसअन्तर्गत काठमाडौं–धनगढी–काठमाडौं र काठाडौं–नेपालगन्ज–काठमाडौं रुटमा एकतर्फी प्रतिटिकट २० र दुईतर्फी ४० रुपैयाँ छुट्ट्याइरहेको छ। यो रकबाट त्यस क्षेत्रका विभिन्न सामुदायिक वनमा हालसम्म १ लाख ५० हजार वृक्षरोपण गरिसकेको छ।
यतीले सातवटा जेटस्ट्रिम–४१ जहाजबाट माउन्टेन फ्लाइट, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज, जनकपुर, धनगढी, भरतपुर र तुम्लिङटारका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ।
कम्पनीले ती सबै सेक्टरका उडानमा अपांगलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५, बालबालिकालाई ३३ र शिशुलाई ९० प्रतिशत छुट दिएको छ।

''यस वर्षको एसएलसीमा उत्कृष्ट नतिजा ल्याउनेहरु''
२९ जेठ,भक्तपुर -भक्तपुरकी सरूको ९३.५यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा भक्तपुरकी सरू श्रेष्ठ उत्कृष्ट नम्बर ल्याउन सफल भएकी छन् । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परीक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी हुन् ।'
थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीबाट परीक्षा दिएकी उनले ८ सय पूर्णांकमा ७ सय ४८ अंक ल्याएको सो विद्यालयले जनाएको छ । ‘हाम्री विद्यार्थी सरू श्रेष्ठले ७ सय ४८ अंक ल्याएकी छन्,’ ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइरालाले राजधानीसँग भने । उनले यो अंक नेपाल टप भएको दाबीसमेत गरे ।'
‘सरू सानैदेखि मेहनती र लगनशील थिइन्,’ प्रिन्सिपल कोइरालाले भने । प्रकाशित परीक्षाफलअनुसार सरू श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, अनिवार्य गणितमा ९७, विज्ञानमा ९३, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा वातावरणमा ९७, ऐच्छिक गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छन् । सो विद्यालयबाट एसएलसी परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये १७ जना विशिष्ट श्रेणी, २३ जना प्रथम श्रेणी र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका पनि कोइरालाले बताए ।
बुटवलका सौरभको ९३.३७'
बुटवलस्थित न्यू होराइजन विद्यालयका सौरभ न्यौपाने (०४८२६०८२) सात सय ४७ नम्बर (९३ दसमलव ३७ प्रतिशत) प्राप्त गरेका छन् । सोही विद्यालयकी ०४८६०६६थ् की छात्रा आयुष्मा अर्यालले ७३१
(९१.३७ प्रतिशत) र सि.नं.०४८५९२०ँ की छात्रा प्रिया क्षेत्रीले ७३० (९१.२५ प्रतिशत) प्राप्त गरेका छन् ।
६ पटकसम्म क्षेत्रीय शिल्ड हासिल गरेको सो विद्यालयले १ सय २९ जना विशिष्ट श्रेणी, २०२ जना प्रथम श्रेणी र २ जना द्वितीय श्रेणी प्राप्त गरेको छ । १४ भन्दा बढीले ९० प्रतिशत भन्दा बढी प्रतिशत ल्याएका छन् ।
पर्साकी आँचलको ९२.१२'
एसएलसीमा राम्रो नतिजा ल्याउन राजधानीकै प्रतिष्ठित बोर्डिङ स्कुलमा पढ्नुपर्छ भन्ने मान्यतालाई वीरगन्जकी छात्राले चुनौती दिएकी छन् । वीरगन्ज उपमहानगरपालिका–१५ की आँचल चौधरीले मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजामा ९२ दशमलव १२ प्रतिशत ल्याई मोफसलको इज्जत माथि उकासेकी हुन् ।'
आँचलले वीरगन्ज–१५ स्थित एक सामान्य अवस्थाको विद्यासदन (बोर्डिङ) माविबाट एसएलसी परीक्षा दिएकी हुन् । आँचलले नर्सरीदेखि नै सोही स्कुलमा अध्ययन गरेकी थिइन् ।‘आँचलले उत्कृष्ट अंक ल्याई हाम्रो स्कुलको मात्रै होइन, सिंगै तराई र मोफसलको प्रतिष्ठा माथि उठाएकी छन्,’ विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले राजधानीसँग भने, ‘खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई आँचलले चरितार्थ पारिदिएकी छन् ।’ विद्यालयकै सबैभन्दा मेहनती, जिज्ञासु र आज्ञाकारी छात्रा आँचललाई लरतरो शिक्षकले पढाउनै नसक्ने अनुभव पनि गुरुङले सुनाए '।
प्रत्येक दिन ५–६ घन्टा अध्ययन गर्ने बताउने आँचलले २०६५ सालमा काठमाडौंमा कोयस्ट नेपालले गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान ल्याएको र स्थानीय तथा क्षेत्रीय स्तरका हाजिरीजवाफ तथा वतृत्वकला प्रतियोगितामा कसैलाई जित्न नदिएको अनुभव पनि गुरुङले राजधानीलाई सुनाए । उत्कृष्ट अंक ल्याउने आँचलका बुबा–आमा दुवै जिल्लाको सामुदायिक विद्यालयका शिक्षक हुन् । आमाबुवा दुवै शिक्षक भए पनि पारिवारिक अवस्था कमजोर रहेकाले उनलाई कक्षा–३ देखि विद्यालयले नै निःशुल्क पढाउँदै आएको थियो । '
घरको अवस्था र उनको लगन देखेर उनलाई कक्षा–३ देखि निःशुल्क पढाएको प्रअ गुरुङले बताए ।
भविष्यमा एरोस्पेस इन्जिनियर पढ्ने इच्छा रहेको बताउने आँचललाई अहिले बधाईको ओइरो लाग्न थालेको छ तर उनमा भने अलिकति पनि घमण्ड छैन । आँचलको डेरामा राजधानीकर्मी पुग्दा उनी सामान्य अवस्थामा रहेकी थिइन् । ‘मेहनत गरेर पढेको थिएँ, फल पनि मिठै पाइयो,’ आँचलले भनिन् । रासस'