भारतीय सुरक्षाकर्मीले नेपाली ट्रक मजदुरलाई कुटे
loading...

सिमामर्ति भारतको सुनौलीका सुरक्षाकर्मीले बिना कारण झण्डै एक दर्जन ट्रक मजदुरलाई बिना कारण निर्घात कुटपिट गरेका छन् । पीडित नेपाली ती चालकहरु नेपाल आउन लोड ट्रकसहित हप्तौंदेखि लाइनमा थिए ।

कुटपिटबाट चारजना ट्रक चालकको हातमा गम्भीर चोट लागेको छ । केही चालक आफ्नो गाडी चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।  अन्य चालक सामान्य घाईते छन् । 

आफूमाथि बिना कारण भारतीय सुरक्षाकर्मीले कुटपिट गरि घाइते बनाएको भन्दै सातजना ट्रक मजदुरले मंगलबार बिहान नेपालको सिमावर्ति बेलहिया ईलाका प्रहरी कार्यालयमा आएर कारवाहीकालागि लिखित निवेदन दिएका छन् ।

दुई हप्तादेखि लाइनमा रहेका आफ्ना गाडी केही अन्य गाडीले पालो मिचेर अगाडि गएको बिषयमा सोधपुछ गर्न लाग्दा आफूहरुमाथि निर्घात कुटपिट भएको ना३ख ८६६ का चालक संयोग थापाले बताए । उनले पछिल्लो पटक सुनौलीका भारतीय सुरक्षाकर्मीले पैसा खुवाएका गाडीलाई अन्यको पालो मिचेर गाडी पास गराइदिने गरेको र आफूहरुसँग उनीहरुले गाडी अगाडि बढाउन पैसा मागेको बताए । 

भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि सुनौली नाका हुँदै नेपाल आउने गाडीसँग भारतीय पुलिस, भन्सार कर्मचारी, सुनौली नजिकको कोतवाली थाना लगायत्का सुरक्षाकर्मीले चर्को रुपमा पैसा असुल्दै नेपालतर्फ गाडी छाडिदिने गरेका छन् ।

पैसा खुवाएका गाडीलाई भारतीय सुरक्षाकर्मी स्वयम्ले सकर्टिङ्ग पास गराईदिने र पैसा नखुवाएका गाडी जहाँको त्यहीँ सडक किनारामा थन्किने गरेका छन् ।

धेरै दिनसम्म आफ्नो गाडी सहितको सामान बिच बाटोमा रोकिएपछि नेपाली आयातकर्ताले पैसा खुवाउँदै गाडी छुटाउन थालेका हुन् । सुनौली नाकाबाट नेपाल आउनु पर्ने गाडी महिनौंदेखि सिमानादेखि करिव ३५ किमी पर कोल्हुईसम्म दोहोरो लाइन छ ।

Don't Forget To Join US Our Community

pupup