बुधवारको वार्तामा मोर्चा अध्यक्षहरु नआउने
loading...

तीन ठूला दल र मधेसी मोर्चाबीच बुधबार साँझ ६ बजे हुने भनिएको वार्तामा मोर्चाका चार अध्यक्षहरु सहभागी नहुने भएका छन् । धनुषाको ढल्केवरमा मोर्चाको पूर्व निर्धारित आमसभा रहेकाले उनीहरु उतै व्यस्त हुने भएका छन् ।
आफूहरु ढल्केवरको आमसभाका लागि जनकपुर आइसकेकाले बुधबार बालुवाटारमा हुने वार्तामा सहभागी नहुने तमलोपा अध्यक्ष महन्थ ठाकुरल कान्तिपुरलाई बताए ।
वार्तामा फोरम उपाध्यक्ष लालबाबु राउत, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव सहभागी हुने ठाकुरले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्ने वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेससहित मोर्चाका चारै अध्यक्षहरुको उपस्थिति अपेक्षा गरिएको थियो । ठूला दलले गम्भीरता नदेखाएको भन्दै मोर्चा नेताहरुले अबको वार्ता मधेसमै हुनुपर्ने माग समेत गरे । '११ बुँदे मागमा उहाँहरुको प्रष्ट दृष्टिकोण नआउन्जेल फेरि पनि वार्ताले गति पाउन गाह्रो छ,' ठाकुरले बताए ।

Don't Forget To Join US Our Community

pupup