मधेसी मोर्चाले काठमाडौंमा पनि जनप्रदर्शन गर्ने, जनजाति पार्टीहरुको समर्थन
loading...

तराई मधेसमा आन्दोलन गर्दै आएको मधेसी मोर्चाले जनजाति पार्टीहरुको सहयोगमा काठमाडौंमा पनि जनप्रदर्शन गर्ने भएको छ ।

मधेसी मोर्चा र पाँच जनजाति पार्टीहरुको संघीय गठनवन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बसेको बैठकले तराई मधेस, राजधानी र पूवपश्चिम राजमार्ग केन्द्रीत गरी देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

संघीय गठवन्धनको बैठकले मंसिर २७ गते काठमाडौंमा जनप्रदर्शनज तथा सभा गर्ने निर्णय गरेको छ । ‘यो हाम्रो शक्ति प्रदर्शन नै हो’ सद्भावना पार्टीका महासचिव मनिष सुमनले  भने ।

मधेसी मोर्चा र जनजाति दलहरुको संयुक्त आन्दोलन ७ गतेबाट सुरु हुनेछ । मधेस आन्दोलनको १०० औं दिन पुगेको अबसरमा उनीहरुले माइतीघर मण्डलामा श्रद्धान्जली सभा गर्नेछन् ।

त्यसपछि उसले राजमार्ग केन्द्रीत जनप्रदर्शन र सभा गर्नेछ । ११ गते इटहरी, १३ गते बिराटनगर, १६ गते लालबन्दी, १७ गते ढल्केबर, १९ गते निजगढ, २० गते नवलपरासी, २१ गते बुटबल, २२ गते दाङ र २४ गते कैलालीको अत्तरियामा सभा हुनेछ ।

Don't Forget To Join US Our Community

pupup