अक्सिजनसहित गम्भीर विरामी बोकेको एम्बुलेन्समा मधेसी मोर्चाको आक्रमण
loading...

अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा आक्रमण गरेका छन् ।

आक्रमणमा चालक आनन्द बिकको टाउको फुटेको छ । उनको अवस्था चिन्ताजनक छ ।

विराटनगरको सिटी अस्पतालबाट रिफर गरिएका एक गम्भीर बिरामीलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा को १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए ।

मोर्चाका कार्यकर्ताले शुक्रबार पनि मोरङको रंगेलीबाट विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई कटहरी– ४ मा आक्रमण गरेका थिए ।


Don't Forget To Join US Our Community

pupup