बिहेपछि बलिउड प्रवेश गर्नेहरु
loading...

बलिउडमा धेरै यस्ता कलाकार छन्, जो बिहेपछि बलिउडमा प्रवेश गरेका थिए। उनीहरु बलिउडमा सफल पनि भएका छन्। तिनै बलिउड हस्तीहरुबारे जानौं।






 






शाहरुख खान
 
बलिउड सुपरस्टार शाहरुख खान ५० वर्षका भए। उनी आफ्नो सफलताको श्रेय श्रीमती गौरीलाई दिन्छन्। बलिउडमा चर्चामा आउनुअघि नै शाहरुखले गौरीसँग बिहे गरेका थिए। उनीहरूको प्रेम कथा फिल्मको कथाजस्तै छ। अलग धर्मको भए पनि यी दुईले एकअर्कालाई स्वीकारमात्र गरेनन्, बलिउडमा आर्दश जोडीका रूपमा समेत दरिए। शाहरुखले गौरीलाई पहिलो हेराइमा नै मन पराएका थिए। परिवारविरुद्ध गएर यी दुईले सन् १९९१ मा बिहे गरे। शाहरुखको पहिलो फिल्म 'दिवाना' सन् १९९२ मा रिलिज भएको थियो। यसअघि शाहरुख टीभी सिरियल 'फौजी'मा काम गर्थे।
आमिर खान


आमिर खानले दुईपटक बिहे गरे। अहिले उनकी श्रीमती किरण राव हुन्। आमिरको पहिलो श्रीमतीको नाम रीना दत्ता हो। रीना र आमिर छिमेकी थिए। दुवै प्रेममा परे र बिहे गर्ने निर्णय गरे। अलग धर्मका भएकाले उनीहरूले घरबाट भागेर बिहे गर्नुपर्योी। सन् १९८६ मा उनीहरूले घरबाट भागेर बिहे गरे। १६ वर्ष सँगै बसेपछि उनीहरू छुट्टिए। सन् २००२ मा आमिर र रीनाको सम्बन्ध–विच्छेद भयो। सन् २००५ मा आमिरले किरणसँग बिहे गरे।
सैफ अली खान
 
सैफ अली खानले अमृता सिंहसँग बिहे गर्दा अमृता सुपरस्टार थिइन्। त्यतिबेलासम्म सैफले बलिउडमा आफ्नो पहिचान बनाउन सकेका थिएनन्। सन् १९९१ मा सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग बिहे गरे। सैफको पहिलो फिल्म 'आशिक आवारा' सन् १९९३ मा रिलिज भएको थियो। सैफ र अमृताको बिहे १४ वर्षसम्म चल्यो। पछि दुवैले सम्बन्ध–विच्छेद गरे। पछि सैफले करिना कपुरसँग बिहे गरे।
डिम्पल कपाडिया

अभिनेत्री डिम्पल कपाडियाले आफ्नो करिअरको वास्ता नगरी सुपरस्टार राजेश खन्नासँग बिहे गरिन्। बिहे गर्दा डिम्पलको पहिलो फिल्म 'बबी' रिलिज पनि भएको थिएन। सन् १९७३ मा डिम्पल र राजेशको बिहे भयो। बिहेको छ महिनापछि डिम्पलको डेब्यू फिल्म 'बबी' रिलिज भयो। फिल्म सुपरहिट रह्यो।
 
शशि कपुर
जमानाका स्टार अभिनेता शशि कपुरले फिल्म इन्डस्ट्रीमा पाइला राख्नुअघि नै बिहे गरिसकेका थिए। उनले हलिउड अभिनेत्री जेनिफर केन्डलसँग सन् १९५८ मा बिहे गरे। शशि कपुरको पहिलो फिल्म 'धरमपुत्र' सन् १९६१ मा रिलिज भयो। त्यसपछि उनले १ सय १६ फिल्ममा काम गरे।
 



अर्जुन रामपाल

बलिउड अभिनेता अर्जुन रामपालले त्यति बेला सुपर मोडल मेहर जेसियासँग बिहे गरे, जति बेला उनलाई बलिउडमा कसैले पनि चिन्दैन थिए। सन् १९९८ मा मिस इन्डिया र सुपर मोडल मेहरसँग उनले बिहे गरे। सन् २००१ मा अर्जुनले फिल्म 'प्यार, इश्क और मोहब्बत'बाट बलिउडमा डेब्यू गरे।

Don't Forget To Join US Our Community

pupup