‘म्याच फिक्सिङ’का आरोपी खेलाडी बयान दिन अदालतमा
loading...

पैसा लिएर खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान दिन आज विशेष अदालतमा उपस्थित भएका छन् । खेलाडीको बयान सकिएलगत्तै  थुनछेकका लागि बहस सुरु हुनेछ ।
सरकारी वकिलको कार्यालयले खेलाडीविरुद्ध ‘राज्यविरुद्धको अपराध’ मा मुद्दा चलाएको छ ।
प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीमाथि लगाइएको अभियोग पुष्टि भए जन्मकैद सजाय हुनेछ ।


यस्तै अर्का अभियुक्त डेजिव थापालाई फरार रहेकाे भनि साेही मुद्दा अगाडी बढाइएकाे छ । 
प्रहरीले उनीहरुलाई असोज २७ गते राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।


एक खेल मितेमतो गरेबापत प्रतिखेलाडी ५ हजार डलरसम्म लिने गरेको देखिएको प्रहरीको दाबी छ ।
उनीहरुले २००८ देखि खेलेका २२ अन्तर्राष्ट्रिय खेलहरु मिलेमतो गरेको प्रहरीको आरोप छ ।




Don't Forget To Join US Our Community

pupup