थरुहट/थारुवान संघर्ष समितिद्वारा आन्दोलन घोषणा
loading...

चाडपर्वको लागि भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको थरुहट/थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले राजधानीमा पत्रकार सम्मेलन गर्दै राजमार्ग ठप्प पार्नेसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

समितिद्वारा घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा सााझ मसाल जुलुस गर्ने,संविधानका धाराहरु चलाउने,  व्यवस्थापिका संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागरण र विरोध सभा चलाउने, केन्द्रका नेताहरुको सहभागितामा जिल्ला  र क्षेत्रमा विरोध सभा आयोजना गर्ने र मुद्दा मिल्ने पक्षसाग कार्यगत एकता गरेर आन्दोलनलाई अझै सशक्त पार्ने लगायत रहेका छन ।

पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए ।

Don't Forget To Join US Our Community

pupup