कोरिया भाषा परीक्षामा ८ हजार ४ सय ९० उत्तीर्ण
loading...

काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।
शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये हजार सय १७ जना औद्योगिक क्षेत्रको रोजगारीका लागि हजार सय ७३ जना कृषि तथा पशु पालनतर्फको रोजगारीमा जान पाउने छन्
उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए। भाषा परीक्षा उत्तीर्णहरुको सीप परीक्षण गरिने स्वास्थ्य तथा सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्रै रोजगारीका लागि आवेदन दिन पाउने उनले बताए। पोखराबाट परीक्षा दिने सबै उत्तीर्ण परीक्षार्थीहरुको सबै परीक्षण पोखरामै हुने बास्तोलाले बताए।
परीक्षााका लागि ५१ हजार सय युवाले आवदेन दिएका थिए बिहान साढे आठदेखि बेलुकी ३ः४० सम्म दिनको सत्र गरी परीक्षा लिइएको थियो यस वर्षको भाषा परीक्षाका लागि काठमाडौं उपत्यमामा १५ पोखरामा गरी १८ ओटा परीक्षा केन्द्रबाट परीक्षा लिइएको थियो। कोरियाले यस वर्षका लागि कुल हजार सय कामदारको कोटा निर्धारण गरेको थियो यस मध्ये औद्योगिक क्षेत्रतर्फ हजार सय कृषि तथा पशुपालनतर्फ हजार सयको कोटा रहेको बताइएको थियो। नेपालसहित कोरियाले १५ देशबाट कामदार लाँदै आएको छ।


Don't Forget To Join US Our Community

pupup