आईजीपी-एआईजीबीच मनमुटाव
loading...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका स्रोत व्यक्ति निमन्त्रणाको विषयलाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र एआईजी राजेन्द्रसिंह भण्डारीबीच मनमुटाव भएको छ ।

आफूखुसी प्रतिष्ठानमा विभिन्न व्यक्तिलाई स्रोत व्यक्तिमा बोलाइएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले असन्तुष्टि जनाएका छन् । उनले लिखित पत्र पठाउँदै एआईजी भण्डारीलाई पूर्वस्वीकृति लिन निर्देशन दिएका छन् ।

आईजीपीको निर्देशनले आफ्नो दैनिक कार्यसञ्चालनमा अंकुश लगाएको भन्दै भण्डारी रुष्ट छन् । 

महानिरीक्षक अर्यालले अपराध अनुसन्धान विभागका प्रमुख शाहललाई पनि पत्र लेख्दै संगठनका कतिपय योजनामा पूर्वस्वीकृति लिन भनेका छन् । 

विगत लामो समयदेखि एआईजीद्वय भण्डारी र शाहले  प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी संगठन भित्र र  बाहिरका विभिन्न व्यक्तिलाई आमन्त्रण गरि प्रहरीको दक्षता र क्षमता अभिवृद्धि लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् ।

खासगरि एआईजीद्वय भण्डारी र शाहले  प्रतिष्ठान र अनुसन्धान विभागमा भीआईपीलाई बोलाएर क्षमता अभिवृद्धिको काम गर्दै आएका थिए । त्यसबाट ‘अनुचित सम्बन्ध’ बढाएको आशंका आईजीपीले गर्दै आएका छन् ।

एआईजी भण्डारीले संगठनको हितको लागि काम गर्दा रोक लगाउन नपाइने भन्दै असन्तुष्टि जनाए । ‘संगठनविरुद्ध कुनै काम गरेका छैनौं,’ उनले भने, ‘कुन काम गर्नुपर्छ, कुन गर्नु हुन्न, भन्ने हामीलाई पनि थाहा छ, संगठनप्रति हामी पनि जिम्मेवारी छौं, गैरजिम्मेवार मान्छेले प्रहरीको दक्षता र क्षमता अभिबृद्धिका लागि सोच्दैन ।’

बाह्य व्यक्तिलाई ल्याएर प्रहरीको दक्षता क्षमताको विकास गर्दा महानिरीक्षकले आपत्ति जनाउन नहुने उनले बताए । ‘यदि उहाँलाई सारै अप्ठेरो परेको छ भने, हामीलाई सरुवा गरे भइहाल्यो नि ?,’ उनले भने, ‘हामी जुनसुकै स्थानमा पनि जान पनि तयार छौं ।’

एआईजी शाहले राम्रो काम गर्दा अंकुश लगाउँदा महानिरीक्षकको गलत सोच्न नहुने बताए ।  ‘विभिन्न संघ, संगठनबाट व्यक्ति ल्याएर गतिविधि गर्‍यो भन्ने उहाँलाई लागेको छ भने, ती व्यक्ति गलत हुन भन्ने उहाँले भन्नु सक्नु पर्‍यो,’  उनले भने, ‘जुन ल्याएका छौं, ती महत्त्वपूर्ण व्यक्ति छन् ।’



Don't Forget To Join US Our Community

pupup