छठको तयारीमा झिलिमिली रानीपोखरी
loading...

सूर्यको पूजा गरेर मनाइने छठ पर्व भोलि मनाइदैछ । मुख्यत: तराई–मधेसमा मनाइने पर्व भए पनि पछिल्लो समय राजधानी काठमाडौंमा पनि छठको रौनक बढ्दै गएको छ ।

राजधानीका पोखरी तथा नदिजस्ता जलाशयमा सूर्यको पूजा गर्ने गरिएको छ । यसमा पनि रानीपोखरी विशेष रहँदै आएको छ । रानीपोखरी बीचको मन्दिर भूकम्पले भत्किएको भए पनि वरिपरि बत्ती बालेर रानीपोखरीलाई झिलिमिलि बनाइएको छ ।



Don't Forget To Join US Our Community

pupup