‘एन्टिबायोटिकको प्रयोग चिकित्सकको परामर्श पछि मात्रै’
loading...

नेपाल जनस्वास्थ्य प्रतिष्ठानको ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप नेपाल नामक कार्यक्रमले विश्व एन्टिबायोटिक सचेतना सप्ताह–२०१५ को उपलक्ष्यमा साता व्यापी कार्यक्रमको सुरुवात गरेको छ ।

सो कार्यक्रम अन्तरगत बिहिबार सर्वसाधारणलाई एन्टिबायोटिकको समुचित प्रयोग बारे जनचेतना दिने उद्देश्यले साइकल सिटी नेटवर्कसागको सहकार्यमा साइकल र्‍याली गरिएको छ । साइकल र्‍यालीको उद्घाटन विश्व स्वास्थ्य सगंठनका नेपाल प्रमुख डा. जोस भ्यानडियलारले गरेका थिए ।

डा. जोसका अनुसार हाल विश्वमा एन्टिबायोटिकको प्रयोग बढिरहेको छ । ‘मानिसहरुले मिठाई प्रयोग गरे जसरी एन्टिबायोटिकको प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘एन्टिबायोटिकको समुचित प्रयोग नगर्नाले जिवाणुहरुको एन्टिबायोटिक प्रतिरोध क्षमता वृद्घि भई एन्टिबायोटिकको असर कमहुने हुनाले एन्टिबायोटिकलाई सावधान पूर्वक चिकित्सकको सल्लाहअनुसार मात्र गर्नुपर्छ ।’

सोही कार्यक्रममा एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप नेपालका कार्यक्रम निर्देशक डा. समिरमणि दीक्षितले पनि एन्टिबायोटिकको प्रयोग गर्दा सावधानहुनुपर्नेमाजोड दिए । बिहिवार नै एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप नेपालले शिक्षण अस्पतालको नेपाल मेडिकल विद्यार्थी समाजसागको सहकार्यमा वसन्तपुर र शिक्षण अस्पतालको प्रांगणमा सर्वसाधारणलाई एन्टिबायोटिक सम्बन्धि जानकारी दिने उद्देश्यले स्टलहरु पनि राखिएको थियो ।

Don't Forget To Join US Our Community

pupup