“मिस बिउटिफुल नेपाल २०७२” को ग्रान्ड फिनाले मङसिर १२ मा हुंदै
loading...

 नेपालमा सौदर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाई स्थापित गर्न दक्ष्य इन्टरटेनमेन्ट प्रालि ले “मिस बिउटिफुल नेपाल २०७२” को ग्रान्ड फिनाले यहि आउदो मङसिर १२ मा काठमाडौँ को राष्ट्रिय नाचघरमा सम्पन्न गर्ने भएको छ ।
“मिस बिउटिफुल नेपाल २०७२” मा जम्मा १४ जना प्रतियोगीहरु ले ग्रान्ड फिनाले मा आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् जस मा कविता गौतम, अलिशा थापा, सपना श्रेष्ठ, सजना माझी, उमा झा, एलिना केसी, एन्जल श्रेष्ठ, श्रीजना शर्मा, लिना पुन मगर, नितु बन्जारा, श्रीजना राइ, अमिरा श्रेष्ठ, जेनिफर गुइन्देल र निरुता कार्की रहेका छन् । प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनि हरु को आत्मा बिश्वास लाइ अझ मजबुत बनाइ उनीहरु आत्माबल बढाउन सहयोग पुर्याएको कुरा आयोजक राज पाण्डेले बताए । प्रतियोगीहरु प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिन मा आज सिकेको कुरा हरु लाइ उपयोग गर्न सबै अहिले ट्रेनीङमा मेहनत का साथ लागि परेका छन् र ताज आफ्नो हात मा पार्न को लागि पनि कडा मेहनतका साथ आफ्नो प्रतिभा लाइ निखारता दिदै छन् ।
कोरियोग्राफर निशु झाले कोरियोग्राफ्री गरिरहेको “मिस बिउटिफुल नेपाल २०७२” सौदर्य परियोगिता दक्ष्य इन्टरटेनमेन्ट प्रालि ले आयोजना गरेको हो र यस प्रतियोगिताका आयोजक चर्चित सौन्दर्य विद राज पाण्डे रहेका छन् । कोरियोग्राफर निशु झा का अनुसार यस सौन्दर्य प्रतियोगिताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाज मा एक प्रकार को सकारात्मक सन्देश दिन सफल हुने कुरा मा उनि बिस्वस्त छन् ।

Don't Forget To Join US Our Community

pupup