नेपाल टिभीका महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी
loading...

नेपाल टेलिभिजनका कर्मचारीले महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अनियमितताको आरोपपछि मन्त्रालयमा तानिएका महाप्रबन्धक लक्ष्मण हुमागाईलाई मन्त्रालयले फेरि टेलिभिजन फर्काउने निर्णय गरेपछि टेलिभिजनको कर्मचारी संघको अगुवाईमा तालाबन्दी भएको हो । तालाबन्दीमा पत्रकार महासंघ र अन्य संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

नेपाल टेलिभिजनसँग व्यापारिक कारोवार गर्ने वल्र्डभिजन मिडिया र वल्डभिजन एडभरटाईजिङले उधारो कारोबारका लागि बैंक ग्यारेन्टी पेश गरेको थियो । टेलिभिजनकै केही कर्मचारीहरुसँगको मिलेमतोमा सो कागजात पेश भएको सूचनापछि सञ्चालक समितीले सञ्चार मन्त्रालयका उपसचिव भुवन आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको थियो ।

छानविन समितिले सो प्रकरणमा संलग्न देखिएको भन्दै तत्कालीन महाप्रबन्धक हुमागाई, आर्थिक प्रशासन महाशाखा निर्देशक राजनकुमार श्रेष्ठ, कार्यकारी लेखा अधिकृत पवन माण्डव्य, वरिष्ठ लेखा अधिकृत कमलप्रसाद रेग्मी, वरिष्ठ लेखा अधिकृत ऋषिराम भन्तना, लेखा अधिकृत दिनेश पौडेललाई सेवाबाट हटाउन सिफारिस गरेको थियो । कारबाही गर्नुपर्ने कर्मचारीलाई पुन: महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

Don't Forget To Join US Our Community

pupup