एकादशी मेलामा जान नदिएको भन्दै आठ बर्षीया बालिकाद्धारा आत्महत्या
loading...

लमजुङको पूर्वी भेगमा पर्ने धमिलिकुवाको गरमबेसीमा एक ८ बर्षीया बालिकाले एकादशी मेलामा जान नदिएको भन्दै आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

आमाले एकादशी मेलामा जान नदिएपछि गरमबेसीकी उपेक्षा गुरुङले आइतबार दिउँसो सलको पासो लगाएर घरकै सटर–ग्रीलमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक हेमन्तकुमार थापाले बताए ।

फूल तार्दा बगेका युवाको उद्दार
एकादशी मेलाको अवसरमा पाउँदीमा फूल तार्ने क्रममा बगेका एक युवकको उद्दार गरिएको छ । सुन्दरबजार– ८, खत्रीठाँटीका ३० बर्षीय सूर्य कुँवरलाई फूल तार्ने क्रममा मस्र्याङ्दी नदीले आइतबार दिउँसो बगाएको थियो ।

पाउँदी पूलमाथिबाट बगाएका उनलाई पूलमुनि अन्दाजी २ सय मीटर तलबाट स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ । कुँवरको सिउँडीबारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको छ ।

Don't Forget To Join US Our Community

pupup