बाबुरामको ‘नयाँ शक्ति’ अभियान उद्घाटनमा पुगे उपेन्द्र यादव
loading...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको उद्घाटन कार्यक्रममा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएका छन् । संघीय फोरमसँग एकतागरि फागुनमा नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेका बताइएको भट्टराईको अभियानको उद्घाटन कार्यक्रम अहिले चावहिलमा चलिरहेको छ ।

उद्घाटन समारोहमा नयाँ शक्तिलाई शुभकामना दिन उपेन्द्रका साथै नेपाली कांग्रेसका नेता प्रदीप गिरी, मानवअधिकारवादी पद्मरत्न तुलाधर, लेखक खगेन्द्र संग्रौला, उद्योगपति रविभक्त श्रेष्ठलगायत उपस्थित छन् । रामचन्द्र झा लगायतका भट्टराई पक्षिय पूर्व माओवादी नेता तथा कार्यकर्ताहरुको समारोहमा उपस्थिति छ ।

Don't Forget To Join US Our Community

pupup