नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित
loading...

विश्व क्रिकेट लिग च्याम्पियप अन्तर्गतको खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ । टस जितेर व्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको लक्ष्य पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा ३ बल बाँकी छदै भेट्टायो ।

नेपालको लागि शरद भेषवाकरले ७८ र सुबास खकुरेलले ६३ रन बनाए । बसन्त रेग्मीले २४ र ज्ञानेन्द्र मल्लले २३ रन जोडेका थिए ।
बलिङतर्फ पारस खड्का र मेहबुब आलमले २–२ विकेट लिए । सोमपाल कामी, शक्ति गौचन र सागर पुनको नाममा १–१ विकेट लिए ।

Don't Forget To Join US Our Community

pupup