बारामा शिक्षकमाथि गोली प्रहार
loading...

हरिहरपुर–३ स्थित नेपाल राष्ट्रिय प्राविका प्रधानअध्यापक, ५० वर्षिय बृजकिशोर यादवमाथि अज्ञात समुहले आइतबार राति गोली प्रहार गरेर घाइते बनाउका छन् ।

सिम्रौनगढ नगरपालिका–३, हहिरपुर निवासी यादव आफ्नो घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिहरुले झ्यालबाट गोली प्रहार गरी भागेका थिए । यादवको ढाडमा गोलीको छर्रा लागेको छ । उनको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गोली प्रहारको कारण नखुलेपनि व्यक्तिगत रिसइबीले गोली प्रहार गरेको हुनसक्ने सिम्रौनगढका प्रहरी निरिक्षक कृष्णदेव चौधरी निर्मलले बताए । घटनामा संलग्नको खोजीसँगै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Don't Forget To Join US Our Community

pupup