बाहिरिइन रेजिना
loading...

विवाहपछि चलचित्र क्षेत्रबाट टाढिने नायिकाहरूमा रेजिना उप्रेतीको नाम पनि अग्रपंक्तिमा आउँछ । विवाहपछि चलचित्रसम्बन्धी सार्वजनिक समारोहमा समेत नदेखिएकी रेजिना चलचित्रमा देखिने त कुरै भएन ।

काठमाडौंमै भए पनि उनी चलचित्रमा नफर्कनुलाई अर्थपूर्ण रूपले हेरिएको छ । कुशल गृहिणीकै भूमिकामा व्यस्त रेजिना हालैको एउटा चलचित्र समारोहमा भने आकर्षणको केन्द्र बनिन् । आकर्षक पहिरनमा सजिएकी रेजिनालाई फोटो पत्रकारहरूले घेरिहाले । समारोहबाट फर्कने क्रममा रेजिनाले अब भने आफू गृहिणीका रूपमा सीमित नहुने धारणा व्यक्त गरिन् । ‘चलचित्रमै फर्कने कुरा त सोचिसकेकी छैन, रेजिना भन्दै थिइन्— ‘सार्वजनिक समारोहहरूको सहभागिता बढाउँदै भविष्यमा चलचित्र क्षेत्रमै फर्कनेछु ।’


Don't Forget To Join US Our Community

pupup