आइतबारदेखि ‘सिंहदरबार’
loading...

गौरी मल्लले प्रधानमन्त्रीको रुपमा अभिनय गरेकी टेलिभिजन शृंखला सिंहदरबार आइतबारदेखि प्रशारण हुने भएको छ ।
शृंखला नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।
सर्च फर कमन ग्राउन्डद्वारा निर्मित टेलिशृंखला १३ भागको छ ।
छिरिङ रितार शेर्पाले शृंखलाको निर्देशन गरेका हुन् ।
टेलिशृंखलामा जलवायू परिवर्तनदेखि स्वास्थ्य सेवासम्मका जनजीवनका पाटाहरु समावेश गरिएको छ ।
महिला प्रधानमन्त्री पात्रका कारण टेलिशृंखलाको चर्चा भएको छ । तर टेलिशृंखलाले महिला प्रधानमन्त्रीबारेमा मात्रै नभई आमजनतामा महिला नेतृत्वप्रति विश्वास बढाउन र उनीहरुको नेतृत्व स्वीकार गर्ने मनस्थिति बनाउन पनि सहयोग गर्ने निर्माता संस्था सर्च फर कमन ग्राउण्डका सञ्चार संयोजक आयूष जोशी बताउँछन् ।

Don't Forget To Join US Our Community

pupup