पशुपतिमा मोदीलाई व्यंग्य, पाप कटोस् भन्दै क्षमापूजा
loading...

पशुपतिमा मोदीलाई व्यंग्य, पाप कटोस् भन्दै क्षमापूजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गर्दै पशुपतिनाथ मन्दिरमा बिहीबार बिहान क्षमापूजा गरिएको छ ।


भारतीय प्रधानमन्त्री मोदीको पाप मोचन होस् भन्दै पूजा आयोजना गरिएको हो । भारतले नेपालमा लगाएको नाकाबन्दीको प्रतिकात्मक विरोध स्वरुप पूजा आयोजना गरिएको हो । पशुपति मन्दिर प्रांगणमा भएको पूजामा पूर्व मुख्य सचिव लिलामणी पौडेल, कलाकार मनदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलसहित सर्वसाधारणको बाक्लो उपस्थिति थियाे ।
कलाकार गजुरेल मोदीकै भेषमा पूजामा संलग्न भएका थिए । शिवभक्त मोदीले चारधामहरुको मुख्य धाम मानिने पशुपतिनाथ रहेकै देशलाई दु:ख दिएर पाप गरेकोले क्षमापूजा गरिएको पुजा आयोजकहरुले बताए ।

Don't Forget To Join US Our Community

pupup