कक्षा १२ को नतिजा प्रकाशित नियमित तर्फ ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण
loading...

२०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 
नियमिततर्फ २ जनाको स्‍थगित, १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द भएको छ परिषद्ले जनाएको छ ।
परिषद्ले गत गत जेठ/असारमा १२ कक्षाको परीक्षा लिएको थियो । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशन भइसकेको छ । 

Don't Forget To Join US Our Community

pupup