यस्तो छ राजनीतिक भागबण्डाको प्रस्ताव, ओली प्रधानमन्त्री पक्का
loading...

2142568365_1444124991.jpgकाठमाडौं, असोज १९ । भारतिय अघोषित नाकाबन्दीले देश आक्रान्त भईरहेको बेला प्रमुख दलहरुका बिचमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । खासगरी नेकपा एमाले र एकिकृत नेकपा (माओबादी)ले यस अघि १६ बुँदे सहमतिताका भएको भद्र राजनीतिक सहमति कार्यान्वयन गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीयस्तो छ राजनीतिक भागबण्डाको प्रस्तावको सरकार गठन गर्नुपर्ने बताईरहेका छन्, भने नेपाली कांग्रेसले उक्त भद्र राजनीतिक सहमती भएकै छैन भनि राजनीतिक बेईमानी गरेको आरोप एमाले र माओबादीका नेताहरुले लगाएका छन् ।
यस्तो अवस्थामा पछिल्लो समय प्रधानमन्त्री शुसिल कोईरालाले सकभर आँफै प्रधानमन्त्री बन्ने दाउमा रहेको राजनीतिक बिश्लेषण गरिँदै आएको थियो । तर हिजो देखी उनले १६ बुँदे ताका भद्र राजनीतिक समझदारी भएको कुरा स्विकार गर्न थालेका छन । खासगरी केपी ओलीलाई एकिकृत नेकपा माओबादी लगाएत अन्य साना दलहरुले समेत स्विकार गरिसकेको र उनैको बहुमत पुग्ने अवस्था देखिन थालेको र कोईरालाले आफ्नो सम्भावना टर्दै गएको देखेपछि आफु प्रधानमन्त्री बन्न नचाहेको तथा १६ बुँदे ताका भद्र सहमती भएको स्विकार गरेपछि राजनीतिक बृत्तमा केपी ओली प्रधानमन्त्री बन्ने पक्का जस्तो देखिएको छ ।
प्रधानमन्त्री कोईरालाका निकटतस्थ स्रोतका अनुसार कोईराला कुनैपनि हालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने पक्षमा छैनन । सर्वसम्मतीबाट भए आँफै हुने यदी यसो हुन नसकेको अवस्थामा विगतको भद्र सहमति अनुरुप नै केपी ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छन । पछिल्लो समयमा ओलीकै पक्षमा माहौल बन्दै गएपछि कोईरालाले आँफु प्रधानमन्त्री नबन्ने र उसबेला भद्रसहमती भएको स्विकार्न थालेका छन । उता रामचन्द्र पौडेल आफु आसन्न महाधिबेशनबाट पाटी अध्यक्ष बन्ने सर्तमा शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्ने पक्षमा देखिएको कारण भद्र सहमती बारे आँफुलाई थाहा नभएको बोल्दै हिँडेका छन । जसजसले जेजे बोलेपनि केपी ओली प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको राजनीतिक बिश्लेषकहरुले व्यक्त गरेका छन । ओलीलाई प्रधानमन्त्री बनाउन एकिकृत नेकपा माओबादी, राप्रपा सहित झण्डै एकदर्जन दलहरुले औपचारिक अनौपचारिक रुपमा समर्थन गर्ने जनाई सकेका छन ।

केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भईसकेको भन्दै शक्ति बाँडफाँडको रस्साकस्सी पनि यतिबेला अन्तिम चरणमा प्रबेश गर्न लागेको प्रमुख दलका शिर्ष नेतृत्व निकटका स्रोतहरुले बताएका छन । स्रोतका अनुसार दलहरुका बिचमा राष्ट्रपति नेपाली कांग्रेसलाई, उपराष्ट्रपति तमलोपा, प्रधानमन्त्री नेकपा एमाले, सभामुख एकिकृत नेकपा माओबादी, उपसभामुख राप्रपा नेपाल, उपप्रधानमन्त्री नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी र फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको छ ।
यी पदहरुमा निम्नाअनुसार पात्रहरु रहने पनि मोटामोटी सहमती भईसकेको दलहरु निकटस्थ स्रोतले जनाएको छ :

राष्टपति : केबी गुरुङ्ग (नेपाली कांग्रेस)
उपराष्ट्रपति : महन्त ठाकुर (तमलोपा)
प्रधानमन्त्री :केपी ओली (नेकपा एमाले)
सभामुख : कृष्णबहादुर महरा (एकिकृत नेकपा – माओबादी)
उपसभामुख : (नाम चयन हुन बाँकी) राप्रपा नेपाल
उपप्रधान तथा गृहमन्त्री : कृष्ण प्रसाद सिटौला (नेपाली कांग्रेस)
उपप्रधान तथा भौतिक योजना मन्त्री : टोप बहादुर रायमाझी (एकिकृत नेकपा – माओबादी)
उपप्रधान तथा रक्षा मन्त्री :बिजयकुमार गच्छादार (फोरम लोकतान्त्रिक)

Don't Forget To Join US Our Community

pupup