सल्लाहकार नेम्वाङको निधन
loading...

एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।

Don't Forget To Join US Our Community

pupup