हेलिकोप्टर चालक इटालियन नागरिक डाभिडा
र एयरलाइन्सका कर्मचारी दिलक श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ।
हेलिकोप्टरमा यात्रारत गोमा एयरका क्याप्टेनहरु यदि शेर्पा र प्रज्वल
भट्टराई तथा कर्मचारी गोविन्द लामा घाइते छन्। घाइतेमध्ये दुई जना सकुशल
छन्। ३ जनाको हुम्लामै उपचार भइरहेको फिसटेलका प्रमुख कार्यकारी अधिकृत
सुमन पाण्डेले जानकारी दिए। उनीहरुलाई घटनापछि नेपालगन्जदेखि गएको फिस्टेल
एयरको नाइन एन एजेआई हेलिकोप्टरले उद्धार गरी हुम्ला सदरमुकाम सिमिकोट
पुर्याएको हो।
दुर्घटनामा परेको हेलिकोप्टरको दर्ता इटालीमा छ।
यसको कलसाइन आइभी–आइईडब्लू हो। फिसटेलले एक वर्षका लागि 'वेट लिज'मा तीन
महिना अघि हेलिकोप्टर ल्याएको थियो। जहाज, चालक दल, मर्मत र बिमा सबै मालिक
कम्पनी रहने गरी जहाज भाडामा ल्याउनुलाई वेट लिज भनिन्छ।
तिब्बत मानसरोवर दर्शन गरेर फर्केका यात्रुलाई हिल्साबाट सिमिकोट ल्याउन उक्त हेलिकोप्टर त्यसतर्फ गएको थियो।
'आकस्मिक
अवरतण हो वा के कारण दुर्घटना भएको हो अझै पुष्टि भएको छैन,' प्रमुख
कार्यकारी पाण्डेले भने, 'हामी अनुसन्धान गरिरहेका छौं।'
यस्तो अवस्थामा पछिल्लो समय प्रधानमन्त्री शुसिल कोईरालाले सकभर आँफै प्रधानमन्त्री बन्ने दाउमा रहेको राजनीतिक बिश्लेषण गरिँदै आएको थियो । तर हिजो देखी उनले १६ बुँदे ताका भद्र राजनीतिक समझदारी भएको कुरा स्विकार गर्न थालेका छन । खासगरी केपी ओलीलाई एकिकृत नेकपा माओबादी लगाएत अन्य साना दलहरुले समेत स्विकार गरिसकेको र उनैको बहुमत पुग्ने अवस्था देखिन थालेको र कोईरालाले आफ्नो सम्भावना टर्दै गएको देखेपछि आफु प्रधानमन्त्री बन्न नचाहेको तथा १६ बुँदे ताका भद्र सहमती भएको स्विकार गरेपछि राजनीतिक बृत्तमा केपी ओली प्रधानमन्त्री बन्ने पक्का जस्तो देखिएको छ ।
प्रधानमन्त्री कोईरालाका निकटतस्थ स्रोतका अनुसार कोईराला कुनैपनि हालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने पक्षमा छैनन । सर्वसम्मतीबाट भए आँफै हुने यदी यसो हुन नसकेको अवस्थामा विगतको भद्र सहमति अनुरुप नै केपी ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छन । पछिल्लो समयमा ओलीकै पक्षमा माहौल बन्दै गएपछि कोईरालाले आँफु प्रधानमन्त्री नबन्ने र उसबेला भद्रसहमती भएको स्विकार्न थालेका छन । उता रामचन्द्र पौडेल आफु आसन्न महाधिबेशनबाट पाटी अध्यक्ष बन्ने सर्तमा शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्ने पक्षमा देखिएको कारण भद्र सहमती बारे आँफुलाई थाहा नभएको बोल्दै हिँडेका छन । जसजसले जेजे बोलेपनि केपी ओली प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको राजनीतिक बिश्लेषकहरुले व्यक्त गरेका छन । ओलीलाई प्रधानमन्त्री बनाउन एकिकृत नेकपा माओबादी, राप्रपा सहित झण्डै एकदर्जन दलहरुले औपचारिक अनौपचारिक रुपमा समर्थन गर्ने जनाई सकेका छन ।
केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भईसकेको भन्दै शक्ति बाँडफाँडको रस्साकस्सी पनि यतिबेला अन्तिम चरणमा प्रबेश गर्न लागेको प्रमुख दलका शिर्ष नेतृत्व निकटका स्रोतहरुले बताएका छन । स्रोतका अनुसार दलहरुका बिचमा राष्ट्रपति नेपाली कांग्रेसलाई, उपराष्ट्रपति तमलोपा, प्रधानमन्त्री नेकपा एमाले, सभामुख एकिकृत नेकपा माओबादी, उपसभामुख राप्रपा नेपाल, उपप्रधानमन्त्री नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी र फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको छ ।
यी पदहरुमा निम्नाअनुसार पात्रहरु रहने पनि मोटामोटी सहमती भईसकेको दलहरु निकटस्थ स्रोतले जनाएको छ :
राष्टपति : केबी गुरुङ्ग (नेपाली कांग्रेस)
उपराष्ट्रपति : महन्त ठाकुर (तमलोपा)
प्रधानमन्त्री :केपी ओली (नेकपा एमाले)
सभामुख : कृष्णबहादुर महरा (एकिकृत नेकपा – माओबादी)
उपसभामुख : (नाम चयन हुन बाँकी) राप्रपा नेपाल
उपप्रधान तथा गृहमन्त्री : कृष्ण प्रसाद सिटौला (नेपाली कांग्रेस)
उपप्रधान तथा भौतिक योजना मन्त्री : टोप बहादुर रायमाझी (एकिकृत नेकपा – माओबादी)
उपप्रधान तथा रक्षा मन्त्री :बिजयकुमार गच्छादार (फोरम लोकतान्त्रिक)
केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भईसकेको भन्दै शक्ति बाँडफाँडको रस्साकस्सी पनि यतिबेला अन्तिम चरणमा प्रबेश गर्न लागेको प्रमुख दलका शिर्ष नेतृत्व निकटका स्रोतहरुले बताएका छन । स्रोतका अनुसार दलहरुका बिचमा राष्ट्रपति नेपाली कांग्रेसलाई, उपराष्ट्रपति तमलोपा, प्रधानमन्त्री नेकपा एमाले, सभामुख एकिकृत नेकपा माओबादी, उपसभामुख राप्रपा नेपाल, उपप्रधानमन्त्री नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी र फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको छ ।
यी पदहरुमा निम्नाअनुसार पात्रहरु रहने पनि मोटामोटी सहमती भईसकेको दलहरु निकटस्थ स्रोतले जनाएको छ :
राष्टपति : केबी गुरुङ्ग (नेपाली कांग्रेस)
उपराष्ट्रपति : महन्त ठाकुर (तमलोपा)
प्रधानमन्त्री :केपी ओली (नेकपा एमाले)
सभामुख : कृष्णबहादुर महरा (एकिकृत नेकपा – माओबादी)
उपसभामुख : (नाम चयन हुन बाँकी) राप्रपा नेपाल
उपप्रधान तथा गृहमन्त्री : कृष्ण प्रसाद सिटौला (नेपाली कांग्रेस)
उपप्रधान तथा भौतिक योजना मन्त्री : टोप बहादुर रायमाझी (एकिकृत नेकपा – माओबादी)
उपप्रधान तथा रक्षा मन्त्री :बिजयकुमार गच्छादार (फोरम लोकतान्त्रिक)
झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनलाई अझ सशक्त र
प्रभावकारी बनाउन संघीय समावेशी मधेसी मोर्चाले मधेसका मागलाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । यसका लागि मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो ।' नेपालका आवासिय प्रतिनिधि मार्फत संघका महासचिव वानकी मुनलाई हस्ताक्षर पठाइने मोर्चाका अर्का नेता तथा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जनाए । 'सबै विदेशी कुटनीतिलाई साक्षी राखी हस्ताक्षर बुझाउँछौ,' पटेलले भने । विगत ५३ दिन देखि जारी मधेस बन्द र १३ दिनदेखिको नाकाबन्दीले पनि सरकारले आफ्ना माग बारे सुनवाई नगरेको मोर्चाले आरोप लगाएको छ । नाकाबन्दीका कारण पहाडसँगै मधेसका जनताको जनजीवन समेत कष्टकर बनेको छ । इन्धन, औषधि, खाद्यान्न लगायतका अतिआवश्यक वस्तुको अभाव चुलिएको छ । बन्दका कारण शैक्षिक गतिविधी ठप्प बनेको छ । विद्यार्थीको शैक्षिक भविष्य अन्योल बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । दासानायकेले मंगलबार नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका थिए । व्यक्तिगत कारण राजीनामा दिएको उनले बताए ।
एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य
धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालको सिफारिसमा १८ सभासद् मनोनयन गरेको हो । पहिल्यै तय गरेको बताएको एमाओवादीले भने नाम दिन सकेन । उसले कांग्रेस, एमाले पूर्व सहमति कार्यान्वयनमा इमान्दार नभएको भन्दै नाम नपठाएको जनाएको छ ।
कांग्रेस र एमालेले पहिलो संविधानसभामा 'काम देखाएका' राधेश्याम अधिकारी र अग्नि खरेलबाहेक सवै नयाँ अनुहार पठाएका छन् । राप्रपा नेपालले एकजनाको कोटामा अध्यक्ष कमल थापाका भाइ गणेश थापालाई सभासद् बनाएको छ ।
संविधानसभामा पाएको सिट संख्याका आधारमा कांग्रेसको भागमा ९, एमालेको भागमा ८ , एमाओवादीको भागमा ४, राप्रपा नेपालको भागमा १ र चार सभासद् साना दललाई दिइएको छ ।
एमालेबाट महासचिव ईश्वर पोखरेलकी पत्नी मिरा धुजू सभासद् भएकी छन् । उनी अखिल नेपाल महिला संघकी नेतृ हुन् । एमालेले एकजना बाहेक सवै केन्द्रीय नेता र विज्ञलाई पठाएको छ ।
कांग्रेसले पनि शिक्षाविद्, कानुनविद्सहित स्थानीय नेतालाई संविधानसभामा पुर्याएको छ । राधेश्याम अधिकारी कांग्रेसका पूर्वसभासद् तथा कानुनविद् हुन् ।
रामेछापका कांग्रेस नेता शिवबहादुर खड्का पूर्वजिविस सभापति हुन् । पुराना कांग्रेसी नेता खड्का भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमासमेत सहभागी थिए ।
मोरङका मजदूर नेता पुष्कर आचार्य पनि कांग्रेसबाट सभासद् भएका छन् । उनी कांग्रेस मजदुर संघको अध्यक्षमा पराजित भएका थिए ।
सभासदको सूची
कांग्रेसतर्फबाट
राधेश्याम अधिकारी
शिवबहादुर खड्का
पुष्कर आचार्य
रोशन बानियाँ
सुकदेव सुतिहार
रुक्मिणी कोइराला
सूर्यदेव दास
उमेश श्रेष्ठ
अनिलकुमार रुङटा
एमालेतर्फबाट
अग्नी खरेल
गंगा डाँडी
मिरा ध्वजु
पेम्बा भोटे
नरेश खरेल
राजन भट्टराई
पर्तमान धिमाल
राप्रपा नेपालबाट
गणेश थापा
स्वतन्त्रताका महानायक मृत्यु शैय्यामा
केही दिनयता नेल्सन मन्डेलाको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक छ। विश्वभरका मानिस उनको यथाशीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। कहिले उनलाई 'लाइफ सपोर्ट सिस्टम' (भेन्टिलेटर) मा राखिएको कुरा बाहिर आउँछ त कहिले उनको स्वस्थ्य स्थितिमा सुधार आएको, उनीबारेका खबर पनि भयले धर्मराइरहेको भान हुन्छ। भ्रामक समाचारबाट उनको परिवार झन् आहत छ। छोरी मकाजिवीले मिडियालाई 'गिद्द' भनेकी छन्।
मन्डेलाकी भाउजू नोथेम्बा हरेक बिहीबार अन्य महिलासाथ प्रार्थना गर्न नजिकैको चर्च जान्छिन्। मन्डेलाको पारिवारिक नाम लिँदै उनी भन्छिन्, 'हामी माडिबालाई भगवानसँग जोड्न चाहन्छौं। हामीलाई विश्वास छ, यसो गर्दा भगवानले उनलाई चाँडै निको पार्नेछन्।'
बाराक ओबामा सन् २००५ मा जब अमेरिकाको सिनेटर निर्वाचित भए, मन्डेलाको कार्यक्रममा सहभागी हुन जान लागेका सहयोगीले उनलाई मन्डेलाका लागि सन्देश लेख्न सुझाए। आफ्ना आदर्श नेतालाई सन्देश पठाउने अवसर पाएकोमा रोमान्चित हुँदै उनी लेख्न त बसे, तर लामो समय सिध्याउन सकेनन्। स्टुडियोको ब्याकरुम छिरेर हेरिरहेका प्रवक्ता रोबर्ट गिब्सलाई ओबामाले कलम उचाल्दै भने, 'म मन्डेलालाई सन्देश लेख्दैछु, त्यसैले थप केही समय चाहिन्छ।'
सन् २००५ मा ओबामा र मन्डेलाको पहिलो भेट भयो। ओबामा अमेरिकी राष्ट्रपति भएपछि पनि मन्डेलासँग भेट्न निकै उत्सुक थिए। शुक्रबारबाट उनको दक्षिण अफ्रिका भ्रमण सुरु भएको छ। पत्नी मिसेलले शुक्रबारै मन्डेलालाई भेटिसकिन्, ओबामा कुनु जानेछन्/छैनन्, यसै भनिएको छैन।
मन्डेलाको स्वास्थ्य स्थितिबाट भने उनी निकै दुःखी छन्। ओबामा र मन्डेला दुवै आफ्नो पुस्ताका काला जातिका पहिलो राष्ट्रपति हुन्। दुवै देशमा गहिरो रंगभेद थियो।
ओबामाझैँ संसारका धेरै नेता मन्डेलाको व्यक्तित्वबाट प्रभावित छन्। उनले दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि गरेको राजनीतिक संघर्ष सबैका लागि प्रेरणा बनेको छ। उनले संघर्षका क्रममा २७ वर्ष जेलजीवन बिताए, कहिल्यै सिद्धान्तसँग सम्झौता गरेनन्। सबैभन्दा बढी जेल बसेका नेता मन्डेलालाई दक्षिण अफ्रिकाभर शान्ति स्थापनाको श्रेय दिइन्छ। रंगभेदका लागि अफ्रिकी कंग्रेसमा हतियारसहितको दस्ता पनि उनैले खडा गरेका थिए।
उनले प्रजातन्त्र र रंगभेदविरुद्ध गरेको संघर्षलाई संसारभर सराहना गरिन्छ। संघर्ष र सिद्धान्तप्रतिको निष्ठाका कारण उनी केवल व्यक्ति नभएर विचारका रुपमा स्थापित छन्।
मन्डेलाको जीवन
रोल्हिलाला मन्डेलाको जन्म सन् १९१८, १८ जुलाईका दिन दक्षिण अफ्रिकाको मेभेज्जोको तार्नस्कि भन्ने ठाउँमा भएको हो। उनका पिता नकोस्की मन्डेला उतिबेलाका थेम्बु समुदायका राजा जोन्गिन्तबा डालिनडाइबुका काउन्सुलर थिए। उनका पिता आफ्नो समुदायको नेता हुने पक्का थियो। तर, त्यहाँको स्थानीय म्याजिस्ट्रेटसँगको मनमुटावपछि उनले सबै पद र प्रतिष्ठा गुमाउनुपर्यो। लगत्तै मन्डेला परिवार कुनु बसाइँ सर्यो। सानो गाउँ कुनु पुग्ने बाटोसमेत थिएन।
मन्डेलाको जीवन गाउँका सामान्य गरिब परिवारको भन्दा भिन्न थिएन। पिताका एक साथीको सुझावमा स्थानीय चर्चमा उनलाई क्रिस्चियन बनाइयो। मन्डेला आफ्नो परिवारका स्कुल जाने पहिलो बच्चा थिए। त्यतिबेला रंगभेद र ब्रिटिस राजका कारण काला जातिका मान्छेले पढ्नु त्यति सहज थिएन। स्कुलका शिक्षकले उनको पहिलो नाम परिवर्तन गरेर 'नेल्सन' राखिदिएका थिए।
मन्डेला नौ वर्ष हुँदा बाबुको फोक्सो रोगले निधन भयो। त्यसपछि उनको जीवनमा नसोचेको परिवर्तन आयो। उनलाई थेम्बुका राजा जोन्गिन्तबाले धर्मपुत्र बनाए। उनी राजा बन्नुमा मन्डेलाका बाबुको ठूलो योगदान थियो। मन्डेलाको जीवन अब कुनुको सानो गाउँबाट थेम्बुको राजधानी म्याख्खिक्विजिनीस्थित दरबारमा सर्यो। मन्डेलालाई राजाले उनका अन्य सन्तानझैँ समान अवसर र स्थान दिए। उनको जीवन सहज हुन थाल्यो र पढाइ सुचारु।
जुन दिन उनी राजदरबार प्रवेश गरे, उनलाई थेम्बुको ठूलो अधिकृत बन्न योग्य बनाउने हिसाबले विशेष रेखदेख गर्न थालियो। उनी वेस्लिन मिसन स्कुल, क्लार्कबुरी बोर्डिङ इन्स्टिट्युट हुँदै वेस्लिन कलेज पुगे। विद्यार्थी जीवनमा उनको रुचि बक्सिङ र एथ्लेटिक्समा पनि थियो। स्कुलमा धेरैले गाउँले बच्चा भनेर हेप्थे, तर, उनी छिट्टै घुलमिल हुने स्वभावका थिए।
सन् १९३९ मा उनी फोर्ट हेयर विश्वविद्यालय भर्ना भए। त्यसबेला फोर्ट हेयरलाई अफ्रिकाको अक्सफोर्ड वा हार्वड विश्वविद्यालयसँग तुलना गरिन्थ्यो। उनी त्यहाँ कानुन अध्ययन गर्न थाले। सरकारी कार्यालयमा अनुवादक वा कारिन्दा बन्ने उनको इच्छा थियो। त्यसबेला काला जातिका मान्छेले पाउने सबैभन्दा ठूलो अवसर नै त्यही थियो। फोर्ट हेयरको दोस्रो वर्षमा उनी त्यहाँको विद्यार्थी प्रतिनिधि परिषद नेतामा निर्वाचित भए। तर, अधिकांश विद्यार्थीले उक्त निर्वाचन बहिस्कार गरेका थिए। निर्वाचित भए पनि अन्य विद्यार्थीको दबाबमा उनले राजीनामा दिए। त्यस कदमले विश्वविद्यालय प्रशासन उनीसँग रुष्ट भयो र एक वर्ष निलम्बन गरिदियो। त्यो खबरले राजा पनि उनीसँगै रिसाए।
मन्डेला ऐनमौकामा घर फर्किए। जोन्गिन्तबाले उनको बिहे छिनिदिए। बिहे गर्ने मन नभएकाले उनी त्यहाँबाट भागे र जोहानसबर्ग छिरे। मन्डेलाले त्यहाँ गार्डदेखि कारिन्दासम्मको काम गरे र सँगै स्नातक सके। स्नातकोत्तर पढ्न उनी विटवाटरस्य्रान्ड विश्वविद्यालय भर्ना भए।
सँगसँगै उनी सन् १९४२ मा अफ्रिकी राष्ट्रिय कांग्रेसको सदस्य बनेर रंगभेदी आन्दोलनमा सहभागी हुन थाले। कांग्रेसभित्रकै केही युवा मिलेर अफ्रिकी राष्ट्रिय कांग्रेस युवा संगठनको पनि गठन गरे। उनीहरूको पहिलो उद्देश्य भनेको कांग्रेसको व्यापक संगठन विस्तार गर्नु थियो। संगठन विस्तारसँगै गरिब र पिछडिएकाको साथ पाइन्छ भन्ने उनीहरूको विश्वास थियो। सुरुमा कांग्रेसको शान्तिपूर्ण आन्दोलनकै समर्थन गरे उनीहरूले। तर, सन् १९४९ मा उनीहरूले अन्य प्रकारको सरकारविरोधी आन्दोलन पनि गर्न थाले। त्यसअन्तर्गत उनीहरूले अवज्ञा, बन्द र सरकारलाई असहयोग गर्ने आन्दोलनको पनि सुरु गर्न थाले। उनीहरूको मुख्य माग थियो– काला जातिलाई पनि पूर्ण नागरिकता, भूमि पुनर्वितरण, टे्रड युनियनको अधिकार र सबैका लागि निशुल्क शिक्षा।
मन्डेलाले लगातार २० वर्ष दक्षिण अप्रिकी सरकारविरुद्ध रंगभेदविरोधी शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे। सन् १९५६ मा उनीसहित १ सय ५० अभियन्ता पक्राउ परे। लगत्तै कांग्रेसको अर्को खेमाको पनि उत्पत्ति भयो जसको शान्तिपूर्ण आन्दोलनप्रति कुनै विश्वास थिएन। कांग्रेस कमजोर हुँदै जान थालेपछि मन्डेलाले पनि सशस्त्र आन्दोलन नै गर्नुपर्ने ठाने र सरकारविरुद्ध सन् १९६१ मा गुरिल्ला युद्ध सुरु गरे। तीनदिने मजदुर हडताल भयो उनकै नेतृत्वमा। उनी त्यहीँ पक्राउ परे र पाँच वर्ष कैदसजाय सुनाइयो। उनीलगायत १० जनालाई राज्यविरुद्ध अपराधमा आजीवन कारावास पठाइयो।
मन्डेलालाई दक्षिण अफ्रिकाको रोब्बेन टापुस्थित जेलमा राखिएको थियो। उनले त्यहाँ धेरै कष्ट झेल्नुपर्यो। त्यहीँ उनमा क्षयरोगले भेट्यो। २७ वर्षे लामो जेलजीवनमा उनले १८ वर्ष त्यही जेलमा बिताएका थिए।
सन् १९८१ मा ब्रिटिस सरकारको गुप्तचर विभागले मन्डेलालाई सरकारले विभिन्न बहानामा मार्न खोजेको कुरा बाहिर आएपछि एकाएक अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान उनीतर्फ आकर्षित भयो। उनले त्यसको भरपुर फाइदा उठाए र दक्षिण अफ्रिकी सरकारलाई दबाब दिने काम गरिरहे। उनलाई जति नै यातना दिए पनि उनले कहिल्यै कुनै कुरामा पनि सम्झौता गरेनन्। तत्कालीन राष्ट्रपति पी. डब्लु बोथाले मन्डेलासँग वार्ता गर्न रोब्बेनबाट पोल्समुर जेलमा स्थानान्तरण गरे। तर, उनीहरूबीचको वार्ता कहिल्यै निष्कर्षमा पुग्न भने सकेन। पछि, बोथाको स्वास्थ्य स्थिति खराब भएकाले फेडरिक विलियल डे क्लार्क राष्ट्रपति बने। क्लार्कले उनीसँग सम्बन्ध सुधार गर्न सन् १९९० मा जेलमुक्त गरे। कांग्रेसमाथि लागेको प्रतिबन्ध पनि फुकुवा गरे।
सन् १९९१ मा मन्डेला कांग्रेस सभापति बने। अन्तर्राष्ट्रिय समुदायको साथ उनलाई थियो। त्यसैको फाइदा उठाउँदै उनले सरकारलाई दबाब दिने काम जारी राखे। सन् १९९३ मा सरकार र कांग्रेसबीच सम्झौता भयो र सम्पूर्ण आन्दोलन स्थगित गरियो। सोही वर्ष राष्ट्रपति क्लार्क र मन्डेलालाई संयुक्त रुपमा नोबल शान्ति पुरस्कार प्रदान गरियो। सन् १९९४ अप्रिल २७ का दिन पहिलो प्रजातान्त्रिक निर्वाचन अफ्रिकामा सम्पन्न भयो। ७७ वर्षको उमेरमा मन्डेला दक्षिण अफ्रिकाको पहिलो काला जातिका राष्ट्रपति निर्वाचित भए।
त्यसपछि उनले देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि धेरै महत्त्वपूर्ण काम गरे। उनले देशमा भत्किएको राष्ट्रियता जोड्न खेलकुदलाई हतियार बनाए। सन् १९९६ मा अफ्रिकाको नयाँ संविधान बनाए। अत्यन्तै सक्रिय जीवन बिताएका उनले सन् १९९९ को आमनिर्वाचन अगाडि राजनीतिक जीवनबाट संन्यासको घोषणा गरे र सन् २००४ मा सम्पूर्ण सार्वजनिक जीवनबाट समेत संन्यास घोषणा गरे र आफूले बाल्यकाल बिताएको गाउँ कुनु फर्किए।
सबै काम छाडेर संन्यास लिए पनि मानवअधिकार, महिलाअधिकार, प्रजातन्त्रको लडाइँमा लागेका सबै आन्दोलन र अभियानको निरन्तर समर्थन गरिरहे। उनले प्रजातन्त्र र रंगभेद हटाउन गरेको संघर्ष र योगदानको कदर गर्दै सन् २००९ देखि उनको जन्मोत्सवलाई 'मन्डेला डे' का रुपमा संसारभर मनाउने गरिएको छ।
(एजेन्सीको सहयोगमा)
फिसटेलको हेलिकोप्टर दुर्घटना, एकको मृत्यु, पाँच घाइते
काठमाडौं — फिसटेल एयरले एक वर्षका लागि
भाडामा ल्याएको हेलिकोप्टर बुधबार दिउँसो हुम्लाको मुचु गाविस–७ नुनकोटमा
दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित पाँचजना घाइते
भएका छन्। दुर्घटनामा नेपाल नागरिक उड्ययन प्राधिकरणको हुम्लास्थित
कार्यालयका प्रमुख टेकबहादुर पादलीको मृत्यु भएको हुम्ला जिल्ला प्रहरी
कार्यालयका डिएसपी बिजय थापाले बताए।
''यस वर्षको एसएलसीमा उत्कृष्ट नतिजा ल्याउनेहरु''
२९ जेठ,भक्तपुर -भक्तपुरकी सरूको ९३.५यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा भक्तपुरकी सरू श्रेष्ठ उत्कृष्ट नम्बर ल्याउन सफल भएकी छन् । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परीक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी हुन् ।'
थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीबाट परीक्षा दिएकी उनले ८ सय पूर्णांकमा ७ सय ४८ अंक ल्याएको सो विद्यालयले जनाएको छ । ‘हाम्री विद्यार्थी सरू श्रेष्ठले ७ सय ४८ अंक ल्याएकी छन्,’ ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइरालाले राजधानीसँग भने । उनले यो अंक नेपाल टप भएको दाबीसमेत गरे ।'
‘सरू सानैदेखि मेहनती र लगनशील थिइन्,’ प्रिन्सिपल कोइरालाले भने । प्रकाशित परीक्षाफलअनुसार सरू श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, अनिवार्य गणितमा ९७, विज्ञानमा ९३, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा वातावरणमा ९७, ऐच्छिक गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छन् । सो विद्यालयबाट एसएलसी परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये १७ जना विशिष्ट श्रेणी, २३ जना प्रथम श्रेणी र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका पनि कोइरालाले बताए ।
बुटवलका सौरभको ९३.३७'
बुटवलस्थित न्यू होराइजन विद्यालयका सौरभ न्यौपाने (०४८२६०८२) सात सय ४७ नम्बर (९३ दसमलव ३७ प्रतिशत) प्राप्त गरेका छन् । सोही विद्यालयकी ०४८६०६६थ् की छात्रा आयुष्मा अर्यालले ७३१
(९१.३७ प्रतिशत) र सि.नं.०४८५९२०ँ की छात्रा प्रिया क्षेत्रीले ७३० (९१.२५ प्रतिशत) प्राप्त गरेका छन् ।
६ पटकसम्म क्षेत्रीय शिल्ड हासिल गरेको सो विद्यालयले १ सय २९ जना विशिष्ट श्रेणी, २०२ जना प्रथम श्रेणी र २ जना द्वितीय श्रेणी प्राप्त गरेको छ । १४ भन्दा बढीले ९० प्रतिशत भन्दा बढी प्रतिशत ल्याएका छन् ।
पर्साकी आँचलको ९२.१२'
एसएलसीमा राम्रो नतिजा ल्याउन राजधानीकै प्रतिष्ठित बोर्डिङ स्कुलमा पढ्नुपर्छ भन्ने मान्यतालाई वीरगन्जकी छात्राले चुनौती दिएकी छन् । वीरगन्ज उपमहानगरपालिका–१५ की आँचल चौधरीले मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजामा ९२ दशमलव १२ प्रतिशत ल्याई मोफसलको इज्जत माथि उकासेकी हुन् ।'
आँचलले वीरगन्ज–१५ स्थित एक सामान्य अवस्थाको विद्यासदन (बोर्डिङ) माविबाट एसएलसी परीक्षा दिएकी हुन् । आँचलले नर्सरीदेखि नै सोही स्कुलमा अध्ययन गरेकी थिइन् ।‘आँचलले उत्कृष्ट अंक ल्याई हाम्रो स्कुलको मात्रै होइन, सिंगै तराई र मोफसलको प्रतिष्ठा माथि उठाएकी छन्,’ विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले राजधानीसँग भने, ‘खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई आँचलले चरितार्थ पारिदिएकी छन् ।’ विद्यालयकै सबैभन्दा मेहनती, जिज्ञासु र आज्ञाकारी छात्रा आँचललाई लरतरो शिक्षकले पढाउनै नसक्ने अनुभव पनि गुरुङले सुनाए '।
प्रत्येक दिन ५–६ घन्टा अध्ययन गर्ने बताउने आँचलले २०६५ सालमा काठमाडौंमा कोयस्ट नेपालले गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान ल्याएको र स्थानीय तथा क्षेत्रीय स्तरका हाजिरीजवाफ तथा वतृत्वकला प्रतियोगितामा कसैलाई जित्न नदिएको अनुभव पनि गुरुङले राजधानीलाई सुनाए । उत्कृष्ट अंक ल्याउने आँचलका बुबा–आमा दुवै जिल्लाको सामुदायिक विद्यालयका शिक्षक हुन् । आमाबुवा दुवै शिक्षक भए पनि पारिवारिक अवस्था कमजोर रहेकाले उनलाई कक्षा–३ देखि विद्यालयले नै निःशुल्क पढाउँदै आएको थियो । '
घरको अवस्था र उनको लगन देखेर उनलाई कक्षा–३ देखि निःशुल्क पढाएको प्रअ गुरुङले बताए ।
भविष्यमा एरोस्पेस इन्जिनियर पढ्ने इच्छा रहेको बताउने आँचललाई अहिले बधाईको ओइरो लाग्न थालेको छ तर उनमा भने अलिकति पनि घमण्ड छैन । आँचलको डेरामा राजधानीकर्मी पुग्दा उनी सामान्य अवस्थामा रहेकी थिइन् । ‘मेहनत गरेर पढेको थिएँ, फल पनि मिठै पाइयो,’ आँचलले भनिन् । रासस'
