महिलालाई कामदारका रुपमा विदेश जान प्रतिवन्ध
loading...
काठमाडौं । सरकारले नेपाली महिलाहरुलाई
कामदारको रुपमा विदेश जान दिने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
नेपाली महिलाहरुमाथि बैदेशिक रोजगारीमा बढ्दो दुव्र्यवहार हुन थालेपछि
सरकारले महिलाहरुलाई तत्कालका लागि विदेश पठाउने काममा रोक लगाउने निर्णय
गरेको हो ।
सरकारले पुर्वाधार तयार नभएसम्मको लागि
स्थगित गरेको जनाएको छ । सरकारले सबै मुलुकमा श्रम सहचारी नियुक्ती
गरेपछिमात्र महिला कामदार विदेश पठाउने जनाएको छ । नेपालबाट अहिले जम्मा ६
मुलुकमा मात्र श्रम सहचारी नियुक्त भएका छन् । वैदेशिक रोजगार ऐन अनुसार
पाँच हजार नेपाली भएको मुलुकमा अनिवार्य श्रम सहचारी नियुक्त गर्ने
प्रावधान रहेको छ । जसमा १ हजार महिला कामदार भएका मुलुकमा महिला
श्रमसहचारी नियुक्त गर्नुपर्ने प्रावधान छ ।
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले
गरेको निर्णय बमोजिम परराष्ट्र मन्त्रालयले तत्काल महिला कामदार विदेश
नपठाउन पत्र पठाएको हो । तर सरकारको यो निर्णय वैदेशिक रोजगार ऐन २०६४ को
दफा ८ विपरित छ । सो दफामा लिंगका आधारमा वैदेशिक रोजगारीमा विदेश नगर्ने
उल्लेख छ । हाल नेपाली महिलाहरु इजरायल, लेवनान, कुवेत, कतार, युएइ,
बहराइन, मलेसिया, साउदी अरेबिया आदि नेपाली महिलाका वैदेशिक रोजगारीका
प्रमुख गन्तव्य मुलुक हुन् । बिशेष गरी नेपाली महिला कामदारहरुले खाडी
मुलुकमा घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका समस्या भोग्दै आएका छन् ।
Don't Forget To Join US Our Community