दुई सय प्रतिशत दिन तयार छु : पुबुदु
loading...
काठमाडौं- पुबुदु दासानायके नेपाल
फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम
हुन्छ। धेरैजसो फर्काइमा कुनै
न कुनै सफलता
साथमै ल्याउँथे उनी।
त्यही भएर विमानस्थलमा उनका
लागि भिड लाग्नु
सामान्य भइसक्यो। बिहीबार फर्कदा भने उनीसँग
नेपाली क्रिकेट टोली
साथमा थिएन। थिए
त स्वागतमा तिनै
खेलाडीहरू।
दुई महिनापछि काठमाडौं आएका
प्रशिक्षक दासानायेको स्वागतमा कप्तान पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरू विमानस्थल पुगेका
थिए। नेपाली क्रिकेटको अन्योलतामा दासानायके जेठ
तेस्रो साता क्यानाडा गएका
हुन्। आफ्नो अनुबन्धन नेपाल
क्रिकेट संघ (क्यान) ले
नवीकरण गर्न तत्परता नदेखाएको भन्दै
उनी फर्किएका थिए।
तत्कालीन अवस्थामा क्यानलाई अन्तर्राष्ट्रिय
क्रिकेट परिषद (आइसिसी) र
एसियाली क्रिकेट परिषद (एसिसी) ले
आर्थिक प्रतिबन्ध लगाएकाले संघमा
कुनै रकम नरहेका
कारण क्यानले दासानायकेलाई नबोलाउने निर्णय
गरेको थियो।
कप्तान खड्काले क्यानले बहानाबाजी गरेको भन्दै दासानायके नआए क्रिकेट नखेल्ने घोषणा गरेपछि सरकारले दासानायकेको सम्पूर्ण खर्च बेहोरिदिने निर्णय गरेको थियो। युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू नेपाल फर्किएको दासानायकेले बताए। तर क्यानले दासानायकेको विषयमा मन्त्रालयले अहिलेसम्म कुनै जानकारी नगराएको बताउँदै आएको छ।
'मन्त्रालयले मलाई एक वर्षको प्रस्ताव गर्दै सम्झौता पठाएको थियो, म नियमित मन्त्रालयको सम्पर्कमा थिएँ, मैले कसरी काम अगाडि बढाउने हो त्यो मन्त्रालयले निर्णय गर्छ,' दासानायकेले भने, 'मलाई लाग्छ यो सबै अन्योल चाँडै अन्त हुनेछ। म चाँडै मन्त्रालयका अधिकारीसँग भेट्दै छु। मन्त्रालयले मलाई एसियाडदेखि नै टोली हेर्नु भनेको छ। सबै विवरण मलाई थाहा छैन।'
दासानायकेको सम्झौता सकिएयता क्यानले भने अर्को महिना हुने एसियाली खेलकुदका लागि अरुण अर्याललाई पुरुष टोली र नवीन सिंहलाई महिला टोलीको जिम्मेवारी दिएको थियो। राष्ट्रिय खेलकुद परिषदको निर्देशनपछि अहिले अर्यालले महिला टोली र जगत टमाटाले पुरुष टोली हेरिरहेका छन्। सिंहलाई वैकल्पिकमा राखिएको छ।
क्यानाडा फर्किएपछि आफूलाई क्यानले कुनै सम्पर्क नगरेको दासानायकेले बताए। 'म मात्र नभई खेलाडी पनि ठूलो होइन, हामी सबैले नेपाली क्रिकेटबारे सोच्नुपर्छ। म यहाँ नेपाली क्रिकेट लागि कार्य गर्न आएको हुँ। यदि पद्धतिले मलाई स्वीकार्छ भने म दुई सय प्रतिशत दिनेछु।'
कप्तान खड्काले दासानायकेलाई जुन व्यवहार गरिएको छ, त्यो भन्दा बढी हकलाग्दो भएको बताए। 'नेपालमात्र यस्तो राष्ट्र होला जहाँ राम्रो नतिजा ल्याइएका प्रशिक्षक चाहिँदैन भनेर पठाइएको थियो। उनलाई फर्काउदिन भन्नुको पछाडि कुनै तर्क छैन,' पारसले दासानायकेबारे भने, 'नेपाली क्रिकेट जहाँ उभिएको छ, त्यसको मुख्य कारण उहाँ नै हो। उहाँ फर्किदा हामी निकै खुसी छौं। यसले हाम्रो आत्मविश्वास बढाउनुका साथै प्रोत्साहन मिलेको छ।'
पारसले आउँदा दिनमा प्रशिक्षकको समस्या समाधान हुने विश्वास व्यक्त गरे। मन्त्रालयले क्यानलाई प्रशिक्षकबारे जानकारी गराएपछि विवाद टुंगिने विश्वास उनको थियो। 'आशा गरौं, मन्त्रालयले क्यानलाई पत्र पठाउने छ। बोर्डले नै संघ चलाउँछ भन्नेमा कुनै शंका छैन,' पारसले भने, 'मन्त्रालयले प्रशिक्षकका लागि सबै व्यवस्था गरिदिएको छ। नेपाल क्रिकेट संघले मात्र क्रिकेट सञ्चालन गर्न पाउने अधिकार छ। यो सबैको जित हो।'
लक्ष्य डिभिजन ३ र २
दासानायकेले आफ्नो ध्यान डिभिजन ३ र २ मा हुने बताए। डिभिजन ३ अक्टोबर २६ देखि युगान्डाको काम्पालामा हुनेछ। डिभिजन ३ मा नेपाल र आयोजक युगान्डासहित अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ मा उक्लने छ। डिभिजन २ नामिबियामा जनवरीमा हुनेछ, जहाँ आयोजकसहित केन्या, नेदरल्यान्ड्स र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्।
'यो नेपालका लागि महत्वपूर्ण प्रतियोगिता हो। आउँदो चार महिनामा यदि हामी योजना बनाउन चुक्यौं भने नेपाली क्रिकेट कम्तीमा तीनवर्ष पछाडि पर्नेछ,' दासानायकले भने, 'त्यसैले डिभिजन २ मा पुग्न हामीले आउँदो १–२ महिनामै सबै तयार गर्नुपर्छ।'
डिभिजन ३ का लागि उनले नेपाललाई नै दाबेदार माने। अघिल्लो वर्ष बर्मुडामा भएको डिभिजन ३ जित्दै नेपाल विश्वकप छनोटमा उक्लिएको थियो। तर जनवरीमा न्युजिल्यान्डमा भएको विश्वकपमा छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि नेपाल रेलिगेसनमा परेर डिभिजन ३ मा झरेको थियो।
'डिभिजन ३ का लागि हामी उत्कृष्ट टोली हौं। डिभिजन २ मा उक्लनेमा म विश्वस्त छु। तर डिभिजन २ ठूलो चिन्ता पनि हो। नेदरल्यान्ड्स, केन्या, नामिबिया ४–५ वर्षदेखि एकदिवसीय खेलिरहेका छन्। हामीले त्यही भएर गएको ३ महिनामा अझ राम्रो गर्न सक्नुपर्थ्यो,' दासानायकेले भने, 'सबै टोलीले आफ्नो स्तर बढाएका छन्। डिभिजन २ का लागि हामीले विशेष कार्यक्रम ल्याउनुपर्छ। मेरो चिन्ता यसैमा छ। यो प्रतियोगितामा हाम्रा खेलाडीले आफ्नो स्तर उकास्नुपर्छ।'

Don't Forget To Join US Our Community