प्रशिक्षणमा २४ खेलाडी
loading...
काठमाडौ,
विश्व क्रिकेट लिग डिभिजन-३ का लागि पहिलो चरणको बन्दप्रशिक्षणमा आइतबार २४ खेलाडी चयन भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काको कप्तानीमा चयन गरेको टिमको प्रशिक्षण बुधबार सुरु हुनेछ। नेपाली टिम दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदमा सहभागी हुनका लागि अहिले प्रशिक्षण लिइरहेको छ। अहिलेका र थप ६ खेलाडीलाई संयुक्त रूपमा प्रशिक्षण दिइने प्रशिक्षक जगत टमाटाले जानकारी दिए।
डिभिजन-३ अक्टोबर २६ देखि नोभेम्बर २ सम्म युगान्डामा हुनेछ। तर, अहिले अफ्रिकी देशहरूमा देखिएको इबोला भाइरसका कारण युगान्डामा प्रतियोगिता सञ्चालन हुनेमा शंका छ।
अहिले एसियाडका लागि ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, सोमपाल कामी, महबुब आलम र वसन्त रेग्मीले तयारी गरिरहेका छन्। त्यस्तै, भुवन कार्की, जितेन्द्र मुखिया, प्रदीप ऐरी, रामनरेश गिरी र नरेश बुढाऐर पनि एसियाडको प्रशिक्षणमा छन्। त्यस्तै वैकल्पिकमा राहुल विश्वकर्मा, पुष्प थापा र मन्जित श्रेष्ठ छन्। शरद भने लिग क्रिकेट खेल्न अमेरिकामा छन्। आरिफ शेख, महेश क्षेत्री, अनिल मण्डल, अविनाश कर्ण, अमृत भट्टराई र यज्ञमान कुमाल डिभिजन-३ का लागि प्रारम्भिक टिममा छन्।
पहिलो खेल कुवेतविरुद्ध
काठमाडौं- एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ। समूह 'बी' मा रहेको नेपालले सेप्टेम्बर २७ मा कुवेत र सेप्टेम्बर २८ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै सेप्टेम्बर २९ मा हुने अन्तिम खेलमा कुवेत र माल्दिभ्स भिड्नेछन्। समूहका शीर्ष दुईमा रहने टिमले क्वाटरफाइनलमा प्रवेश पाउने छन्। त्यस्तै समूह 'ए' मा चीन, मलेसिया र दक्षिण कोरिया छन्।
एसीसीका टेस्ट र वान-डे मान्यताप्राप्त श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङले सीधै क्वाटरफाइनलमा स्थान पाएका हुन्। नेपालले समूहविजेता भएमा अफगानिस्तान र उपविजेता भएमा क्वाटरफाइनलमा बंगलादेशको सामना गर्नेछ।

Don't Forget To Join US Our Community