टिपर तेर्स्याएर अवरुद्ध पारिएको बानेश्वर-कोटेश्वर बाटो खुलाइयो
loading...
काठमाडौ,
ट्रक र टिपर तेस्र्याएर अवरुद्ध पारिएको बानेश्वर-कोटेश्वर सडक प्रहरीले १
बजेबाट खुलाएको छ । क्रेनको सहायताले बाटोमा राखिएको टिपरहरु हटाएर बाटो
खुलाइएको हो । काठमाडौंका सिडिओ वसन्तराज गौतम, प्रहरी प्रमुख एसएसपी
उत्तमकुमार कार्की सहितको टोली सक्रिय भएर बाटो खुलाइएको हो । बिहान ९
बजेदेखि रोकिएको सवारी साधन सञ्चालन हुन थालेको छ । तीनकुनेबाट गौशाला
तर्फको बाटो अझै खुलाइएको छैन । ट्रक तथा टिपर व्यवासायी महासंघले ढुंगा
गिट्टीको सहज निकासीको माग राख्दै आन्दोलन थालेको हो ।
बानेश्वर प्रहरी वृतका डिएसपी रमेशकुमार तामाङले बानेश्वर-कोटेश्वर सडकमा राखिएको २०/२२ वटा टिपरलाई हटाएर बाटो खुलाइएको बताए । उनले गौशाला तर्फको खुलाउने प्रयास भइरहेको जनाएका छन् । उनका अनुसार २० बढी यातायात व्यवसायीलाई नियन्त्रणमा लिइएको छ ।

Don't Forget To Join US Our Community