प्रत्येक संस्थाले ४ लाख १५ हजार ६ सय
८८ रुपैयाँ पाएका छन्। यतीबाट जारी भएका प्रत्येक टिकटबाट ४ रुपैयाँ
छुट्ट्याइएको र त्यसबाट ती संस्था प्रत्येकले एक–एक रुपैयाँका दरले पाएका
हुन्।
यतीका अनुसार सन् २००६ बाट सुरु गरिएको यही कार्यक्रमअन्तर्गत
हालसम्म विभिन्न सामाजिक संघसंस्थालाई १ करोड ६ लाख ७९ हजार ८ सय ४
रुपैयाँ दिइसकिएको छ। टेवा, ओसिड, माइती नेपाल, नेपाल लेप्रोसी रिलिफ,
नेपाल ग्लउकोमा आइ क्लिनिक, सेवा केन्द्र लेप्रोसी, हेल्पलेस चिल्ड्रेन
वेलफेयर मिसनलगायतले उक्त रकम पाएका हुन्।
यसबाहेक कम्पनीले एक
महिनाअघि जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल भवन निर्माणका लागि १० लाख
रुपैयाँ सहयोग पनि गरेको थियो। त्यसै गरी कम्पनीले सुदूरपश्चिमाञ्चल
क्षेत्रमा एक वर्षदेखि 'ग्रिन प्रोजेक्ट' सञ्चालन गरिरहेको छ। यसअन्तर्गत
काठमाडौं–धनगढी–काठमाडौं र काठाडौं–नेपालगन्ज–काठमाडौं रुटमा एकतर्फी
प्रतिटिकट २० र दुईतर्फी ४० रुपैयाँ छुट्ट्याइरहेको छ। यो रकबाट त्यस
क्षेत्रका विभिन्न सामुदायिक वनमा हालसम्म १ लाख ५० हजार वृक्षरोपण
गरिसकेको छ।
यतीले सातवटा जेटस्ट्रिम–४१ जहाजबाट माउन्टेन फ्लाइट,
पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज, जनकपुर, धनगढी, भरतपुर र
तुम्लिङटारका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ।
कम्पनीले ती सबै सेक्टरका उडानमा अपांगलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५, बालबालिकालाई ३३ र शिशुलाई ९० प्रतिशत छुट दिएको छ।
चार संस्थालाई यतीको साढे १६ लाख
loading...
चार संस्थालाई यतीको साढे १६ लाख
काठमाडौं — निजी क्षेत्रको आन्तरिक वायुसेवा
कम्पनी यती एयरलाइन्सले 'संस्थागत सामाजिक उत्तरदायित्व' अन्तर्गत चार
सामाजिक संस्थालाई साढे १६ लाख रुपैयाँ प्रदान गरेको छ। यतीले सेभ द
चिल्ड्रेन, युनाइटेड मिसन टु नेपाल, केयर नेपाल र नेपाल रेडक्रसलाई १६ लाख
६२ हजार ७ सय ५२ रुपैयाँ प्रदान गरेको हो। सोमबार आयोजित कार्यक्रममा यतीका
नायब प्रबन्ध निर्देशक तथा क्याप्टेन नोर्बुछिरिङ शेर्पाले ती संस्थाका
प्रतिनिधिलाई उक्त रकमबराबरको चेक प्रदान गरे।
Don't Forget To Join US Our Community