''यस वर्षको एसएलसीमा उत्कृष्ट नतिजा ल्याउनेहरु''
loading...

''यस वर्षको एसएलसीमा उत्कृष्ट नतिजा ल्याउनेहरु''

२९ जेठ,भक्तपुर -भक्तपुरकी सरूको ९३.५
यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा भक्तपुरकी सरू श्रेष्ठ उत्कृष्ट नम्बर ल्याउन सफल भएकी छन् । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परीक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी हुन् ।'
थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीबाट परीक्षा दिएकी उनले ८ सय पूर्णांकमा ७ सय ४८ अंक ल्याएको सो विद्यालयले जनाएको छ । ‘हाम्री विद्यार्थी सरू श्रेष्ठले ७ सय ४८ अंक ल्याएकी छन्,’ ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइरालाले राजधानीसँग भने । उनले यो अंक नेपाल टप भएको दाबीसमेत गरे ।'


‘सरू सानैदेखि मेहनती र लगनशील थिइन्,’ प्रिन्सिपल कोइरालाले भने । प्रकाशित परीक्षाफलअनुसार सरू श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, अनिवार्य गणितमा ९७, विज्ञानमा ९३, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा वातावरणमा ९७, ऐच्छिक गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छन् । सो विद्यालयबाट एसएलसी परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये १७ जना विशिष्ट श्रेणी, २३ जना प्रथम श्रेणी र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका पनि कोइरालाले बताए ।

बुटवलका सौरभको ९३.३७'

बुटवलस्थित न्यू होराइजन विद्यालयका सौरभ न्यौपाने (०४८२६०८२) सात सय ४७ नम्बर (९३ दसमलव ३७ प्रतिशत) प्राप्त गरेका छन् । सोही विद्यालयकी ०४८६०६६थ् की छात्रा आयुष्मा अर्यालले ७३१
(९१.३७ प्रतिशत)  र सि.नं.०४८५९२०ँ की छात्रा प्रिया क्षेत्रीले ७३० (९१.२५ प्रतिशत) प्राप्त गरेका छन् ।

६ पटकसम्म क्षेत्रीय शिल्ड हासिल गरेको सो विद्यालयले १ सय २९ जना विशिष्ट श्रेणी, २०२ जना प्रथम श्रेणी र २ जना द्वितीय श्रेणी प्राप्त गरेको छ । १४ भन्दा बढीले ९० प्रतिशत भन्दा बढी प्रतिशत ल्याएका छन् ।

पर्साकी आँचलको ९२.१२'


एसएलसीमा राम्रो नतिजा ल्याउन राजधानीकै प्रतिष्ठित बोर्डिङ स्कुलमा पढ्नुपर्छ भन्ने मान्यतालाई वीरगन्जकी छात्राले चुनौती दिएकी छन् । वीरगन्ज उपमहानगरपालिका–१५ की आँचल चौधरीले मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजामा ९२ दशमलव १२ प्रतिशत ल्याई मोफसलको इज्जत माथि उकासेकी हुन् ।'

आँचलले वीरगन्ज–१५ स्थित एक सामान्य अवस्थाको विद्यासदन (बोर्डिङ) माविबाट एसएलसी परीक्षा दिएकी हुन् । आँचलले नर्सरीदेखि नै सोही स्कुलमा अध्ययन गरेकी थिइन् ।‘आँचलले उत्कृष्ट अंक ल्याई हाम्रो स्कुलको मात्रै होइन, सिंगै तराई र मोफसलको प्रतिष्ठा माथि उठाएकी छन्,’ विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले राजधानीसँग भने, ‘खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई आँचलले चरितार्थ पारिदिएकी छन् ।’ विद्यालयकै सबैभन्दा मेहनती, जिज्ञासु र आज्ञाकारी छात्रा आँचललाई लरतरो शिक्षकले पढाउनै नसक्ने अनुभव पनि गुरुङले सुनाए '।

प्रत्येक दिन ५–६ घन्टा अध्ययन गर्ने बताउने आँचलले २०६५ सालमा काठमाडौंमा कोयस्ट नेपालले गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान ल्याएको र स्थानीय तथा क्षेत्रीय स्तरका हाजिरीजवाफ तथा वतृत्वकला प्रतियोगितामा कसैलाई जित्न नदिएको अनुभव पनि गुरुङले राजधानीलाई सुनाए । उत्कृष्ट अंक ल्याउने आँचलका बुबा–आमा दुवै जिल्लाको सामुदायिक विद्यालयका शिक्षक हुन् । आमाबुवा दुवै शिक्षक भए पनि पारिवारिक अवस्था कमजोर रहेकाले उनलाई कक्षा–३ देखि विद्यालयले नै निःशुल्क पढाउँदै आएको थियो । '

घरको अवस्था र उनको लगन देखेर उनलाई कक्षा–३ देखि निःशुल्क पढाएको प्रअ गुरुङले बताए ।
भविष्यमा एरोस्पेस इन्जिनियर पढ्ने इच्छा रहेको बताउने आँचललाई अहिले बधाईको ओइरो लाग्न थालेको छ तर उनमा भने अलिकति पनि घमण्ड छैन । आँचलको डेरामा राजधानीकर्मी पुग्दा उनी सामान्य अवस्थामा रहेकी थिइन् । ‘मेहनत गरेर पढेको थिएँ, फल पनि मिठै पाइयो,’ आँचलले भनिन् । रासस'

Don't Forget To Join US Our Community

pupup