महिलाले पुरुषको ‘वीर्य' खान हुन्छ कि हुदैन ?? खाँदा के हुन्छ होला ?? थाहा पाउनुहोस्...
loading...





वीर्य किन खाइन्छ ? सामान्यत: प्रकृतिले यसलाई योनिमा राखियोस् भन्ने ध्येय राखेको हुनुपर्छ, त्यसैले यो त्यति मीठो वा स्वादिलो हुँदैन । धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ । केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने सहयोगी भूमिका खेलेको हुनाले नै यसप्रति लालायित हुन्छन् । कतिपय कुराको सन्दर्भमा सुरुमा यसको स्वाद मन नपरे पनि पछि अभ्यस्त हुने र आफू र आफ्नो यौनसाथीलाई रोचक तथा आनन्ददायक लाग्ने भएकाले यसलाई निरन्तरता दिन्छन् भन्ने तथ्य पनि छ ।
वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले निकै महत्त्व पाएको छ । पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ । यति वीर्य खाएको भरमा शारीरिक क्षमता वा यौन जीवनमा नाटकीय परिवर्तन हुन्छ भन्ने कुरामा वैज्ञानिक आधार भएको मलाई थाहा छैन । यस्ता परिवर्तनमा कसैले अनुभव गरेको छ भने त्यो मानसिक प्रभाव होला, न कि शारीरिक । अहिले केही अनुसन्धानले अन्य फाइदा भएको कुरा पनि उल्लेख गरेका छन् । यसमा हुने सूक्ष्म पोषक तत्त्वहरू लाभदायक नै हुन्छन्, तर यसको मात्रा भने अति नै थोरै हुन्छ । यसमा हुने प्रतिजैविकीका कारण केही प्रकारका बाँझोपन कम गर्ने तथा गर्भ तुहिनबाट बच्ने कुरा देखिएको छ । यसमा भएका भएका इन्डोफिर्न, प्रोल्याक्टिन, अक्सिटोसिन, सेरेटोनिनजस्ता रसायनले मनलाई खुसी बनाउन तथा निराशा कम गर्न सहयोग गर्छ भनिन्छ ।

योनिमा पर्दा यसको सकारात्मक असर हुने भए पनि खाँदा पनि त्यति नै प्रभाव पर्छ भन्ने कुरामा एकमत भने छैन । वीर्य खाँदा स्वास्थ्यमा असर पर्छ कि ? छोटकरीमा भन्नुपर्दा एक स्वस्थ व्यक्तिको वीर्य खाँदा अर्थात् वीर्यपान गर्दा कुनै हानि हुँदैन । वीर्यमा कुनै विषालु पदार्थ हुँदैन । रसायनिक दृष्टिकोणले हेर्ने हो भने यसमा केही सामान्य कार्बोहाईड्रेड, केही प्रोटिनका साथमा मुख्यतया: पानी हुन्छ । यसमा भएको पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटवाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाट नै पाएका छौं । वीर्य निलिएपछि आमाशय (पेट) मा पुग्छ र त्यहाँको पाचनरस -एसिड) मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ ।

कसैकसैलाई धारणागत भिन्नताका कारणले वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन । त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ, तर यहाँ तपाईंकी श्रीमतीलाई त्यस्तो कुनै कुरा भएको तपाईंको प्रश्नमा देखिँदैन । तपाइर्ंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि कफी वा रक्सीको सेवनले यसमा तीतोपन बढी हुन्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सलेजस्ता वस्तुले गन्ध राम्रो बनाउँछ । एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठ्ने गरेको पाइन्छ । तपाईंमा कुनै यस्तै यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा रोगसमेत सर्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएका कुराको अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक रूपमा चिन्ता लिनु मनासिब छैन ।

Don't Forget To Join US Our Community

pupup