विश्वकपमा न्यूजिल्याण्डद्वारा भारत पराजित
loading...


विश्वकप २० ट्वान्टी अन्तर्गत सुपर टेनको पहिलो खेलमा आयोजक भारत न्यूजिल्याण्डसँग ४७ रनले पराजित भएको छ।
नागपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजिल्याण्डले दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत १८.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो। भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका मिचेल स्यान्टेनरले ४ तथा  इस सोधीले ३ विकेट लिए।
यसअघि निर्धारित २० ओभरको खेलमा न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो।
भारतका लागि कप्तान महेन्द्र सिंह धोनी ३०, विराट कोहली २३ र रविचन्द्र अश्विनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

Don't Forget To Join US Our Community

pupup