काठमाडौं किन आए विश्व चर्चित ‘क्याराभान’का नायक थिन्ले ? (भिडियोसहित)
loading...


काठमाडौं, चैत २ । दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका छन् ।

रेमिट्यान्सकोभरमा देश चलिरहँदा ग्रामीण बस्तीहरुमा भने अनेकखाले समस्याहरु प्रकट हुन थालेका छन् ।

यस्तै दुखेसो बोकेर राजधानी आइपुगेका छन्, चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप ।

गत सोमबार राति थिन्ले लोण्डुप बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटिए ।

केही वर्षअघि निर्माण भइ विश्वभर चर्चित बनेको क्याराभान फिल्मका तिनै परिचित अनुहार प्रधानमन्त्री केपी ओलीलाई गाउँको दुखेसोसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

थिन्लेको गाउँ, डोल्पाको सालडाङ गाविस ५ मा वन्यजन्तुले हैरानपार्ने गरेको रहेछ । बालीनाली बिगार्ने, खाइदिनेदेखि घरपालुवा जनावर पनि जोगाउन हम्मेहम्मे पर्ने गरेको गुनासो थिन्लेले गरे । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

Don't Forget To Join US Our Community

pupup