सोह्रखुट्टेमा एक युवतिको बिभात्स हत्या ,.......
loading...


काठमाडौंको सोह्रखुट्टेमा डेरा गरी बस्ने संगीता थापा घर भित्रै मृत फेला परेकी छन् । उनी सई युवराज पाण्डेकी श्रीमती हुन् ।

गोर्खा फुजेल-१ घर भई हाल बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
मृतकका माइतीपक्षले युवराजले नै संगीताको हत्या गरेको आरोप लगाएका छन् । संगीताका दाजु गणेश बुढाथोकीकाअनुसार पाण्डे र संगीताबीच ६ वर्षअघि मागी विवाह भएको थियो ।
बुढाथोकी भन्छन्- ‘बहिनीले ब्याचलर पास गरेकी छे । सुरुमा उनीहरुबीच सम्बन्ध राम्रै थियो । राम्रो सम्बन्ध भएका बेला युवराजले नै श्रीमती संगीताको नाममा चितवनको गोन्द्राङ नजिक जग्गा किनेर पास गरिदिए ।
एक-डेढ वर्षपछि उनीहरुबीच खटपट सुरु भयो र युवराजले जग्गा आफ्नो नाममा फिर्ता माग्न थाले । त्यतिमात्रै होइन, छोडपत्र गर्न पनि दबाब दिन थाले । उनीहरुबीच मागी विवाह भए पनि विवाह दर्ता भने थिएन । आपसी विवादमा युवराजले बहिनीलाई शारीरिक र मानसिक यातना पनि दिन्थे । यो कुरा डेराका छिमेकीहरुलाई समेत राम्रोसँग थाहा छ ।’
युवराजले संगीताको हत्या गरेको उनले आरोप लगाए । तर, यस घटनालाई कमजोर बनाउन लागिएको उनको दाबी छ ।
‘युवराज आफै पुलिस भएकाले झुटो रिपोर्ट बनाउने र घटनालाई कमजोर बनाउने प्रयास गरिएको छ,’ घटनाको विरोधमा आइतबार सोह्रखुट्टे प्रहरी घेराउमा सहभागी बुढाथोकी भन्छन्, ‘टिचिङ अस्पतालको डाक्टर गणेश चौधरीले पोष्टमार्टम रिपोर्टमा ब्रेन ह्यामरेजले मृत्यु भएको भनेर लेखे । जबकी यो हत्या नै हो ।’
उनले यो महिला हिंसासमेत भएकाले सबै कानुनी प्रक्रियामा जाने बताए ।
संगीताका आफन्तहरुका अनुसार युवराज चार दिन अघि काठमाडौं आएका थिए । शनिबार अबेलासम्म कोठाको ढोका नखुलेपछि झ्यालबाट हेर्दा कपडा ओढेर कोही सुतिरहेको देखियो । तर, धेरैबेरसम्म झ्याल-ढोका ढकढकाउँदा पनि नखोलेपछि ढोका फोडेर हेर्दा संगीता मृत फेला परिन् ।
संगीताको चार दिन अघि नै मृत्यु भएको हुनसक्ने अनुमानमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Don't Forget To Join US Our Community

pupup