जन्मकैदको माग गर्दै फिक्सिङ आरोपी खेलाडीविरुद्ध मुद्दा दर्ता
loading...


म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै राज्य विप्लवको मुद्दा दार्ता भएको छ ।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्धामा राज्यविरुद्धको सजायसम्वन्धी ऐनको दफा ३ को उपदफा १ अनुसारको सजाय मागेको छ । अभियोग पुष्टि भएमा जन्मकैद हुनसक्छ ।
प्रहरीले भने ऐनको दफा ३ को उपदफा १ अनुसार सजाय माग गर्न सिफारिस गरेको थियो ।
अन्तराष्ट्रिय फुटबल खेलहरुमा पैसा लिएर फिक्सिङ गरेको आरोपमा प्रहरीले असोज २७ गते कप्तान सागर थापासहित चार खेलाडी र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा राष्ट्रिय टोलीका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसी छन् ।

Don't Forget To Join US Our Community

pupup