नाकाबन्दी हटाउन बेलायतका प्राज्ञहरुको आग्रह
loading...

काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई हाल लगाइएको अघोषित नाकाबन्दी खुल्ला गरि अन्तर्राष्ट्रियकानुनको पालना गर्न आग्रह गरेको छ । इन्धन लगायत अत्यावश्यक मानवीय वस्तु आपूर्तिमा अवरोध नगर्न पनि काउन्सिलले अनुरोध गरेको छ ।
काउन्सिलले नेपाल सरकारसँग वार्ताका माध्यमबाट मधेशी जनताका माग सम्वोधन गर्न समेत आग्रह गरेको छ । साथै, बेलायत सरकारलाई जारी संकट समाधानका लागि पहल गरिदिन समेत काउन्सिलले आग्रह गरेको महासचिव डा. कृष्ण अधिकारीले जनाए ।
काउन्सिलमा युनिभर्सिटी अफ अक्सफोर्ड, लन्डन, एडिनवरा, लिड्स, लिभरपुल जोनमुर, वेष्ट अफ स्कटल्याण्ड र सेन्टर फर नेपाल स्टडिज यूकेका १४ जना प्राज्ञ एवं वुद्धिजिवी आवद्ध छन् ।
Don't Forget To Join US Our Community