निगम प्रतिनिधिमण्डल बंगलादेश उड्यो, इन्धन आयातको सम्भाव्यताबारे छलफल हुने
loading...
भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम संकटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बंगलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो ।
प्रतिनिधिमण्डलमा रहेका निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द घिमिरेले बंगलादेशबाट खाना पकाउने ग्यास, पेट्रोल, डिजल र हवाई इन्धन आयात गर्ने विषयमा द्विपक्षीय कुराकानी गर्नेछ ।
बंगलादेश उड्नुअघि रासससँगको कुराकानीमा प्रवक्ता घिमिरेले सबै विकल्पबारे बंगलादेशी अधिकारीसँग कुराकानी हुने जानकारी दिए ।
Don't Forget To Join US Our Community