खाना पकाउने समयमा लोडसेडिङ हुँदैन: उपप्रधानमन्त्री रायमाझी
loading...

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भारतको नाकाबन्दीको कारण सर्वसाधारण उपभोक्तालाई राहत दिन बिहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा उनले भने,‘ काठमाडौं र शहरी क्षेत्रमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका पनि त्यस्तै समयमा खान पकाउन लोडसेडिङ हुन नदिने योजना ऊर्जा मन्त्रालयले बनाएको छ । यो सँगै दाउरा ल्याउने र राष्ट्रसेवक कर्मचारीले लिइरहेको सुविधा समेत कटौती गर्ने योजना बनाएका छौ ।’

भूकम्पको आलो घाउमा भारतीय नाकाबन्दीले नुन चुक दलेको भन्दै आपूर्ति असहज नभए पनि नेपाली जनतामा भने राष्ट्रिय एकता कायम भएकोले यो गर्व गर्न लायक विषय भएको मन्त्री रायमाझीले बताए ।

उनले भने,‘ नाकाबन्दीको विरुद्धमा राष्ट्रिय एकता कायम भएको छ । यो गर्व गर्न लायक विषय हो । यसलाई सदुपयोग गरी कुटनीतिक पहल गरेर नाका खोल्ने र मधेसीको माग सम्बोधन गर्न कोशिस गर्नु पर्छ । संविधान कार्यान्वयन गर्न नाकाबन्दी र आन्दोलन सम्बोधन गर्नै पर्छ ।’

उनले समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणमा सबैको प्रतिबद्धता आइसकेकोले अहिले सीमांकनमा केही फेरबदल गर्न छलफल भइरहेको भन्दै समस्या समाधानमा अधिकतम लचक भएर प्रस्तुत हुने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले आगामि तिहारबाट लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकोले सोही अनुसार काम भइरहेको भन्दै जलविद्युत उत्पादनलाई युद्ध स्तरमा अगाडि बढाउने र सँगै सोलार, वायु, हाइब्रिड, थर्मल र म्याग्नेटिकसहितका सबै उपायहरुमा पहल गरेर ऊर्जा संकट अन्त्य गरिने दृढता व्यक्त गरे ।

वार्तामा बस्दा इरिटेड हुने काम नगरौं : गृहमन्त्री

गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चालाई वार्ता प्रतिको प्रतिवद्धतामा व्यवहारिक ढंगले सोच्न आग्रह गर्दै वार्तामा बस्दा 'इरिटेड' नहुने गरी आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने बताएका छन् ।

उनले मुलुकमा दखिएको समस्या समाधान गर्न सरकार अघिकतम लचकताका साथ अघि बढ्ने बताए । उनले नेपाली जनताको भावना र आत्मसम्मानमा चोट नपुग्ने गरी समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले छलफलबाट समस्याको समाधान निकाल्न सरकार तयार भएको बताए । ‘समस्याको समाधान संवादबाटै हुन्छ,’गृहमन्त्री बस्नेतले भने, 'आपूर्ति असहजताले भएको समस्यामा जनता र सरकार दुवै जानकार छ । यसलाई मिलेरै सामान गर्नुपर्छ । '

Don't Forget To Join US Our Community

pupup