बाबुराम पक्षको राष्ट्रिय भेला मंसिर ४ मा
loading...

भट्टराईपक्षीय सांसदहरु तत्काल एमाओवादीमै रहने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूहका नेताहरुले नयाँ शक्ति निर्माणका लागि आगामी काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन् ।

देशभरका प्रतिनिधिहरु सहभागी हुने भेलाले नयाँ शक्ति निर्माण अभियान समिति बनाउने बताइएको छ । डा. भट्टराई समर्थक नेताहरुले डा. भट्टराईलाई नै आयोजक समितिको प्रमुख बनाउने तयारी गरेका छन् ।

अहिले देशभरमा नयाँ शक्ति निर्माण अभियान जिल्ला समितिहरु बनिरहेका छन् । यसका लागि सातै प्रदेशमा संयोजक तोकेर नेताहरुलाई खटाइएको छ । प्रदेश नम्बर १ मा पूर्व सभासद लीला भण्डारी, २ मा रामचन्द्र झा, ३ मा गंगा श्रेष्ठ, ४ मा वामदेव क्षेत्री, ५ मा देवेन्द्र पराजुली र ७ नम्बर प्रदेशमा नवराज सुवेदी खटिएका छन् ।

केही जिल्लामा डा. भट्टराई आफैं पुगेका छन् भने केहीमा प्रदेश इन्चार्ज तथा केहीमा केन्द्रीय स्तरका नेताहरुको सहभागितामा भेला भएको छ ।

नेताहरुका अनुसार यस्ता भेलाहरुमा सहभागीहरुले पार्टी परित्यागको घोषणा गर्ने, नयाँ शक्ति निर्माण अभियान जिल्ला समिति बनाउने र कार्यालय खोल्ने काम गरिरहेको छ ।

पार्टीबाट राजीनामा दिएपछि एमाओवादी नेता देवेन्द्र पौडेलले झापा, मोरङ, सुनसरी लगायतका जिल्लाको भ्रमण गरेका छन् ।

यस्तो छ भेलाको रणनीतिजिल्ला भेलाहरु सकिएपछि मंसिर ४ मा काठमाडौंमा राष्ट्रिय भेला तथा प्रशिक्षण हुनेछ । यसमा प्रत्येक जिल्लाबाट १० जनाका दरले प्रतिनिधि पठाउन भनिएको अभियानमा संलग्न एक नेताले बताए ।

यो भेलाले डा. भट्टराईको पार्टी भने घोषणा गर्ने छैन । नेता रामकुमार शर्माका अनुसार नयाँ शक्ति निर्माण आभियान समिति भने गठन गरिने छ ।
यो समिति गठनपछि अभियानमा संलग्न नेताहरु देश दौडाहमा लाग्नेछन् । नगरपालिका, गाउँ कमिटीदेखि बुद्धिजिवी, आदिवासी जनजाति, महिला, विद्यार्थी लगायतका सात भ्रातृ संगठनहरुसमेत गठन हुनेछन् ।

यहीवीचमा अन्य दलका नेता कार्यकर्तालाई नयाँ शक्ति निर्माणमा सहभागी गराउन वार्ता र सम्वाद हुनेछ । कांग्रेस, एमालेसहितका दलहरुका नेता कार्यकर्तादेखि पूर्वप्रशासक, नागरिक समाजका अगुवा र उद्योगी व्यवसायीहरुलाई समेत यसमा सामेल गरिनेछ ।

‘पार्टी घोषणा अझै डेढ/दुई महिना लाग्छ । ५० हजार भन्दा बढीको सहभागितामा आमसभा गरेर नै हामी नयाँ पार्टी घोषणा गर्छौं’ नयाँ शक्ति निर्माण अभियानमा संलग्न एक नेताले भनेका छन् । यद्यपि यसबारे अहिले ठोस कार्यक्रम बनिसकेको छैन ।

सांसदहरु तत्काल नजाने
एमाओवादीका पूर्ववरिष्ठ नेता डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानमा तत्काल सांसदहरु भने नजाने भएका छन् ।

एमाओवादीका ४५ जना केन्द्रीय नेताले राजीनामा दिँदा पनि बहालवाला सांसदहरु सहभागी भएनन् । भट्टराई एमाओवादीमा रहँदा उनको पक्षमा टोपबहादुर रायमाझी, प्रभु साहसहितका ४५ सांसद थिए ।

तर, रायमाझी अहिले भट्टराईको पक्षमा छैनन् । उनी सरकारमा पार्टीको नेतृत्व गरेर उपप्रधान एवं उर्जामन्त्री बनेका छन् र उनले सार्वजनिक रुपमा नै भट्टराईको नयाँ शक्ति सफल नहुने दाबी गरेका छन् ।

प्रभु साहसहितका अन्य सांसद भने अहिले पनि भट्टराईको सम्पर्कमा नै रहेको बताइन्छ । तर, उनीहरुले तत्काल राजीनामा नदिने र एमाओवादीमा नै रहने स्रोतले बतायो ।

बाहिरियाहरु पर्ख र हेरको अवस्थामायसैवीच बाबुरामले बनाउने नयाँ शक्तिमा सामेल हुन लागेका देशैभरिका गैरमाओवादी समूहहरु भने डा. भट्टराईले लिने आगामी नीति र कार्यदिशाबारे चासो दिइरहेका छन् ।

स्रोतका अनुसार अब बन्ने नयाँ पार्टीको नाम ‘कम्युनिष्ट’ राख्न नहुने तथा मार्क्सवाद लेनिनवाद र माओवाद हटाउनुपर्नेका गैर माओवादी कित्ताबाट डा. भट्टराईलाई सुझाव आइरहेको छ ।

Don't Forget To Join US Our Community

pupup