कतार र नेपालको मानवअधिकार आयोगले श्रमिकका समस्या समाधानका लागि समझदारी गर्दै
loading...

दोहा । राष्ट्रिय मानव अधिकार समिति कतारको निमन्त्रणामा नेपालबाट राष्ट्रिय मानव अधिकार आयोगको एक उच्चस्तरीय टोली शनिबार कतार आइपुगेको छ । आयोगका अध्यक्ष अध्यक्ष अनुपराज शर्मा सहित लक्ष्मण बस्नेत, कल्पना झा, कमल थापा र रामजी कुवँर कतार आइपुगेका हुन् ।

उनीहरुले कतार आइपुगेर नेपाली समुदाय र पत्रकारहरुसँग भेटघाट गरेका थिए । नेपाल र कतारको मानव अधिकारी आयोगले सोमबार समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्योभन्दा पहिले कतारका कामदारहरुको आवास र पीडित कामदारहरुलाई भेट्ने कार्यक्रम समेत रहेको उनीहरुले बताएका छन् ।

कतार भ्रमणमा रहेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आप्रवासी कामदारहरुको सम्बन्धमा सहकार्य, समन्वय र सूचना आदान-प्रदानका बिषयमा केन्दि्रत रहने बताएको छ ।

कतारस्थित आप्रवासी नेपाली कामदारहरुको मानव अधिकार संरक्षणका लागि दुई आयोग मिलेर काम गर्न लागेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताए । कतार आएकै दिन कतारमा स्थापित विभिन्न संघसंस्था र पत्रकारहरुसँग भेट्दै उनले भने ‘मानवअधिकार समितिको स्थापना भएताका माओवादी द्वन्द्वमा केन्द्रित भएका थियौं । नागरिक र राजनीतिक अधिकारमा ध्यान दिएका थियौं । तर अब आप्रवासी नेपाली नागरिकको आर्थिक, सामाजिक, साँस्कृतिक पक्षमा पनि केन्दि्रत रहने छौं ।’

आप्रवासी कामदारहरुको समस्याहरु पहिचान गरेर दुतावासलाई संलग्न गर्दै दुई देशका आयोगहरुले सहकार्य गर्ने उनले बताए ।

भेटघाट कार्यक्रममा टे्रड युनियन सार्कका महासचिव लक्ष्मण बस्नेतले एजेण्डा २१ ल्याएको बताए । उक्त एजेण्डा २१ मा सार्कले मेकानिजम बनाएर मध्यपूर्वमा बस्ने नेपालीहरुका अधिकारका लागि काम गर्ने उनले बताए । कतार आउनुको उद्देश्यबारे प्रष्ट पार्दै उनले भने ‘न्युनतम अधिकारलाई लामो अबधीसम्मका लागि कार्यान्वयन गराउने र सार्कबाट खाडीका कामदारहको हक अधिकारका कुराहरु उठाउँदै छौं । कतारको कानुनको दायरा भित्र रहेर समस्याको समाधान कसरी हुन्छ भन्ने विषयमा पहिलो शुरुवात गरेका छौं ।’

टोलीले कतारस्थित आप्रवासी कामदारहरु र राष्ट्रिय मानव अधिकार समिति कतारका अध्यक्षसँग भेटघाट गरी तथा सम्वधनका लागि पहल गर्ने बताएको छ । राष्ट्रिय मानव अधिकार संस्थाहरुको अन्तरार्ष्ट्रिय समन्वय समितिको वर्गीकरणमा राष्ट्रिय मानव अधिकार समिति कतार र राष्ट्रिय मानव अधिकार आयोग नेपाल ‘क’ वर्गमा रहेका संस्थाहरु हुन् ।

भेटघाट कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मक्सुद आलमले कतारमा नेपाली कामदारहरु आउनुपूर्व नै समस्या भोग्नु परेको र त्यसको निराकरण पछि धेरै समस्याहरु पाखा लाग्ने बताए ।

उनले कतारको हमाद हस्पिटलमा लामो समयदेखि उपचार गराईरहेका नेपालीहरुलाई नेपालको तर्फबाट खोजी नभएको बताए । समस्या लिएर राजदूतमा पुग्ने नेपाली श्रमिकहरु उल्टै पीडित बनेर र्फकने गरेको तितो यथार्थलाई राज्यको तर्फबाट हेरिनु पर्ने उनको भनाई थियो । कानुनी प्रक्रिया र भाषागत समस्याको समाधानका लागि पहल गर्नुपर्ने आलमले बताए ।

आयोगको टोलीलाई भेट्न नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मन्च कतारका अध्यक्ष रामहरी गैह्रे, एनआरएनए कतारका सल्लाहकार तथा व्यवसायी आरके शर्मा, जिफण्ट कतारका पदाधिकारीहरुले समस्या समाधानका लागि गर्नुपर्ने बिभिन्न कामको सुझाव दिएका थिए । 

Don't Forget To Join US Our Community

pupup