गुगलका ७ प्रडक्ट, जसले विश्वमा प्रभुत्व जमाइरहेछन्
loading...

दुनियाको सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलको नाम नसुन्ने कमै होलान् । प्रविधिका विभिन्न क्षेत्रमा संलग्न गुगका विविध प्रडक्टहरुको विश्वमा दबदबा रहेको छ । गुगलका अनुसार उसको एक अर्को उत्पादन गुगल प्ले स्टोर यस्तो छैटौँ उत्पादन बनेको छ जसका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । विश्वमा दबदबा कायम राखेका गुगलका उत्पादनहरु यी हुन्:
१. एन्ड्रोइड अपरेटिंग सिस्टमः विश्वमा १ अर्ब ४० करोड मानिसले गुगलको एन्ड्रोड स्मार्टफोन अपरेटिंग सिस्टम प्रयोग गरिहेका छन् । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन अपरेटिंग सिस्६मको रुपमा रहेको एन्ड्रोइडमा झण्डै १६ लाख एप्स, फिल्म, किताब तथा गेम रहेका छन् ।
२. यु ट्युबः गुगलको अर्को सर्वाधिक सफल प्रडक्टको रुपमा रहेको भिडियो स्टि्रमिंग साइट यु ट्युबका प्रयोगकर्ताको संख्या सन् २०१३ मै १ अर्ब नाघेको थियो । यु ट्युब प्रयोगकर्तामध्ये आधाजसोले मोबाइल एपबाटै यु ट्युब हेर्ने गरेको तथ्इांकले देखाएको छ । विश्वमा इन्टरनेटको पहुँचमा रहेका मध्ये एक तिहाइले युट्युब प्रयोग गर्ने गरेका छन् । दुनियामा दिनहुँ करोडौँ घण्टा यु ट्युबको भिडियो हेरिने गरिएको छ ।
३. गुगल सर्चः जसको जवाफ कसैसँग हुँदैन, त्यसको जवाफ गुगलसँग हुन्छ । गुगल सर्च इन्जिन विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सर्च इन्जिन हो । गुगल सर्चमा हरेक दिन ३ अर्ब भन्दा बढि खोजी गरिन्छ । यो एप र वेबसाइट दुबैमा उपलब्ध छ ।
४. गुगल क्रोमः सबैभन्दा लोकपि्रय वेब ब्राउजरको रुपमा स्थापित गुगल क्रोम ब्राउजर दैनिक रुप्मा १ अर्ब भन्दा बढिले प्रयोग गर्ने ग्रेका छन् । यो पनि डेक्स्टप र एप दुवै भर्सनमा उपलब्ध रहेको छ ।
५. गुगल म्याप्सः सन् २०१३ मा विश्वको सबैभन्दा लोकपि्रय एप बन्न सफल गुगल म्याम्पसका प्रयोगकर्ता १ अर्ब भन्दा बढि छन् । यो पनि वेबसाइट र एप दुबै स्वरुपमा उपलब्ध रहेको छ ।
६. गुगल नेक्ससः यो गुगलको एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटको चर्चित ब्राण्ड हो । गुगलका नेक्सस ब्राण्डका स्मार्टफोन तथा ट्याब्लेटले पनि विश्व स्मार्टफोन तथा ट्याब्लेट बजारमा राम्रै स्थान ग्रहण गरेका छन् ।
७. गुगल प्ले स्टोरः विश्वका १ अर्ब भन्दा बढि मानिसमा पहुँच रहेको गुगल प्ले स्टोर एप्स, मुभीज, तथा किताब लगायतका सामाग्रीहरुको भण्डार हो । १६ लाख भन्दा बढि एप्स प्ले स्टोरमा रहेका छन् । अहिलेसम्म गुगल प्ले स्टोर ५ हजार करोड भन्दा पनि बढिपटक डाउनलोड भैसकेको छ ।

Don't Forget To Join US Our Community

pupup