यूएनमा ४० लाख हस्ताक्षर बुझाइने
loading...

 झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन संघीय समावेशी मधेसी मोर्चाले मधेसका माग
लाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । यसका लागि मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो ।' नेपालका आवासिय प्रतिनिधि मार्फत संघका महासचिव वानकी मुनलाई हस्ताक्षर पठाइने मोर्चाका अर्का नेता तथा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जनाए । 'सबै विदेशी कुटनीतिलाई साक्षी राखी हस्ताक्षर बुझाउँछौ,' पटेलले भने । विगत ५३ दिन देखि जारी मधेस बन्द र १३ दिनदेखिको नाकाबन्दीले पनि सरकारले आफ्ना माग बारे सुनवाई नगरेको मोर्चाले आरोप लगाएको छ । नाकाबन्दीका कारण पहाडसँगै मधेसका जनताको जनजीवन समेत कष्टकर बनेको छ । इन्धन, औषधि, खाद्यान्न लगायतका अतिआवश्यक वस्तुको अभाव चुलिएको छ । बन्दका कारण शैक्षिक गतिविधी ठप्प बनेको छ । विद्यार्थीको शैक्षिक भविष्य अन्योल बनेको छ ।

Don't Forget To Join US Our Community

pupup