१६ मनोनीत सभासद्ले शपथ लिए
loading...
सरकारले दुई दिनअघि मनोनयन गरेका १७ मध्ये १६ सभासद्ले आइतबार पद तथा
गोपनियताको शपथ लिएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले
सिंहदरवार नवनियुक्त सभासद्लाई शपथ खुवाएका हुन् ।
राप्रपा नेपालको सिफारिसमा मनोनीत सभासद् गणेश थापा भने अनुपस्थित भए ।
कांग्रेसको सिफारिसमा मनोनीत सभासद्हरु राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, सकलदेव सुतिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङ्टा, एमालेको कोटाबाट मनोनीत उदय नेपाली श्रेष्ठ, अग्नि खरेल, गंगादेवी डाँगी, मिरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल र डा राजन भट्टराईले शपथ लिएका छन् ।
सरकारले शुक्रबार संविधानसभामा १७ सभासद मनोनयन गरेको थियो । संविधानसभा निर्वाचनलगत्तै कुल २६ जना मनोनीत हुनुपर्नेमा नौ महिनापछि आंशिक मनोनयन भएको थियो ।
मन्त्रिपरिषद् बैठकले कांग्रेसका ८, एमालेका ८ र प्रतिपक्षी राप्रपा नेपालका १ लाई मनोनयन गरेको थियो । बाँकी आठमध्ये एमाओवादीको भागमा ४ एवं मधेसी र साना दललाई २-२ सिट छुट्टयाइएको छ। ती दलले सिफारिस गरिसकेका छैनन्।

Don't Forget To Join US Our Community