ल हेर्नुहोस्, सालो कमाउन विदेशमा, २५ लाखसहित घरमा रहेकी श्रीमती लिएर भिनाजु फरार
loading...


फागुन २८, कञ्चनपुर । आफ्नो परिवारको भरणपोषण र सुन्दर भविष्यको कल्पना गदै विदेशिएका अछाम पातलकोट ८ का राम बहादुर थापालाई तब ब्रजपात पर्यो जब आफ्नै श्रीमती पार्वती विष्ट थापाले ठूलो कष्टका साथ धन कमाई घर पठाएको ठूलो परिमाणको रकम समेत लिई उनकै भिनाजु सागर खड्कासँग फरार भईन ।
कैलाली बोराडाँडी बस्ने खड्काले २०७२ फागुन ४ गते हाल हल्दुखाल बस्दै आईरहेकी पार्वती विष्ट थापालाई विभिन्न सहकारी, व्यक्ति र विदेशदेखि श्रीमानले पठाएको रकमसहित करिब २५ लाख रुपैयाँ लिएर फरार रहेको खुल्न आएको छ ।
उनले लगेको रकम मध्ये फारुवाङ्ग लघुवित्त ८० हजार, लक्ष्मी लघुवित्त ९० हजार, उदयदेव सहकारी ९० हजार, कञ्चन लघुवित्त ५० हजार, कलावती चन्द २ लाख, पार्वती देवी धामी ८ लाख र तारादेवी धामीको चार आना सुन सहित बाँकी श्रीमानले पठाएको रकम गरी २५ लाख बराबरको रकम लगेर फरार भएकी छिन् ।
श्रीमान जेलमा परेको कहिले छोराछोरी विरामी भएको आदि बहाना बनाई पैसा माग्ने गरेको र यसअघि पनि विभिन्न वहानामा रकम माग गरी फिर्ता समेत गर्ने गरेको पीडितका परिवारजनले बताए । हाल उनी दुबै जना भारतको बम्बई भएको र आफ्नो रुपैयाँ माग्दा फोनमा समेत धम्की दिने गरेको पीडित कलावती चन्दले बताईन् ।
अहिले पीडित व्यक्ती र संस्था आफ्नो रकम असुली गर्न प्रहरी समक्ष पुगेको छ । फागुन २८ गते सागर खड्काकी श्रीमतीले आफ्नो श्रीमान र भाई बुहारीविरुद्ध कैलाली प्रहरी कार्यलमा मुद्धा दर्ता गराउने भएकी छन् भने भाई राम बहादुर थापाले ३ वर्ष सम्म विदा नमिल्ने हुनाले भतिजालाई भनेर मुद्धा दर्ता गर्न लगाएको पीडित पक्षले बताए ।
निज खड्काका २ छोरी १ छोर छन् भने पार्वती विष्ट थापाका १ छोरा १ छोरी रहेका छन् ।
प्रहरीमा दिएको निवेदनः


Don't Forget To Join US Our Community

pupup