लाङटाङमा फिस्टेलको हेलिकप्टर दुर्घटना
loading...

मानवीय क्षति छैन


रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको फिस्टेलको हेलिकप्टर बिहीबार दिउँसो लाङटाङमा दुर्घटनामा परेको छ ।

फिस्टेल एयरका अपरेसन प्रमुख रमेश सिवाकोटीका अनुसार उक्त घटनामा मानवीय क्षति भएको छैन । तर हेलिकप्टर काम नलाग्ने भएको छ ।

उक्त हेलिकप्टर काम नलाग्ने भएको प्रारम्भीक जानकारी आएको सिवाकोटीले बताए । दिउँसो सवा ३ बजे भएको दुर्घटनाबारे विस्तृत जानकारी आइनसकेको फिस्टेलले जनाएको छ ।

उक्त घटनापछि काठमाडौंबाट अर्को हेलिकप्टर उद्दारका लागि पठाइएको थियो । दुर्घटनामा परेको हेलिकप्टरमा स्विडेनका चालक थिए ।

हेलिकोप्टरका पाइलट निकोलसको अवस्था सामान्य रहेको सुप्पा तामाङले बताए । लाङटाङमा निमार्णका सामाग्री वोकेर गएको बेला दुर्घटनामा परेको अर्का तेम्बा लामाले बताए । रोटरमा खरावी आएर पखेटा उछिट्एिर हेलिकप्टर कोल्टे परेको जानकारी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले दिए ।

हेलिकप्टरले राहत सामाग्री अनलोड गरीसकेपछी धुन्चे फर्किनका लागि उड्ने तरखर गर्दा दुर्घटना भएको फिस्टेलले जनाएको छ । उस्का अनुसार, हेलिकप्टरले इन्जिन स्टार्ट गरेर भुई छोड्न नपाउदै दुर्घटना भएको थियो । दुर्घटनापछि फिस्टेलका क्याप्टेन आशिष शेरचन दुर्घटनामा परेका चालक निकलस टार्डलाई लिन लाङटाङ गएका थिए ।

Don't Forget To Join US Our Community

pupup