छोरीलाई कोठामा आपत्तिजनक अवस्था फेला पारेपछि आमाले यो के गरिन ?
loading...

एजेन्सी । दिल्लीको सीलमपुर इलाकामा विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा दंग परेकी छिन् ।

पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् ।

समाचार अनुसार युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी छोरीलाई भाडामा बस्ने युवकसँग आपत्तिजनक हालतमा फेला पारिन् । घरबेटी आमा देखेपछि भाडामा बस्ने युवक तुरुन्तै भाग्न सफल भए तर, रिसको आवेशमा आफूलाई सम्हाल्न नसकेर आमाले पुरै रिस छोरीमाथि पोख्दै सिरानीले घाटी च्यापेर हत्या गरिदिइन् ।



प्रहरीले यो घटनाको जानकारी तब पायो जब आरोपी आमा र उनका छोरा युवतीको शवलाई लिएर लोक नायक अस्पताल पुगे । उनीहरुले अस्पतालमा छोरीले आत्महत्या गरेको दाबी गरेका थिए तर, अस्पतालको चेकजाँचपछि हत्या भएको पुष्टि भयो ।

प्रहरीले भनेको छ कि– युवतीलाई मारेपछि आमाले सबभन्दा पहिला आफ्नो छोरालाई यो घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरेर आरोपी आमा र छोरालाई गिरफ्तार गरेको छ ।@dainiknepal

Don't Forget To Join US Our Community

pupup